ग्रेस इन्टर नेशनल एकेडेमीले ४ दिने अस्ट्रेलियन शैक्षिक मेलाको आयोजनाको तयारी गरेको छ । आगामी भाद्र १३, १४, १५ र १७ गते क्रमशः बुटवल, चितवन, पोखरा र काठमाडौंमा बृहत अस्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्न लागिएको हो ।

सो शैक्षिक मेलामा अस्ट्रेलियाका बिभिन्न २० भन्दा बढी विश्वबिद्यालय तथा कलेजहरुको उपस्थिति रहनेछ । बिगतमा आयोजना भएका शैक्षिक मेलाहरु भन्दा फरक बनाउन डिजिटल प्रबिधिको प्रयोगका साथै बिदेश अध्ययनलाई सहज र सरल बनाउने उद्देश्य समेत आयोजकले राखेको छ । अध्ययनसम्बन्धी अन्तरक्रिया, शैक्षिक छात्रबृत्ति, स्थलगत भर्ना, शैक्षिक ऋण, नेतृत्व विकास जस्ता विषयमा मेला केन्द्रीत हुने एकेडेमीका निर्देशक एन्ड्यु पौडेलले जनाएका छन् ।

२००६ मा स्थापना भएको ग्रेस इन्टरनेसनल एकेडेमीले अस्ट्रेलियाको सिडनी, एडिलेट र मेलबर्नमा पनि शाखा बिस्तार गरेको छ । यस बर्ष ३५ हजार भन्दा बढी नेपाली बिद्यार्थीहरुले उच्च शिक्षाको लागि अस्ट्रेलिया रोजेको सन्दर्भमा यो मेला आयोजना गर्न लागिएको छ ।

1 COMMENT

  1. Today, I went to the beach with my kids. I found a sea shell and gave it to my 4 year old daughter and said “You can hear the ocean if you put this to your ear.” She put the shell to her ear and screamed. There was a hermit crab inside and it pinched her ear. She never wants to go back! LoL I know this is entirely off topic but I had to tell someone!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here