भेटिए जोन तामाङ

एक हप्तादेखी हराइरहेका जोन तामाङ जंगलको खोचमा भेटिएका छन् । ललितपुरको फूल्चोकी जंगलमा प्रहरी तामाङलाई फेला पारेको ललितपुर प्याब्सन सचिव निरोज महर्जनले जानकारी दिएका हुन् ।

हालसम्म प्रहरीले फेला पारेको र आफू घटनास्थल तर्फ जादै गरेको अभिभावक सँघका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले बताउनुभएको छ । यसैगरि ललितपुरका डीएसपी विनोद सिलवालले हराइरहेका बालक फूलचोकीको जंगलमा जीवितै फेला परेको खबर आएको जानकारी दिनुभएको छ ।

तस्विर : प्रकृति अधिकारी