सोच्छौं विद्यार्थी साना छन् !

    बाबुकाजी श्रेष्ठ
    मेरो एक महिनाको अमेरिका भ्रमण । अमेरिका भन्दा मात्र परा हुँदैन संयुक्त राज्य अमेरिका भन्दा उपयुक्त हुन्छ । यात्राका क्रममा मैले धेरै अनुभव गर्न पाएँ । पर्यटकीय भ्रमण भयो । सँगसँगै आफुले अँगाल्दै आएको शिक्षा क्षेत्र कस्तो छ नजिकबाट हेरौं र बुझौं जस्तो लाग्यो । मलाई विद्यालय स्तरीय शिक्षा कस्तो रहेछ भन्ने इच्छा जाग्यो । म त्यही भएर त्यहाँका विभिन्न थरिका विद्यालय घुम्न गए । अध्ययन गर्न गए, अवलोकन गर्न गए । ध्येय केही थिएन, मेरो शैक्षिक भ्रमणले अमेरिकामा रहेका विदेशी विद्यार्थी र त्यहाँका नेपाली विद्यार्थीको अवस्था कस्तो छ त्यसको जानकारी लिनु थियो । यसैगरी त्यहाँका कमजोर बच्चाले पढ्ने विद्यालय र विद्यार्थीकोसमेत अध्ययन गर्नु थियो । मैले स्टेटद्वारा संचालित स्टेट स्कुलहरु तथा स्टेटको सहयोगमा संचालित चार्टरस्कुललाई नजिकबाट नियाल्न पाएँ ।
    यात्राको क्रममा सबैभन्दा राम्रो पक्ष यहाँ रहेका छुट्टाछुट्टै स्टेटले शिक्षाका लागि छुट्टाछुट्टै नियमहरु बनाएको देखियो । यहाँका स्टेटले आफ्नो शिक्षाले नियमहरु आफैं ल्याएका छन् । त्यहाँ पनि नेपालमा जस्तै दुबै निजी र सरकारी स्कूलहरु देखेँ । यी स्कूलहरुले काम गरेको हेर्दा आफ्नै मोडलका नयाँ स्कूलहरु देखियो । निजी विद्यालयले पनि व्यापार गर्ने जस्ता देखिएनन् । स्टेटबाट चलेको हुनाले जतिपनि आम्दानी छ कसैको पकेटमा जाँदैन र पाउदैन पनि । सबै आम्दानी बिद्यालय बनाउन खर्च गरिन्छ । हाम्रोमा गुठीबाट संचालित संस्था जस्तै मान्न सकिन्छ । त्यहाँ भर्खर नयाँ खुलेको केही स्कुल हेर्ने मौका पाएँ । तीमध्ये एक विद्यालयको नाम थियो चार्टर स्कुल । चार्टर स्कूलको विशेषता भनेको उसले व्यवस्थापन गरेर आफैले चलाउने र सरकारले उसलाई पैसा दिने । बालबालिकाहरुले शुल्क लिन नपाउने प्रावधान रहेछ । व्यस्थापनले शिक्षकहरु राख्ने र हटाउने जिम्मा पाएको रहेछ । त्यसले गर्दा स्कूलले राम्रो शिक्षकहरु लिने र उनीहरुको परर्फमेन्सको आधारमा उनीहरुलाई राख्ने वा हटाउने काम गरिन्छ ।
    विद्यालयका विभिन्न प्रकारहरु छन् जसमा केहीले अरुको सहयोगमा विद्यालय संचालन गर्दछन् भने थोरै विद्यालयहरुले मात्र शुल्क लिँदा रहेछन् । सबै खाले विद्याहरुमध्ये निःशुल्क अध्ययन गर्ने गरेका विद्यालय हेर्ने रहर हामीलाई भयो । रमाइलो तब लाग्यो जब साना बच्चाहरुले पनि यस्तो प्रश्न सोधे जसबाट हामी चुप लाग्ने अवस्था आयो । विद्यालयमा कक्षा अनुसार विद्यार्थीहरुको सोचाइ पनि बढ्दै गएको देखियो । आफ्नो कक्षामा पढ्ने भन्दा बढी कुराहरु उनीहरुले जानेको भेटियो ।
