काठमाडौं । अभिनव साहित्य समाजले गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित बाहुनधारामा मासिक कवि गोष्ठी भिडियो सम्मेलनमार्फत गरिएको छ।

वि.सं. २०५७ फागुन २५ गते शनिबारदेखि शुरु भएको मासिक साहित्यिक श्रखंलाको शनिबार २१९औँ महिनाको कार्यक्रम थियो । कोरोनाबाट बच्न हलमा जम्मा भएर कविता वाचन गर्न नसकिने भएकाले भिडियो सम्मेलनबाट कार्यक्रम सम्पन्न गरिएको उनले बताए । सामाजिक सञ्जालमा ‘घुम्ती कवि गोष्ठी अभिनव’ नामक समूह बनाएर त्यसमार्फत भिडियो सम्मेलन गरिएको हो ।

साहित्यकार पारिजातको १७ औँ स्मृति दिवस एवं ८४ औँ जन्मजयन्तीको अवसर पारेर वैशाख महिनाको साहित्य शृङ्खला आयोजना गरिएको थियो । कार्यक्रममा ३५ कवि एवं कवयित्रीले रचना पाठ गरेका थिए । बमबहादुर थापा ‘जिताली’, भाग्यशाली अधिकारी, पिताम्बरा काफ्ले, ओम खनाल, परशुराम पराशर, घनश्याम प्रसाइँ, मानन्धर अभागी, प्रदीपरत्न शाक्यलगायतले भिडियो सम्मेलनमार्फत कविता वाचन गरे ।