राम्रो पढ्नेलाई शिक्षण र राजनीतिमा लाग्न नवनियुक्त शिक्षामन्त्रीको आग्रह

तस्विर : वेभ

प्रकाश सिलवाल, पौष १३, काठमाडौं ।

“एकै पटक कक्षा ५ मा भर्ना गरेर विद्यालय शिक्षा शुरु गरेको यहाँ कोही हुनुहुन्छ ?” सभाकक्षमा एकाएक सुनिएको यो प्रश्नको जवाफमा “म छु” भन्ने कोही देखिएन । कसैको हात नउठेको देखेपछि दायाँबायाँ हेर्दै नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुसुक्क हाँस्दै भने, “म नै त्यस्तो भाग्यमानी हुँ जो कक्षा ५ भन्दा तलका कक्षा नपढीकन एकैपटक पाँचमा भर्ना भएको थियो ।”

विसं २०२५ मा नुवाकोटको त्रिशूली बजारस्थित तत्कालीन ‘त्रिभुवन त्रिशूली हाइस्कूल’ मा कक्षा ५ मा भर्ना भएको र त्यसबेला त्यहाँ पाटनबाट गएका प्रधानाध्यापक शारदामान श्रेष्ठ रहनुभएको स्मरण गर्दै मन्त्री श्रेष्ठले शिक्षा र आफ्नो नाता थप जोड्न थाले । शायद आमाले ज्याला मजदूरी गरेर हुर्काएकाले सानो छँदा श्रेष्ठले कक्षा १ देखि भर्ना हुन पाएनन् ।

विसं २०३१ मा त्यहीँबाट प्रवेशिका उत्तीर्णपछि पञ्चायतविरोधी भूमिगत राजनीतिमा सामेल हुँदै २०३५ सालमा काभ्रेपलाञ्चोकको बनेपास्थित आधार माविमा विज्ञान र ऐच्छिक गणित शिक्षक भएर केही समय काम गरेको अनुभव पनि मन्त्री श्रेष्ठले सुनाए । विद्यार्थीलाई विषयगत शिक्षाका साथै मोदनाथ प्रश्रितको ‘पचास रुपियाँको तमसुक’ जस्ता कृतिबाट राजनीतिक चेतनायुक्त शिक्षा पनि दिएको उनका स्मरण छन् ।

विघटित प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ आफ्नो विद्यार्थी रहेकामा उनले गर्व गरे । विसं २०१५ मा काठमाडौँमा जन्मिएका श्रेष्ठ हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का काठमाडौँ उपत्यका संयोजक छन् । प्रवीणता प्रमाणपत्र तहमा विज्ञान विषय पढेका श्रेष्ठले स्नातक भने अर्थशास्त्रमा गरेका हुन् । आफ्नो उच्चशिक्षाको अनुभव सुनाउने क्रममा उनले त्यसबेला चिकित्सा शिक्षाका लागि रुसबाट प्राप्त छात्रवृत्तिमा जान नेकपाका दिवङ्गत नेता जीवराज आश्रितसँग सोध्दा ‘छात्रवृत्तिमा पढ्न जाँदा निश्चित विषयका डाक्टर बन्न सक्ने तर स्वदेशमै राजनीतिमा लागेमा नेपाली जनताको सेवा गर्ने डाक्टर बन्न सक्ने’ सल्लाह दिएका कारण आफू अहिले राजनीतिमा सक्रिय रहेको रोचक प्रसङ्ग सुनाए ।

स्वाभिमान बढाउने शिक्षा प्रणालीमा जोड

शहरी विकास मन्त्रालयमा ७५ दिन नेतृत्व गरी शिक्षामा आएका मन्त्री श्रेष्ठले मन्त्रालयमा पदबहालीपछि सचिवद्वय गोपीनाथ मैनाली र डा सञ्जय शर्माका साथै अन्य कर्मचारी तथा विभिन्न निकायका प्रमुखलाई सम्बोधन गर्दै देशको विकास र स्वाभिमान बढाउने शिक्षा प्रणालीतर्फ आफूहरु केन्द्रित हुनुपर्ने आग्रह गरे ।