    बच्चाहरुलाई हाम्रो देशको बारेमा भन्ने बित्तिकै उनीहरुले चाख दिएर सुने । सुन्ने बच्चाहरु एकदमै साना थिए । यसैले उनीहरुसँग बस्दा नेपालबारे धेरै कुरा सोध्न थाले । नेपालका मानिसहरु कसरी खान्छन्, के खान्छन्, कसरी बस्छन्, के के व्यवसाय गर्दछन् भन्ने कुराहरु गरे । उनीहरुले पढ्न लेख्न जान्छन् कि जान्दैनन्, सबैले जान्दछन् की जान्दैनन् सबैले खान पाउँछन की पाउँदैनन् जस्ता विषयहरु त्यस विद्यालयमा अध्ययन गर्ने बच्चाहरुलाई हेर्दा वास्तवमा उनीहरु धेरैजसो गरिब भेटिए, थोरै मात्र धनी देखिए । काला बर्णका मानिसहरु त्यस्ता विद्यालयहरुमा आउने गर्दा रहेछन् । काला नहुने क्षेत्रमा पनि कमजोर विद्यार्थी नै त्यस्ता विद्यालयमा आउने प्रचलन छ । त्यहाँको बालबालिकाहरु अर्काको घरमा बसी काम गरेको भेटियो । हामीले भ्रमण गरेको सो विद्यालयमा आर्थिक विपन्नता भएका परिवारका बच्चाहरु धेरै थिए । तर शिक्षाको गुणस्तरीयताको हिसाबले तिनलाई कसरी राम्रो शिक्षा दिन सकिन्छ भन्नेतर्फ विद्यालयले सोची राखेको पाइयो ।
    वास्तवमा यहाँको आदिवासीहरुको शिक्षाका लागि धेरै प्रयोग भइरहेका छन् । यसको सोझो उपयोग र धेरै प्रयासहरुका कतिपय पक्षहरु नेपालमा पनि प्रयोगमा त्याउन सक्छौ भने चार्टसको सोचाइ थियो । हामीले आदिवासीप्रति दया राखेको छौं । यिनीहरुलाई सरकारले एकदम महत्व दिइ प्राथमिकता राखेका प्रत्यक्ष देखिएको छैन । विकट क्षेत्रका सुविधा नपाएका नेपाली विद्यार्थी र उनीहरु छुट्याउन गाह्रो पर्छ ।
    हामीले भ्रमण गरेका तिनै वटा विद्यालय मध्येकुनै शिक्षा राम्रो र नराम्रो भन्न मिल्दैन । त्यहाँका सरकारी विद्यालय नेपालका निजीकै वा सोभन्दा पनि राम्रा छन् । यहाँका निजी विद्यालय पनि पक्कै हाम्रो भन्दा राम्रो हुने नै भए । उनीहरुको स्टेट स्कुलहरु यहाँका विद्यालयहरुसँग दाज्न मिल्दैनन । त्यहाँका स्टेट जस्तै चार्टस स्कूलहरुले पनि निकै राम्रो चाहिँ गरेको देखिन्छ ।
    अब फरक यतिमात्र भयो कि त्यहाँका शिक्षकहरु उनीहरुका लागि पढेका देखिन्छन् । पढाउनकै लागि उनीहरु स्कुलहरुमा खटिरहेका हुन्छन् विनास्वार्थ । केही नेपालीबाट त्यहाँ गएका नेपाली युवाहरुसँग भला कुसारी गर्ने मौका समेत पाइयो । उनीहरुलाई सोधियो फरक छ । उनीहरुले भने यहाँ व्यस्तता बढी छ, अल्छिपना कम । छुट्टीको समय भनेको आइतबार र शनिबार हो । कतिपय आइतबार पनि काम गर्छन् । उनीहरुलाई भेट्नको लागि अलि अगाडि नै अब हामी आउने भनेर स्वीकृति लिएर बिदा मिलाउने गरिन्छ ।
    सबै जना एक किसिमबाट खुसी देखिन्छन् । साँच्चै भन्ने हो भने उनीहरु एक अवस्थामा भन्ने हो भने भौतिक रुपमा बाधिएका छन् । त्यहाँ रमाइलो गर्नेहरु खुशीका साथ रमाइलो गर्दै गरेका देखिन्छन् । हप्ताको ७ दिनमा कोही ५, ६ दिन पनि काम गरिरहन्छ । पैसाको लागि कोही सातै दिन पनि काम गर्छन् । विशेषत वीक्याण्डमा भेटघाटका साथ रमाइलो गरिन्छ । त्यो स्थानमा नेपाली समाजहरु पनि