रायले जिते समृद्धि अनलाईन चित्रकला प्रतियोगिता

न्हुज रोयद्धारा कोरिएको प्रथम पुरस्कार प्राप्त गर्न सफल चित्र

इन्यूज संवाददाता, मंसिर २९, काठमाडौं ।

समृद्धि अनलाइन चित्रकला प्रतियोगितामा गाैरीघाटका न्हूज राय विजयी भएका छन् । समृद्धि स्कुल र योङ्ग पिकासोद्धारा आयोजित उक्त प्रतियोगितमा गत भाद्रमा उत्कृष्ट ३० मा छनौट भएको रायले कार्यक्रममा प्रथम पुरस्कार हात पारेका हुन् । रायले नगद पुरस्कार १० हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा समृद्धि स्कुलकी छात्रा रिदिसा श्रेष्ठ दोश्रो, सिर्जना ज्ञानसागर स्कुलकी रोज्मिता गुरुङ्ग तेश्रो घोषित भइन् । यसैगरी शंखधर मेमोरियल स्कुलका सशान्त श्रेष्ठ र जुब्लियन्ट सेकेण्डरी स्कुलका आशिष डंगोलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताको निर्णायकको रुपमा व्यङ्यचित्रकार राजेश मानन्धर, चित्रकार अजय देशार र चित्रकार राज महर्जन रहेका थिए ।

विजेताहरुलाई पुरस्कार वितरण गर्दै पाटन संग्रहालयकी कार्यकारी निर्देशक सरस्वती सिंहले प्रतियोगिका चित्रहरु देखेर आफु भावुक भएको बताइन् । सिंहले प्रतियोगितामा घोषित उत्कृष्ट ३० चित्रहरुलाई पाटन संग्रहालयले निश्चित समयको लागि प्रदर्शनीमा राख्ने जानकारी दिइन् ।

प्रतियोगिताका निर्णायक संयोजक व्यङ्यचित्रकार राजेश मानन्धरले युवा चित्रकारको भूमिका खरो उत्रन प्रतियोगीहरुलाई आग्रह गरे ।

समृद्धि स्कुलका सिइओ नरेश प्रसाद श्रेष्ठले लकडाउनको समयमा बाल चित्रकारहरुले कला संस्कृतिलाई चित्रमा उतार्न सफल रहेको जनाउदै नेपाली कला संस्कृति जीवन्त रुपमा चित्रित भएको बताए ।

योङ्ग पिकासोका निर्देशक तथा चित्रकार अजय देशारले कोभिडको समयमा कोभिडलाई बिर्साउन नेपाली कला संस्कृतिको विषय छनौट गरि प्रतियोगिता संचालन गरिएको जानकारी दिए ।

कक्षा ८ देखी यस बर्ष एसइइ परीक्षामा सामेल विद्यार्थीहरुले अनलाईनमार्फत छनौट गरी उत्कृष्ट ३० चित्रकारहरु उक्त कार्यक्रममा सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here