
पौष १०, डोटी ।
डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ ।
कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा यहाँका विद्यार्थीमा पनि खुशियाली छाएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक राख्नका लागि क्वारेन्टिनका रूपमा प्रयोग गरिएका विद्यालयमा निर्मलीकरण गरिएसँगै यहाँका नौवटै स्थानीय तहका सबै विद्यालय पुस १ गतेदेखि सञ्चालन गरिएको हो ।
जिल्लामा कोरोना सङ्क्रमणको डर कायमै रहे पनि विद्यालय निर्वाधरूपमा सञ्चालन भइरहेका छन् । सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएको शिक्षकले दाबी गर्दै आएका छन् । बन्द रहेको लामो समयपछि विद्यालय सञ्चालनमा आएसँगै अहिले यहाँका गाउँघरका विद्यालयमा विद्यार्थी सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेको शिखर नगरपालिका–१ कपल्लेकीस्थित केदारेश्वर माविका शिक्षक रामबहादुर ऐरले बताए । उनले भने, ‘लामो समयपछि विद्यालय खुलेका छन्, विद्यार्थीको पनि उल्लेख्य सहभागी बढेको छ ।’
विद्यालय सञ्चालन भएसँगै यहाँका विद्यालयमा पढाइसमेत सञ्चालन हुँदै आएको छ । कोरोना महामारीका कारण कम्तीमा पनि आठ महिनासम्म घरमा बसेका विद्यार्थी विद्यालय जान पाएपछि निकै खुशी हुन थालेको आदर्श गाउँपालिका–२ का हर्कबहादुर खड्काले बताए । उनले भने, ‘महिनौँसम्म घरमा बस्नु पर्दा विद्यार्थीलाई तनाव भइसकेको थियो, अहिले स्कूल खुलेपछि उनीहरु खुशी साथ रमाउँदै स्कूल जान थालेका छन् ।’
विद्यार्थीलाई घरभन्दा स्कूलमा बढी रमाइलो हुने भएकाले पनि यहाँका प्रायजसो विद्यार्थी अहिले नियमित विद्यालय जान थालेको उनको भनाइ छ ।
जिल्लाका नौवटै स्थानीय तहमा कम्तीमा पनि मावि, निमावि, प्रावि तथा निजी गरी कूल २०० को हाराहारीमा रहेका विद्यालय अहिले एकै साथ सञ्चालनमा आएपछि विद्यालयबाट नै कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै अभिभावकमा चिन्ता बढ्न थालेको दिपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी महेन्द्रबहादुर शाहले बताए । उनले भने, ‘लामो समयपछि विद्यालय खुलेका छन्, जिल्लामा कोरोना जोखिम कायमै छ, सामान्य लापरवाही गरे विद्यार्थीबाट नै कोरोना जोखिम फैलिन सक्ने प्रबल सम्भावना देखिएको छ, सावधानी अपनाउन जरुरी देखिएको छ ।’
कोरोनाका कारण महिनौँदेखि बन्द भएका यहाँका विद्यालयमा स्वास्थ्य मापदण्ड पूर्णरूपमा अपनाउँदै पठनपाठन कार्य पुनः सञ्चालन गर्न निर्देशन दिएको शिक्षा विकास निर्देशनालय दिपायल राजपुरका निर्देशक गणेशबहादुर सिंहले बताए । उनले भने, ‘कोरोना सङ्क्रमणबाट जोगिन सम्पूर्ण सुरक्षा रणनीति अपनाएर विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छौँ, सोही अनुसार यहाँका विद्यालयले काम गरिरहेका छन्, हामीले पनि अनुगमन गर्न थालेका छौँ ।’
विद्यार्थीको शैक्षिक सत्र सकिनलाग्दासमेत विद्यालय नखुलेको तथा यो वर्षको शैक्षिक सत्र खेर जाने अवस्था आएका कारण कोरोना जोखिमबाट जोगिन सम्पूर्ण सुरक्षा नीति अपनाएर विद्यालय सञ्चालन भइरहेको जोरायल गाउँपालिका शिक्षा विकास अधिकृत तेजबहादुर खत्रीले बताए । उनले भने, ‘विद्यार्थीको शैक्षिक सत्र खेर जान थालेका कारण हामीले सबै सुरक्षा रणनीति अपनाएर विद्यालय खोलेका छौँ, आशा छ, विद्यालयबाट कोरोना सङ्क्रमण फैलिने छैन ।’
विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गरी खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अनिवार्यरूपमा विद्यालयमा थर्मलगन राखी विद्यार्थीको तापमान जाँच गर्नेलगायतका अन्य सुरक्षा उपकरण प्रयोग गरी विद्यालय सञ्चालन भइरहेको घण्टेश्वर मावि जोरायलका प्राचार्य सुनलाल थापाले बताए । उनले भने, ‘पठनपाठन गर्न चुनौतीपूर्ण नै छ, तैपनि हामीले कोरोना सङ्क्रमणबाट जोगिन सबै सुरक्षा प्रविधि अपनाएका छौँ ।’
चिसो मौसम भएकाले पनि ठूलो कक्षाका भन्दा पनि सानो कक्षाका बालबालिकालाई समस्या देखिने प्रबल सम्भावना भएको उनको भनाइ छ । यहाँका सम्पूर्ण विद्यालयले स्वास्थ्यसम्बन्धी मापदण्ड, विद्यालय सञ्चालन कार्यढाँचा–२०७७ जारी गरी त्यसैका आधारमा विद्यालय सञ्चालन गरेको बताइएको छ ।
उक्त निर्देशिकामा स्वास्थ्य सम्बन्धित मापदण्ड अनिवार्य पूर्णरूपमा पालना गर्नुपर्ने, विद्यालयको भौतिक अवस्था एवं विद्यार्थी सङ्ख्याका आधारमा विद्यार्थीलाई एकै सिफ्ट वा फरकफरक सिफ्ट बनाई कक्षा सञ्चालन गर्नुपर्ने, भौतिक दूरी कायम गर्दा सबै कक्षा एकै समयमा सञ्चालन गर्न सम्भव नभएमा फरक दिनमा फरक कक्षाका विद्यार्थीलाई कक्षाकोठामा नै अध्यापन गर्नुपर्ने उल्लेख गरिएको छ । रासस
Good info. Lucky me I reach on your website by accident, I bookmarked it.
Everything is very open with a really clear description of the challenges. It was really informative. Your website is very helpful. Thank you for sharing!
You have observed very interesting points! ps decent web site.
The most amazing item ever created!
Nice post. I be taught something tougher on different blogs everyday. It is going to at all times be stimulating to read content from different writers and apply a bit one thing from their store. I’d desire to use some with the content material on my weblog whether or not you don’t mind. Natually I’ll provide you with a hyperlink in your net blog. Thanks for sharing.
It’s the best means to do whatever!
It’s actually a great and useful piece of info. I am happy that you simply shared this useful information with us. Please stay us up to date like this. Thanks for sharing.
Amazingness can give that for you!
Nothing can be comparable to this!
website this is very good, I like, material that is absolutely amazing and, unique, continue to work if you believe eat certainly can, me comet together with hope can support you ask for permission okay totosoju
website this is very good, I like, material that is too awesome and, unique, continue to work if you sure eat certainly can, me comet together hope able support you ask for permission okay totopanen
Achieve every one of your essential things faster and easier!
A bottle of Extraordinary that you can try for yourself!
The Amazingness allows you get more carried out in much less time, without all the stress.
site this is very good, I like, material that is too fantastic and, unique, continue to work if you sure eat certainly can, me comet together with hope can help you ask for permission okay totopanen
Extraordinary is the excellent tool for helping you be extra efficient as well as get even more done daily.
Learn how to maintain your home spick-and-span in 30 minutes!