बीएम आचार्य .

बिहानको १० बजेको थियो, विद्यार्थीहरु कक्षामा ब्याग राखेर विहानको एसेम्लीमा भाग लिन भागदौड गर्दै हतार–हतार आउदै थिए । वरिपरि भवन र बीचमा रहेको खाली भाग रहेको विद्यालय प्राङ्गणको सानो क्षेत्रमा विद्यार्थीहरु अटाइ–नअटाई बसेका थिए । हुन पनि त्यो क्षेत्रका विद्यालयहरुमा मंगलोदय माध्यमिक विद्यालय राम्रो सामुदायिक विद्यालयहरुमध्ये पर्छ, भन्ने विषय विद्यार्थीको तथ्यांक, त्यहाँको नतिजा तथा क्रियाकलापहरुले देखाइरहेका थिए । विद्यार्थीहरुले राष्ट्रिय गान गाएपछि आएजसरी नै दौडादौड गरेर विद्यार्थीहरु कक्षाका लागि दौडिए । कक्षा सुरु हुने बित्तिकै उक्त विद्यालयका सामाजिक शिक्षा विषयका शिक्षक प्रवेश गर्नुभयो र उहाँले २ बजेसम्म बालमैत्री स्थानीय शासनसम्बन्धी तालिम रहेकोले विद्यार्थीहरुलाई राम्रोसँग सहभागी हुन आग्रह गर्दै निस्कनुभयो ।
सो दिन फेथ फाउण्डेसन नामक संस्थाले राजधानीको गोकर्णेश्वर नगरपालिका आरुबारीमा रहेको मंगलोदय माविमा बालमैत्री स्थानीय शासनसम्बन्धी विद्यार्थीहरुलाई २ दिने अभिमुखीकरण तालिम राखिएको थियो । उक्त तालिममा विद्यालयको कक्षा ९ का ए र बी सेक्शनका ८७ जना विद्यार्थीहरु सहभागी भएका थिए । कार्यक्रमको छोटो उद्घाटन समारोह चल्दै गर्दा मन्तव्य राख्ने क्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपालले आफ्नो विद्यालयमा गत वर्षदेखि सामुदायिक विद्यालयहरुमा नै नयाँ प्रयोग गरिएको बताउनुभयो । उक्त सन्दर्भमा उहाँले सीएमसी (क्लासरुम म्यानेजमेन्ट कमिटी) को विषयमा जिल्ला समन्वय समिति काठमाडौंका सूचना अधिकृत प्रविण प्याकुरेल, नगरपालिकाबाट आएकी अजिता कपाली, आयोजक तथा प्रशिक्षकलाई सुनाउनुभयो । उद्घाटन समारोह अन्त्यसँगै शिक्षालय टिम प्रधानाध्यापकले सुनाउनुभएको सीएमसीको विषयमा बुझ्न उहाँको कार्यालयतर्फ अघि बढ्यो । गुचमुच्च परेको भवनको बार्दलीबाट हिँड्दै गर्दा सफल विद्यालयमा स्थान नहुने तर असफल विद्यालयमा स्थान जति पनि हुने कुरा मनमा आयो । उहाँको अफिसमा प्रवेश गर्दै गर्दा विद्यालयको नर्सरी १ र नर्सरी २ कक्षालाई सहयोग गर्दै आएका संस्थाका विदेशी प्रतिनिधिसहित कुराकानी हुँदै गर्दा प्रधानाध्यापकसँग समय लिएर शिक्षालय टिमले सिएमसीको प्रयोगको विषयमा कुरा सुरु ग¥यौ ।

प्रधानाध्यापक कृष्णप्रसाद नेपाल सीएमसीका विषयमा अगाडि भन्नु हुन्छ, विद्यालय व्यवस्थापनमा सहयोगी हुने सहभागी उदेश्यले हामीले सीएमसीको अवधारणा ल्याएका हौँ । कक्षालाई डष्ट फ्रि बनाउने उदेश्यले एक संस्थाको सहयोगमा हामीले २१ वटा ग्रीनबोर्ड हरेक कक्षामा हुने गरी राख्यौं । तर समस्या भनेको भोलि पल्टै सुरु भयो । २१ मध्ये ४ वटा बोर्ड च्यातियो । हामीले पत्ता लगाउन खोज्यौ लागेन । अब कोसँग रिसाउने अनि रिसाएर के गर्ने । मैले शिक्षण र कक्षा व्यवस्थापनसम्बन्धी एक पुस्तकमा विद्यार्थीलाई व्यवस्थापनमा सहभागी गराउन सकेमा विद्यालय र कक्षा चुस्त हुन्छ भन्ने पढेको थिए । त्यसकै आधारमा विद्यालय गत वर्षका अन्त्यबाट सीएमसीको अवधारणा ल्यायौँ । जसले गर्दा कक्षामा रहेका विविध सामाग्रीको सुरक्षा भएको छ ।
कसरी बन्छ त सीएमसी भन्ने प्रश्नमा नेपाल भन्नुहुन्छ, “सीएमसीमा जम्मा ५ जना सदस्य हुन्छन् । विद्यार्थीले चयन गरेका २ छात्र र २ छात्रा तथा मेनेजरको रुपमा कक्षा शिक्षक रहेको टिम बन्छ । कक्षाको लागि विद्यार्थीको तर्फबाट संयोजक पनि तोकिन्छ । यसले कक्षाभित्रका सबै विषयको व्यवस्थापन गर्ने गर्दछ ।” पहिलो चरणमा हामीले कक्षाको सरसफाई जसमा डष्टविन प्रयोग गर्ने तरिका पालैपालो कक्षा सरसफाई र हाल भएका सामानको सुरक्षाको विषय राखेका छौं । अब छिट्टै हामी दोस्रो चरणमा जाँदैछौं । अब दोेश्रो चरणमा हामीले कक्षामा दराज राख्नेछौँ । उक्त दराजमा रङ, कैची, टेप, मार्कर आदि राख्नेछौं । यसैगरी विद्यार्थीलाई चाहिने हरेक विषयको एक सेट पाठ्यपुस्तक र सन्दर्भ सामाग्रीहरु राखिनेछ । शिक्षकलाई आवश्यक शिक्षण सामाग्री पनि राखिनेछ । यी सबै विद्यार्थीकै मातहतमा हुनेछ । कक्षालाई सवलीकरण गर्नको लागि यो नवीन धारणा ल्याइएको हो । अन्तर्राष्ट्रिय मान्यता अनुसार कक्षा ५ पढ्ने विद्यार्थीले प्रति मिनेटमा ६० शब्दको उच्चारण गर्नुपर्दछ । हामीले हाम्रा विद्यालयका केही विद्यार्थीहरुमा यसको कमजोरी भेट्यौ । त्यसको लागि अतिरिक्त पुस्तकको व्यवस्था गरेका छौं । हरेक हप्ताको एक दिन विषयअनुसार एक पिरियड हँुदैन । त्यो परियडमा उनीहरुले यस्ता पुस्तक पढ्छन् । यसको बारेमा छलफल हुन्छ र भोलिपल्ट समीक्षा पनि हुन्छ । यसको लागि पनि सिएमसी सहयोगी बनेको छ । विद्यार्थीहरुले कक्षा सञ्चालनको आचारसंहिता आफै बनाउछन् र उक्त आचारसंहिताको कार्यान्वयन पनि आफै गर्छन । विद्यार्थीलाई आफूले सहज हुने गर्न सक्ने विषय आफैं गर्छन् । सबैभन्दा राम्रो पक्ष भनेको उनीहरुको आचारसंहितामा दण्ड, जरिवाना र पुरस्कारसमेत छ । विद्यार्थीहरुका कक्षामा ढिलो आउँदा जरिवाना तिर्नुपर्ने हुन्छ । यो उठाउने काम पनि उनीहरुको नै हो ।

