शैक्षिक बर्ष खेर जान नदिने व्यवस्था मिलाइने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र खेर जान नदिने व्यवस्था मिलाइने बताउनुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एसइइका परीक्षार्थी विद्यार्थीहरुको सिङ्गो शैक्षिक बर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउने बताउनुभएको हो ।

Thank you for reading this post, don't forget to subscribe!

“महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसइइ) सञ्चालन हुनुभन्दा २ दिन अगाडि स्थगित गर्नु परेको थियो । यो परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अहिले अन्योलमा छन् । अहिले तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था पनि विद्यमान छैन । तसर्थ, एसइइका परीक्षार्थी विद्यार्थीहरुको सिङ्गो शैक्षिक बर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउने छ । आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले भर्चुअल कक्षाको समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक बर्ष अन्तर्गतको पठनरपाठन सञ्चालनको काम अघि बढाउनेछ ।” प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा भन्नुभयो ।

प्रधानमन्त्री ओलीको सम्बोधनमा कक्षा १२ सहित अन्य परीक्षाको विषयमा के गर्ने भन्ने विषय उल्लेख छैन ।