समृद्धि अनलाइन चित्रकला प्रतियोगितामा उत्कृष्ट ३० छानिए

इन्यूज संवाददाता, भाद्र १८, काठमाडौं ।

समृद्धि अनलाइन चित्रकला प्रतियोगितामा उत्कृष्ट ३० चित्रहरु छानिएका छन् । योङ्ग पिकासो प्रस्तुति तथा समृद्धि स्कुलको आयोजनामा सम्पन्न उक्त प्रतियोगिताका सहभागी चित्रमहरुमध्येबाट प्रदर्शनीका लागि भर्चुअल माध्यमबाट उत्कृष्ट ३० को घोषणा गरिएको हो ।

कक्षा ८ देखी एसइइमा सहभागी विद्यार्थीहरु प्रतियोगी रहेको उक्त प्रतियोगिताका उत्कृष्ट ३० चित्र कोर्ने बालचित्रकारहरुमा न्हुजा रोय, आँचल सुनुवार, आश्रिया श्रेष्ठ, आयुष श्रेष्ठ, एञ्जल शाक्य, आयुषा तण्डुकार, आशिष डंगोल, दीपिका, गौरव, हार्दिक शाक्य, जेनिशा, खुसी सराफ, कृष्ण श्रेष्ठ, मिलन थापा, निशान लामा, निरोज धानुकी, युनिक थपलिया, पुजा साउद, प्रज्वल, रिदिशा, रिजेन बज्राचार्य, रोज्मिता गुरुङ, सचेतना मानन्धर, सागर रोका, सशांक श्रेष्ठ, सन्देश महर्जन, सिमरन र सुम्निमा महर्जन रहेका छन् ।

प्रतियोगिताको निर्णायकको रुपमा व्यङ्यचित्रकार राजेश मानन्धर, चित्रकार अजय देशार र चित्रकार राज महर्जन रहेका छन् ।

कार्यक्रममा पाटन संग्रहालयका संग्राहलय अधिकृत शुरेस लाखेले उत्कृष्ट ३० चित्रहरुलाई संग्रहालयले सहज परिस्थिति सिर्जना भएपछि निश्चित समयको लागि प्रदर्शनीको लागि राखिने बताउनुभयो । चित्रकार राजेश मानन्धरले प्रतियोगितामा प्राप्त चित्रहरु उत्कृष्ट भएकोले कलाको क्षेत्रमा नयाँ चित्रकारहरुको आगमन सुखद हुने विश्वास व्यक्त गर्नुभयो । प्रदर्शनी कार्यक्रम सरकारले खुला गरेपश्चात् चित्रकला प्रदर्शनीको उद्घाटन कार्यक्रममा विजेता घोषणा गरी पुरस्कृत गरिने जानकारी चित्रकार अजय देशारले दिनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु १० हजार रहेको छ भने उत्कृष्ट ५ प्रतियोगीलाई नगद तथा अन्य पुरस्कारबाट पुरस्कृत गरिने समृद्धि स्कुलले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here