विद्यालय तथा शैक्षिक परामर्शको क्षेत्रमा कार्यरत शिक्षाकर्मी लक्ष्मण घिमिरे स्पष्ट वक्ताको रुपमा चिनिनुहुन्छ । काठमाडौंको कस्मिक इन्टरनेशनल स्कुलका प्रमुख तथा शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील भिभिद कन्सल्टेन्सीका कार्यकारी निर्देशकका रुपमा कार्यरत घिमिरे इन्यूजपानाको प्रस्तुती शैक्षिक संवादमा गरिएको कुराकानी :

कोरोनाले शैक्षिक क्षेत्रका सबै क्षेत्रमा प्रभाव पारेको छ । नेपालको यसको प्रभावसँगै शैक्षिक परामर्शको क्षेत्रमा अन्तर्राष्ट्रिय रहेको असरले प्रभाव पार्दछ । यसैगरी नेपालबाट वैदेशिक अध्ययनमा जाने देशको नीतिगत व्यवस्था, विमान संचालन आदिले यसमा पार्ने हुँदा यी सबै विषयलाई मुल्याकंन गर्दा शैक्षिक परामर्शको क्षेत्र आक्रान्त छ ।

शैक्षिक परामर्शको क्षेत्रमा हाम्रो गन्तव्य अष्ट्रेलिया भएकोले त्यहाँको सरकारको पोलिसीले पनि हाम्रो कामलाई प्रभाव पार्छ । अष्ट्रेलियाले अहिलेको सन्दर्भमा स्टेप वाइ स्टेप सहज बनाइरहेको छ । हाम्रो जानकारीमा भएअनुसार नेपालबाट गएका विद्यार्थीहरुलाई केही मात्रामा समस्या भएपनि रोजगारीमा त्यति असर पारेको छैन ।

अहिले मन्दिर खुला छ, बजार जाम छ, सडक जाम छ, केही पार्टी प्यालेस खुला भई साना भोजभत्तेरसमेत भएका छन् । की सबै क्षेत्र बन्द गर्नुप¥यो नत्र बजारमा हिड्ने, सवारी साधन हाक्नेलाई कोरोना नलाग्ने तर विद्यालयमा मात्र कोरोना लाग्ने भन्ने नहोला । कोरोना सबैलाई लाग्छ ।

फेरी अर्को कुरा अष्ट्रेलियामा यहाँ जस्तो बेरोजगारी देखिदैन । हुनत विदेशमा रहेका विद्यार्थीलाई केही असर त पक्कै पर्छ । हाम्रा विद्यार्थी मिहिनेती र जहाँ भएपनि एड्जस्ट हुने बानी छ । हाम्रो संस्थाबाट गएका विद्यार्थीलाई समन्वय गर्न भिभिदका प्रबन्ध निर्देशक योगेन्द्र विष्ट अष्ट्रेलियामा हुनुहुन्छ । उहाँले यहाँबाट जाने विद्यार्थीलाई आफ्नो ढंगले गाइड गरिरहनु भएकोले हाम्रा विद्यार्थीलाई त्यति अप्ठ्यारो पर्न दिएका छैनौं ।

अहिलको सन्दर्भमा कोरोनाले प्रभाव पारेपनि सधै कोरोना भनेर बसेर पनि हुदैन । अहिले डराएपनि अन्त्यमा मान्छे रोगले भन्दा भोकले मर्छ । त्यसैले अब कारोनाबाट बच्नको लागि भाग्ने भन्दा पनि यसको व्यवस्थापन गर्ने विषयलाई ख्याल गर्नुपर्छ तर सधैं डराएर आत्तिएर हुदैन ।

हालको समयमा विदेशमा अध्ययन गर्ने र अध्ययन गर्ने जाने तयारी गरेका विद्यार्थीलाई अझ बढी परामर्श चाहिन्छ । बाहिरी हल्लाभन्दा विद्यार्थीलाई गाइड गर्न हामी छौं । असहज अवस्थामा सही संस्था छानेर परामर्श लिएर अघि बढ्दा सहज हुन्छ । बाहिर जान चाहाने विद्यार्थीले जति संक्रमण बढ्छ, त्यत्ति राम्रो परामर्श लिनुपर्नछ । त्यहाँका समस्या, संक्रमणको विषयमा थाहा पाउन सही परामर्शदाता छान्नुपर्छ ।

हामीले अवको समयमा अघि बढ्न प्रयास गर्दा सरकारको योजनाअनुसार मात्रै हिड्न सक्छौं । हामीले विद्यार्थी बाहिर पढाउन खोजे पनि शिक्षा मन्त्रालय एनओसी खुला गर्नुप¥यो, आइएलटीएस जस्ता भाषा परीक्षा खुला गर्नुप¥यो । सरकारले तयारी गरेमा पहिलेको नर्मल सिष्टटमा आउँछ भन्ने हो ।

विगत ७ महिनाको पुरानो शुल्क पनि उठाउन नपाउने अवस्थामा शिक्षा मन्त्रालयले निजी विद्यालय सञ्चालनमै अस्पष्ट छ । सरकारल निजी विद्यालयका संस्थाका मागमा न बजेटमा न मौद्रिक नीतिमा कतै पनि सम्बोधन गरेन ।