सिएमसीको व्यवस्थाले विद्यालयको कक्षा कोठाको व्यवस्थापन सजिलो भएको छ । विभिन्न कार्यक्रमहरु पनि सञ्चालन भएका छन् । दण्ड र पुरस्कारको व्यवस्थापन पनि भएको छ । कक्षाकोठाको आचारसंहिताको पालन भएको छ, त्यो पनि विना खर्चमा । यो अवधारणा आएपश्चात् कक्षाकोठा व्यवस्थापनको धेरै पक्षमा विद्यालयलाई हल्का भएको छ । हरेक समस्याले समाधानको बाटो देखाउँछ भनेको हो रहेछ ।

यसैगरी आवश्यक खालका अतिरिक्त क्रियाकलापहरु सञ्चालनको जिम्मेवारी पनि उनीहरुकै हो । उनीहरुले उठाएको जरिवानाबाट नै पुरस्कारहरुको व्यवस्था गर्दछन् । सीएमसीकोे व्यवस्थाले विद्यालयको कक्षाकोठाको व्यवस्थापन पनि सजिलो भएको छ । विभिन्न कार्यक्रमहरु पनि सञ्चालन भएको छ । दण्ड, पुरस्कारको व्यवस्थापन पनि भएको छ । कक्षाकोठाको आचारसंहिताको पालना भएको छ त्यो पनि विना खर्चमा । यो अवधारणा आएपश्चात् कक्षाकोठा व्यवस्थापनको धेरै पक्षमा विद्यालयलाई हल्का भएको छ । हरेक समस्याले समाधान बाटो देखाउछ भनेको हो रहेछ ।
सीएमसीको विद्यालय र विद्यालयको व्यवस्थापनका कसरी संयोजन हुन्छ भन्ने प्रश्नमा नेपाल भन्नुहुन्छ, “कक्षा शिक्षक जो सिएमसीको मेनेजरको रुपमा काम गर्नुहुन्छ उहाँले महिनामा १ पटक सिएमसीको बैठक राख्नुहुन्छ । यसपश्चात् विद्यायले कक्षाशिक्षक वा कक्षा व्यवस्थापकहरुको तहगत रुपमा व्यवस्थापनबीचमा छफफल गराउँछ । सोही तरिकाले अभिभावकहरुसँग पनि छलफल हुन्छ । विद्यालयले सञ्चालन गर्न लागेको कुनै कार्यक्रम गर्दा वा नयाँ अवधारण ल्याउँदा यसमा उहाँहरुलाई बोलाउने काम हुन्छ । यसले गर्दा एकैपटक कक्षामा सूचना पुग्ने गरेका छ ।” कुनै कार्यक्रममा भाग लिनको लागि छनोट गर्दासमेत सजिलो बनाएको छ । हामीले बुझ्नै पर्ने विषय भनेको विद्यालयको मुख्य भाग कक्षाकोठा हो । विद्यालयको उपभोक्ता तिनै विद्यार्थी हुन् उनीहरुको समन्वयमा हामीले योजनाको कार्यन्वयन गर्दै आएका छौं । उनीहरुसँग बारम्बार छलफल हुने गरेको छ । हालसम्म हामी सफल छौं । यसलाई अझ परिष्कृत रुपमा अगाडि लादै छौं । कक्षाकोठाको व्यवस्थापन त भयो तर हामीसँग पुग्ने मात्रामा भवन छैन । आवश्यक खेल मैदान छैन । नढाटीकन भन्नुपर्दा अझै पनि सबै अभिभावक विद्यालय आउनुहुन्न । सीएमसी जस्तै यी विषयलाई पनि हामीले सफल बनाउनु पर्नेछ ।