कलेज रिडर्सले भर्चुअल शैक्षिक मेला गर्दै

इन्यूज संवाददाता, श्रावण १९, काठमाडौं ।

कलेज रिडर्स म्यागाजिनले १५ दिने भर्चुअल शैक्षिक मेला गर्ने भएको छ । आगामी श्रावण २१ देखि भाद्र ३ गतेसम्म चल्ने उक्त मेलामा देशभरबाट १५० भन्दा बढी कलेजहरु सहभागी हुने जनाइएको छ ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमार्फत उक्त कार्यक्रमको जानकारी दिइएको हो । मेलाका संयोजक तथा हिसानका केन्द्रिय सचिव रामहरी सिलवालले अनलाईन शैक्षिक मेलामा एसईई उत्तिर्ण विद्यार्थीलाई लक्षित उच्च शिक्षाका लागि सूचना तथा परामर्श दिईने जानकारी दिनुभयो । भर्चुअल शैक्षिक मेलामा स्कुल तथा कलेजको भर्चुअल भ्रमण, अन्तरक्रिया, विविध क्षेत्रका विज्ञसँगको निशुल्क लाईभ वेबिनारमा सहभागिता, करिअर काउन्सिलिङ्ग र छात्रवृत्तिका परीक्षा तथा सीपको मुल्याकंन गरिने संयोजक सिलवालले बताउनुभयो ।

मेलामा प्रयोग भएका सबै विधा र सबै विद्यालयमा अध्ययनका लागि २ करोडको छात्रबृत्ति दिइने हिसान काठमाडौँका अध्यक्ष नरेन्द्र बहादुर अधिकारीले बताउनुभयो । नेपालका विद्यालय तथा कलेजले दिने गुणस्तरीय र उत्कृष्ट शिक्षाका बारेमा उचित जानकारीमार्पmत विदेश अध्ययनमा विदेशिएको ठूलो रकमलाई रोक्न तथा विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रसँग सम्बन्धित ब्यक्तिहरुलाई एकै छानामुनि गुणस्तरीय शिक्षाका बारेमा विस्तृत जानकारी दिने उद्देश्यले शैक्षिक मेला आयोजना गर्न जानकारी अधिकारीले दिनुभयो ।

शैक्षिक मेलामा करिव ५ लाख विद्यार्थीहरुको सहभागिता हुने अनुमान गरिएको छ ।