समग्र निजी शैक्षिक क्षेत्रले मौद्रिक नीतिबाट राहतको ठूलो अपेक्षा गरेपनि सरकारले सम्बोधन गरेन । हाम्रो अपेक्षा बजेटमा नै केही आउने अपेक्षा थियो तर सरकारले गर्न सक्ने अनुसार पनि सम्बोधन गरेन ।

विद्यालय शिक्षामा कारोनाले अझ बढी प्रभाव पारेको छ । समग्र शिक्षा क्षेत्र सरकारी नजरमा अपहेलित छ । पर्यटन क्षेत्रमा अन्तिम समयमा पैसा लिइन्छ, तर हाम्रो विद्यालयम लकडाउन अगाडिकै ६, ७ महिनाको शुल्क उठ्न बाँकी थियो । साना विद्यालयमा अन्तिम परीक्षामा अघिल्लो बर्षको बाँकी शुल्क उठ्ने वा अर्को बर्षको भर्ना पुरानो बाँकी तिरिसक्ने प्रचलन छ ।

लक्ष्मण घिमिरेसँग गरिएको शैक्षिक संवादको भिडियो अन्तर्वार्ता

विगत ७ महिनाको पुरानो शुल्क पनि उठाउन नपाउने अवस्थामा शिक्षा मन्त्रालयले निजी विद्यालय सञ्चालनमै अस्पष्ट छ । सरकारल निजी विद्यालयका संस्थाका मागमा न बजेटमा न मौद्रिक नीतिमा कतै पनि सम्बोधन गरेन । मौद्रिक नीतिमा कर्जाको र पुँजीकरण व्यवस्था भएपनि सबैलाई सम्बोधन गरिएपनि सबैलाई समेट्न यसले सक्दैन ।

वास्तवमा शिक्षा मन्त्रालयले यति धेरै टेन्सन लिनुपर्ने थिएन । निजी क्षेत्रलाई यहाँ सबै शिक्षा मन्त्रालयले गर्छ भन्ने अपेक्षा पनि छैन । देशमा सबै क्षेत्र खुला भयो तर सरकार अझै पनि विद्यार्थी रजिस्ट्रेसनकै कुरा गर्दैछ । हाम्रा अभिभावकलाई कसरी खुसी पार्ने हामीलाई थाहा छ । हाम्रो संस्था चल्ने अभिभावकले नै हो । हामीले उहाँहरुको अवस्था अनुसार शुल्क तिर्ने वातावरण बनाउने हो । यस्तो विषयमा सरकारले तनाव लिनुपर्ने थिएन ।

हामी विद्यालयमा विद्यार्थीलाई सुरक्षित रुपमा अध्यापन गर्न तयार छौं । यसको तयारी गर्न हाम्रो विद्यालय तयार छ । यसका लागि योजना बनाउँन अन्य निजी विद्यालयसँग पनि समन्वय भइरहेको छ ।

अहिलेको समयमा हरेक अफिस खुला छ । अभिभावकलाई आफ्नो व्यवसाय संचालन गर्दा बच्चा कसले हेर्ने भन्ने चिन्ता छ । उहाँहरुलाई बच्चाको शैक्षिक सत्र खेर जाला भन्ने डर छ । बच्चाले पढेको विषय भुल्ने हो की भन्ने डर छ ।

हामीले विद्यालयमा हप्ताको ३ दिन वा सिफ्टवाइज संचालन गर्न सक्छौं । हामीले तयारी गर्ने आन्तरिक तयारी, शिक्षकलाई दिने प्रशिक्षण आदि सबै कुरामा तयारी गर्न सक्छौं । सरकारले विद्यालय खुला गरेमा हामी यसको व्यवस्थापन गर्न सक्छौं ।

यस्तो अवस्थामा हाम्रो जिम्मेवारी विद्यालयभित्र सबै छिर्न योग्य बनाउने हो । संक्रमण र भिडभाडबाट बचाउने जिम्मा हाम्रो हो । हामीले विद्यालयमा हप्ताको ३ दिन वा सिफ्टवाइज संचालन गर्न सक्छौं । हामीले तयारी गर्ने आन्तरिक तयारी, शिक्षकलाई दिने प्रशिक्षण आदि सबै कुरामा तयारी गर्न सक्छौं । सरकारले विद्यालय खुला गरेमा हामी यसको व्यवस्थापन गर्न सक्छौं ।

अहिले मन्दिर खुला छ, बजार जाम छ, सडक जाम छ, केही पार्टी प्यालेस खुला भई साना भोजभत्तेरसमेत भएका छन् । की सबै क्षेत्र बन्द गर्नुप¥यो नत्र बजारमा हिड्ने, सवारी साधन हाक्नेलाई कोरोना नलाग्ने तर विद्यालयमा मात्र कोरोना लाग्ने भन्ने नहोला । कोरोना सबैलाई लाग्छ । भवितव्य भएन भने विद्यालय खुला गर्न सकिन्छ । अहिले राज्यबाट निजी विद्यालय समस्यामा पर्दा समेत सौतेले व्यवहार भइरहेको छ ।

आज हाम्रो लागि सरकार आफ्नो भूमिकाबाट बञ्चित हो की भन्ने विचार गरेका छौं । हामीले यहाँका शिक्षासेवीलाई विश्वास गर्नुपर्छ, सडकमा हामी उफ्रेर निजी विद्यालय माफिया भन्ने कुरा गर्ने, आफ्ना बालबच्चा त्यही पढाउने दाहोरो चरित्र देखिनुसमेत गलत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here