भक्तपुर । सरकारले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई रंगिन पुस्तक वितरण गर्ने निर्णय गरेता पनि आवश्यक पाठ्यपुस्तक छाप्न सकेको छैन । नयाँ शैक्षिक सत्र सुरु हुन दुई महिनामा मात्रै वाकी छ । तर हालसम्म आवश्यक पाठ्यपुस्तकमध्ये झण्डै २५ प्रतिशत पाठ्यपुस्तक मात्र छपाइ भएको छ ।

Thank you for reading this post, don't forget to subscribe!

छपाई जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले आवश्यक कागजको अभावले पुस्तक छपाईमा ढिलाई भएको बताउँदै आएको छ । कक्षा ६–८ मा अध्ययनरत विद्यार्थीका लागि १ करोड १० लाख थान पाठ्यपुस्तक आवश्यक पर्ने तथ्यांकमा उल्लेख गरिएको छ । तर हालसम्म करिब २७ लाख थान मात्र पाठ्यपुस्तक छपाइ भएको छ।

जनक शिक्षाका प्रवक्ता चित्र आचार्यले केन्द्रका कागजको अभावले गर्दा विगत तीन दिन देखि छपाई कार्य हुन नसकेको बताउँदै भने, ‘अव कागज आइसेकेको छ । छपाई कार्य पनि सञ्चालन हुने छ ।’

हालसम्म कक्षा ६ र ७ का लागि १०–१० र ८ कक्षाको ७ गरी २७ लाख थान पाठ्यपुस्तक छपाइ भएको छ। कक्षा ६–८ को अझै ८० लाख थान पाठ्यपुस्तक छपाइ हुन बाँकी छ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलले कक्षा ६–८ का सबै विद्यार्थीलाई अनिवार्य रूपमा रङ्गीन पुस्तक उपलब्ध गराउने दाबी गरेका छन् । उनले पाठ्यक्रम छपाईको लागि आवश्यक कम्प्युटर रेडी कपी वितरण गरिसकेको र समयमा नै पुस्तक छपाई सक्ने उल्लेख गरेका छन् ।