गुणस्तरीय शिक्षामा जोडः मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यमा १४ औं वाईवाई नेशनल एजुकेशन अवार्ड सम्पन्न भएको छ । यस अवार्ड समारोहमा मन्त्री पोखरेलले आफ्नो मन्तव्यमा सबै क्षेत्रबाट आफूले सकेको योगदान गर्नुपर्छ । यो मुलुक गरिब होइन, हरेक दृष्टिकोणले हामी नेपालीहरु धनी छौं । हाम्रो पृष्ठभूमिलाई हेर्ने हो भने हामीले चिन, कोरियालाई अन्नहरु बेच्ने गथ्र्याैं । आज हामीले खाने चामल विदेशबाट मगाउनुपर्ने अवस्था छ । शिक्षाको विकासको लागि सबैले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्दछ । शिक्षामा विभेदीकरण हुनुहुँदैन । शिक्षा सेवाभावले सञ्चालन गर्नुपर्दछ । राष्ट्रको विकासको लागि शिक्षा अपरिहार्य भएको कुरा नेशनल एजुकेशन अवार्ड समारोहमा मन्त्रीले आफ्नो मन्तव्यमा बताउनुभयो । जसमा १३ विधामा १६ वटा अवार्डहरु प्रदान गरियो । जसमा स्कुल अफ दिन एयर सामुदायिक तर्फ विश्व निकेतन स्कुल, त्रिपुरेश्वर, काठमाडौं र संस्थागततर्फ मदरल्याण्ड स्कुल पोखराले पाउन सफल रह्यो । कलेज एक्सिलेन्स अवार्ड गोल्डेनगेट हात पार्न सफल रह्यो । बेष्ट टिचर अवार्ड सुरेन्द्र घिमिरेले बाजी मा¥यो । कन्ट्रिब्युसन अवार्ड ब्रिटिस काउन्सिल नेपालले पाउन सफल भयो । डेडिकेसन अवार्डबाट शिक्षासेवी डा. लेखनाथ पौडेल सम्मानित हुनुभयो । गुडवील एचिभमेन्ट अवार्ड सेन्ट जेभियर्स स्कुल, गोदावरीले पाउन सफल भयो । यसैगरी क्रियटिभ अवार्ड नामी कलेज, राइजिङ्ग अवार्ड लिभरपुल कलेज, एजुकेशन भिजन अवार्ड डा. भोला दाहाल, प्रिन्सिपल अफ दि एयर लिटिल एन्जेल्स स्कुलका प्रिन्सिपल, मुकुन्द शर्मा एजुकेशन जर्नालिष्ट अवार्ड काठमाडौं पोष्टका विनोद घिमिरे र आजको शिक्षा साप्ताहिकका रोशन गाउँलेले जनही दश हजार सहित सम्मानित हुनुभयो । ज्ञान उदय छात्रवृत्ति पुरस्कार पच्चिस हजार नगद राशीबाट सितलादेवी सामुदायिक विद्यालय कास्कीका अर्चना सापकोटा र पोखरिया मावि विराटनगरका समिक्षा नेपालले एसइइ परीक्षामा सर्वाेकृष्ट नतिजा जिपिए ४ ल्याएको हुनाले सो छात्रवृत्तिबाट सम्मानित भएका हुन् । यस नेशनल एजुकेशन लाइभटाइम एचिभमेन्ट अवार्डबाट बुटवलका शिक्षाप्रेमी लोकनाथ उपाध्यायलाई सम्मानित गरियो ।

यस समारोहमा शिक्षालय मासिक पत्रिकाका प्रधान सम्पादक तथा कार्यक्रमका अध्यक्ष श्याम तण्डुकारले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने हो, विद्यालयलाई सामुदायिक र निजी भनेर विभेद गरिनुहुँदैन । विद्यालयले प्रदान गर्ने शिक्षा समान हुनुपर्छ । १४ औं श्रृङ्खलासम्म आइपुग्दा प्याब्सन, हिसान, अपिन, शिक्षक महासंघ आफ्नै घर भएको महसुस गरिएको भाव राख्दै शिक्षा मन्त्रालय आँगन भइदिने हो भने शिक्षा विकासमा थप ऊर्जाशी

ल भएर काम गर्ने प्रेरणा मिल्ने कुरा आफ्नो मन्तव्यमा बताउनुभयो । ऊर्जाशील ढंगले शिक्षालय मासिक पत्रिकाका कार्यकारी सम्पादक बालमुकुन्द आचार्यले कार्यक्रम सञ्चालन गर्नुभयो । कार्यक्रमलाई थप रोचक र उत्साहमय बनाउनको लागि नेपाल प्रहरी स्कुल साँगाका प्रिन्सिपल नविन श्रेष्ठ, शुभतारा स्कुलका संस्थापक प्रिन्सिपल रानी गुरुङ कक्षपति र अर्लि चाइल्डहुड एजुकेशन सेन्टरका संस्थापक निर्देशक राईनी डी वीटलेसमेत कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।