बालबालिकामा भुसको आगो झैं कोरोना फैलिएको भन्दै वैज्ञानिक चिन्तित

एजेन्सी । बिना लक्षण बालबालिकाहरुमा भित्रभित्रै कयौं हप्तासम्म कोरोना फैलिरहेको छ । एक अध्ययन पश्चात वैज्ञानिकहरुले यसमा चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरुले कफ या श्वासप्रश्वासमा समस्या भएका बालबालिकाहरुमा कोरोना भाइरस ४ दिनसम्म रहेको पत्ता लगाएका छन् ।

उक्त अध्ययनले लक्षण नै बिना करीब २० प्रतिशत बालबालिकाहरुमा यो भाइरस तीन हप्तासम्म जीवित रहने गरेको जनाएको छ । दक्षिण कोरियाको सियोल नेशनल युनिभर्सिटी कलेज अफ मेडिसिनको अनुसन्धानकर्ताहरुको टोलीले यसबारे अध्ययन गरेको हो ।

डेली मेलमा छापिएको रिपोर्टका अनुसार अनुसन्धानकर्ताहरुले बालबालिकाहरुलाई चाँडोभन्दा चाँडो आइसोलेशनमा राख्न आवश्यक भएको छ ताकि समुदायमा यसको संक्रमण नफैलियोस् । अध्ययनको सन्दर्भमा अनुसन्धानकर्ताहरुले २१ अस्पतालमा भर्ना भएका ९१ बच्चाहरुमा परीक्षण गरेका थिए ।

कन्ट्याक्ट ट्रेसिङ र कुनै पनि लक्षण भेटिए पछि यी बालबालिकाहरुको कोरोना भाइरसको परीक्षण गरिएको थियो । २० प्रतिशत बच्चाहरुमा प्रारम्भमा कुनै पनि लक्षण देखिएन तर पछि उनीहरुमा पनि लक्षण देखिन थालेको थियो ।

कफका अतिरिक्त कतिपय बालकालिकाको पेटमा समस्या र झाडापखाला पनि भएको थियो । अनुसन्धानकर्ताका अनुसार धेरैजसो बालबालिकाहरुका आफ्ना परिवारका सदस्यहरुबाट नै कोरोना संक्रमण भएको देखाएको छ । अनुसन्धानमा सहभागी बालबालिका करीब २१ दिनसम्म अवलोकन गरिएको थियो र केही दिनको फरकमा उनीहरुको कोरोना टेस्ट गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here