राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेल पुनः नियुक्त

    काठमाडौँ । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेल पुनः नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो ।

    यसअघि उनी विसं २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भएका थिए । उनको कार्याकाल गत फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद खाली रहेको थियो ।

    युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा गठित दुई विज्ञसहितको सिफारिस समितिले नियुक्तिका लागि सिफारिस गरेको थियो ।

    नवनियुक्त कार्यकारी उपाध्यक्ष ढुङ्गेलले आगामी कार्यकालमा युवालाई स्वरोजगार बनाइ आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए । ढुङ्गेल तत्कालीन नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका थिए । सरकारले वि. सं. २०७२ मा युवा क्षेत्रमा काम गर्ने भनेर परिषद् गठन गरेको थियो ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here