तस्विर : वेभ

ललितपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति ललितपुरले १० दिने कार्यशालामा आधारित टिचिङ विथ आइसिटी तालिम संचालन गरिरहेको छ । उक्त अनलाइन कार्यशालामा ४२ विद्यालयका १६७ जना शिक्षकहरुलाई समूहमा अनलाइन सिकाई प्रदान गर्दै तालिम संचालन भइरहेको हो ।

कार्यशालामा सहभागीहरुलाई अनलाइन कक्षा संचालनका लागि गुगल क्लासरुपमा र मुडल एलएमएसबाट कसरी सिकाइ जारी राख्न सकिन्छ जानकारी दिइदै आएको छ ।

कार्यशालामा दैनिक दुइ घण्टा विज्ञ प्रशिक्षकद्धारा तालिम संचालन गरी प्रस्तुत गरिएको विषयमा समुह विभाजन गरी सहभागी भित्रैबाट टोलिनेता सहभागीले थप समूह कक्षा संचालन गर्ने गरिएको विज्ञ शिक्षक तथा कार्यक्रम संयोजक दिनेश थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार थप तालिमको आवश्यक पर्ने शिक्षकहरुका लागि दैनिक एक घण्टा थप सेसन संचालन भइरहेको छ । शिक्षकहरुलाई भर्चुअल रुपमा पठनपाठन गराउन सक्षम बनाउने र बन्दाबन्दीपश्चात् समेत अनलाईन शिक्षणलाई निरन्तरता दिने गरी पृष्ठपोषण गर्ने उदेश्य तालिमले लिएको छ ।

कार्यशाला समाप्तिपश्चात् सहभागीहरुलाई सक्षमताका आधारमा प्रमाण पत्र प्रदान गरिने नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर शाखाका अध्यक्ष सुरेन्द्र कुमार घिमिरेले जानकारी दिनुभयो ।

गत बैसाख ३१ बाट संचालन भएको कार्यशाला आगामी जेठ ९ गतेसम्म संचालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here