दुइ नेपाली विद्यार्थीलाई ‘अनरेबल मेन्सन’ अवार्ड

‘अनरेबल मेन्सन’ अवार्ड प्राप्त दुई विद्यार्थी राहुल शाह र अंशराज सेढाई

दुइ नेपाली विद्यार्थीले अन्तरराष्ट्रिय अवार्ड हात पारेका छन् । ती विद्यार्थीले यस वर्ष सञ्चालित ‘ग्लोबल ईकम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स’ मा नेपालका दुई विद्यार्थीले ‘अनरेबल मेन्सन’ अवार्ड प्राप्त गरेका हुन् ।

Thank you for reading this post, don't forget to subscribe!

व्यक्तिगत तथा सामुहिक प्रतिस्पर्धामा गरी दुइ विधामा सम्पन्न उक्त प्रतियोगितामा नेपालको तर्फबाट सहभागी ४ जना सहभागी भएका थिए जसमध्ये काठमाडौंको सेन्ट जेभियर्स कलेजका राहुल शाह कोटेश्वरको क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरका अंशराज सेढाईले सो अवार्ड प्राप्त गरेका हुन् । दुवैले व्यक्तिगत विधातर्फ अवार्ड हात पारेका हुन् ।

नेपालबाट सुरेश भट्टराईको नेतृत्वमा प्रतियोगितामा भाग लिएको उक्त टोलीमा मेन्टरको रुपमा मनिषा द्वा, विजयचन्द्र लुईटेल र अंकित बेञ्जु सहभागी भएका थिए । कोलम्बियामा सम्पन्न हुने भनिएको उक्त प्रतियोगिता अनलाइनमार्फत सम्पन्न गरिएको थियो । असोज ९ गते शुरुवात भएको उक्त प्रतियोगिताको कार्तिक ७ गते समापन भएको थियो ।

प्रतियोगितामा ४० देशका प्रतिस्पर्धीहरु सहभागी भएका थिए ।