शिवेन्द्र कार्की
प्रिन्सिपल, श्रीकूल स्कुल

ललितपुर महानगरपालिका वडा नंं. २५ भैसेंपाटीमा २०६२ सालमा स्थापना भएको श्रीकूल विद्यालय छोटो समयमा गुणात्मक फड्को मार्दै अभिभावकहरुको मन जित्न सफल भएको विद्यालय हो । शहरका थुप्रै विद्यायलयहरुबीच गुणस्तरीय, व्यावहारिक र आधुनिक शिक्षण पद्धति पस्कन सफल भएको विद्यालयको नाम हो श्रीकूल विद्यालय । आफ्नो स्थापनाकालदेखि नै विद्यार्थीहरुको समग्र विकासको निम्ति लागि परेको यस विद्यालय समाजमा छुट्टै छाप छोड्न सफल भएको छ । करिब चार सय ५० जना विद्यार्थीहरुलाई एक्काइसौँ शताब्दी सुहाउँदो शिक्षा प्रदान गर्दै आएको यस विद्यालयमा विभिन्न जातजाती, धर्म, वर्ग, र स्थानका विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयको छुट्टै प्रि–प्राइमरी भवन नख्खु, र कक्षा १ देखि १० सम्म अध्यापन गराइने भवन फूलबारीमा अवस्थित छ । करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको यसको भवन भूकम्प प्रतिरोधात्मक छ ।

Thank you for reading this post, don't forget to subscribe!

कम्प्युटर ल्याव, विज्ञान ल्याव, लाइव्रेरी तथा खेलकुदमा सम्पूर्ण र विशेष सुविधा भएको यस विद्यालयमा संगीत, कला, नृत्य, नाट्य, तेक्वाण्डोलगायतका कक्षासमेत नियमितरुपमा सञ्चालित छन् । इको क्लव, खेलकुद, क्लव, संगीत, नृत्य, स्काउटका क्लवहरुले विद्यार्थीमा शारीरिक विकास बौद्धिक क्षमताको वृद्धि साथै समूहमा काम गर्न सिकाउने र नेतृत्व विकासमा टेवा दिने कुरामा विद्यालय विश्वस्त रहेको छ ।

विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको यस विद्यालयले खेलकुद, हाजिरी जवाफ, वादविवाद, निवन्ध, कथा लेखन वाचन जस्ता कार्यक्रमहरुमा विद्यालयस्तरीय, क्षेत्रीय र राष्ट्रियस्तरमा भाग लिई पुरस्कृतसमेत हुँदै आएको छ । नृत्य, कलालगायत थुप्रै इन्डोर तथा आउटडोर खेलहरुमा विद्यार्थीहरुले पाएका सफलताहरु श्रीकूल विद्यालयको परिचय बन्दै आएको छ ।

समूहगत कार्य गर्न मिल्ने ठूला कक्षा भएको यस विद्यालयमा प्रत्येक कक्षाकोठामा सीमित संख्यामा विद्यार्थीहरु राख्ने गरिएको छ । प्रत्येक कक्षाकोठामा आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्थापन गरिएको छ । एसएलसी तथा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याइरहनु विश्वव्यापी सफल श्रीकूल विद्यालय, एक्काइसौँ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने गुणस्तरीय र व्यावहारिक शिक्षाका आवश्यक कम्युनिकेशन, क्रिएटिभ थिंकिङ तथा कोल्याबरेटिभ बनाउँन जोड दिँदै छुट्टै नमूनाको रुपमा “ह्याप्पी स्कुल” को रुपमा परिणत हुँदैछ ।

विद्यालयको नारा “लिड टु बि द लिडर” को मर्मअनुरुप समाजका हरेक क्षेत्रमा आफूलाई नेतृत्वदायी भूमिकामा राख्न सक्ने असल, सभ्य, सक्षम र सबल नागरिकको विकास गर्दै सीप, ज्ञान र संस्कारयुक्त विद्यार्थी निर्माण नै श्रीकूलको ध्येय हो ।