छन् । पहिले पहिले नेपाली कम थिए, त्यसैले संस्कृति कमजोर भएको जस्तो लाग्थ्यो आजकाल नेपाली बढी हुने बित्तिकै नेपालकै कुनै क्षेत्र जस्तो देखिन्छ । नेपालको राजनीतिक घटनाक्रमदेखि उनीहरु दुःखी छन् । हामी नेपालमा पत्रपत्रिका पढ्ने बानी कम भएका मानिसहरु पनि छन् तर त्यहाँ बस्ने नेपालीहरुले नेपालका बारेमा निरन्तर विभिन्न संचारमाध्यमबाट जानकारी राखि रहन्छन् । लाग्छ नेपालमा भएका भन्दा उनीहरुलाई घटनाक्रमको बारेमा बढी थाहा छ । उनीहरु नेपालको राजनीतिक अवस्था र निरन्तर परिवर्तन देखि दुःखी छन् । अवसर खोजीमा जाहितहि मान्छे हिडँ्छन् । त्यहाँका मानिसहरु पनि अवसरको खोजीमा छन् । कति नेपालीहरुमा केही गर्ने सोच छ । नेपालमा नै आएर शैक्षिक परिवर्तन गर्ने चाहनासमेत छ । बाहिरबाट उनीहरुले धेरै कुराहरु गुमाएको मैले महशुस गरे । त्यसैले उनिहरु नेपाल फर्किन चाहान्छन् तर आइसकेपछि त्यसै फर्किन नहुने र भविष्य के हुने थाहा नभएकोले कमाउन चाहन्छन् । पढाइका सन्दर्भम आएका मानिसहरु नेपालमा आफुलाई गर्न सक्ने आयो भने फर्कने कुराहरु त्यतिकै गर्दछन् । कतिपयले कोशिस गरेको पनि देखिन्छ । समग्रमा हेर्दा देश त्यसै बनेको होइन रहेछ । शिक्षाले रहेछ । यहाँ सबै विद्यालयहरुमा पढाइको गुणस्तर राम्रो देखियो । विद्यार्थीका पठन शैली, सिक्ने शैली पनि फर छ । हाम्रो साँस्कृति र त्यहाँ हुर्केका बालबालिकाहरु पनि पूरै परिस्थिती पनि देखे । अब कतिपय आमाबुबाहरुले आशा गरेका जस्ता कुराहरु नसिकी निकै बदमास बालबालिकाहरु पनि देखियो । यो सामान्य कुरा हो । धेरै थोरै त यस्ता निस्किहाल्छन् ।
    नेपालीको संख्या बढ्दै जादा विभिन्न प्रकारका विद्यालयमा नेपालीहरु पढ्छन् । विशेषत डिभी परेर गएका वा कमजोर अंग्रेजी ब्यागराउण्ड भएक अभिभावहरुलाई विद्यालय जाँदा गाह्रो हुन्छ । डरको कुरा भनेको बच्चाहरुले नेपाली विर्सला की भन्ने हो । केही नानाीहरुलाई नेपाली बोल्न गाह्रो हुन्छ भने । कतिपय परिवारमा नेपाली गजबले बोल्ने हुन्छ गर्छन ।
    मैले मेरो विद्यालय भ्रमणको अनुभवले वताएको कुरा यही हो कि विद्यालय किन जाने विद्यार्थीलाई थाहा हुनुपर्दछ । यसैगरि विद्यालयलाई पनि मैले विद्यार्थीलाई के गर्ने थाहा हुनैपर्छ । विद्यार्थीहरुले विद्यालयमा के पढ्ने, कसरी पढ्ने, पढेर के गर्ने भन्ने विषय पोख्न हुनुपर्दछ । त्यो अमेरिकाका विद्यार्थीमा देखियो । विद्यार्थी घोकन्ते भन्दा लजिकल छन् । हामीहरु सोच्छौं विद्यार्थी साना छन् उनीहरुलाई केही थाहा हुदैन भनेर । यो कुरा गलत हो भनेर साना नानीहरुले समेत गलत सावित गरिदिए । विद्यालयले विद्यार्थीको क्षमता जे छ त्यो गर्न दिन्छ । विद्यार्थीलाई उसको क्षमता अनुसार अवसर दिइन्छ । त्यहाँका शिक्षकहरुलाइ विद्यार्थीलाई धेरै ज्ञान छ भन्ने विषयको महसुश देखिन्छ ।