काठमाडौँ । अनल ज्योतिका तीन जना विद्यार्थीले ‘लिटल आइकन २०२०’ उपाधी हासिल गरेका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको ‘लिटन आइकन २०२०’ मा ज्योतिका तीन जना विद्यार्थी विजयी भएका हुन् ।

‘लिटल आइकन २०२०’ जुनियर छात्राको उपाधि अनल ज्योति स्कुलमा कक्षा ३ मा अध्ययनरत छात्रा साउलिन महर्जनले हात पारेकी छिन् ।


यसैगरी कक्षा ७ का मिखेन लिम्बुले जुनियर छात्रामा मोस्ट फ्रेन्डली सहित थर्ड ‘लिटल आइकन २०२०’ रनर अपको अवार्ड हात पार्नुका साथै कक्षा ९ मा अध्यनरत क्रिष्टल बान्तवा राईले बेस्ट हेयर सहित मेनेज्मेन्ट च्वाइस्को अवार्ड प्राप्त गरेकी छिन् ।

‘लिटल आइकन २०२०’ उपाधी विजेता साउलिन महर्जन

महर्जनले फाइनल राउण्डमा अनुशासन सम्बन्धि सोधिएको प्रश्नको प्रशंसनीय जवाफ दिदैं अन्य २५ स्कुलका प्रतिस्प्रर्धीलाई पछि पार्दै लिटल आइकन सिजन ९ को विजेता बनेकी हुन् । महर्जनले मोस्ट डिजर्वीङ र मोस्ट बिउटिपूmल स्कीनको उपाधि समेत जितेकी थिइन् ।


पूर्व सेनापति रुकमा¨त कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको आयोजना एएनपी मिडिया हाउसले गरेको थियो ।