विसं २०६१ मा स्थानीय विकास राज्यमन्त्री भएका श्रेष्ठ विसं २०४८ को आमनिर्वाचनमा जननेता मदन भण्डारीले छाडेको काठमाडौं क्षेत्र नं ५ मा भएको उपनिर्वाचनमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट निर्वाचित हुनुभएको थियो । उनी विसं २०५१ मा काठमाडौँ क्षेत्र नं ७ बाट पुनःनिर्वाचित भए । विसं २०५६ र २०६४ निर्वाचनमा सोही क्षेत्रका प्रत्याशी उनी विसं २०७४ को निर्वाचनमा काठमाडौँ–९ बाट विजयी भएका थिए ।

राम्रो पढ्नेलाई शिक्षण र राजनीतिमा लाग्न आग्रह

मन्त्री श्रेष्ठले जापान, जर्मनी, बेलायत, चीन, दक्षिण कोरिया आदि मुलुकको उदाहरण दिँदै कुनै पनि मुलुकको विकास र प्रगतिमा शिक्षाको गुणस्तर पहिलो शर्त हुने भएकाले मेधावी विद्यार्थी र जनशक्तिलाई स्वदेशमै राख्ने सक्ने वातावरण बनाउनुपर्ने बताए । जापानमा अभिभावकले आफ्ना छोराछोरीलाई राम्रो पढाउने बारेमा चिन्ता गर्ने र ती विद्यार्थीले पढिसकेपछि जागीरको पहिलो रोजाइ शिक्षणलाई बनाउने गरेको, चीनमा विभिन्न विधाका मेधावीलाई राजनीतिमा सामेल गराउने गरेको तर नेपालमा कतै जागीर नपाएपछि शिक्षक र पढाइमा कमजोर भएकाहरु राजनीतिमा लाग्ने गर्नाले मुलुकको प्रगति नभएको तर्क राखे । राम्रो पढ्नेले राजनीतिलाई घृणा गर्ने अवस्थाको पनि अन्त्य गराउनुपर्ने उनको भनाइ थियो । नेपालका शिक्षकको सुविधा आकर्षक नभएकाले उनीहरुले पढाउने पेशासँगै वैकल्पिक पेशामा पनि ध्यान दिने भएकाले शिक्षामा गुणस्तर नआएको जिकिर गर्दै मन्त्री श्रेष्ठले कतै नपाएपछि शिक्षक हुने प्रवृत्ति अन्त्यका लागि गम्भीर हुनैपर्ने बताए ।

‘राजनीतिक झोला मन्त्रालय बाहिर’

मन्त्री श्रेष्ठले २१औँ शताब्दीको विज्ञान र प्रविधिअनुकूल शिक्षाको विकासका लागि दूरगामी योजनाका साथ आफूले इमान्दार भएर काम गर्ने र त्यसमा कर्मचारीको साथ आवश्यक रहेको बताए । आफू नेकपाको नेता भए पनि मन्त्री हुँदा देश र जनताको हितलाई प्राथमिकता दिने प्रतिज्ञा गर्दै उनले सबै राष्ट्रसेवक कर्मचारीलाई राजनीतिको झोला मन्त्रालय परिसर बाहिरै राख्न निर्देशन दिए ।

‘राम्रा कामलाई निरन्तरता’

मन्त्री श्रेष्ठले अघिल्ला शिक्षामन्त्री गिरिराजमणि पोखरेलको कार्यकालमा भएका राम्रा कामको निरन्तरता हुने र अपूरा तथा गलत कामलाई सुधार गरिने बताए । सरकारले गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका केही सदस्यले आयोगको प्रतिवेदन आफूखुशी सार्वजनिक गरेको तर्फ लक्ष्य गर्दै उनले त्यस्ता काम आफूबाट नहुने बताए । कर्मचारीलाई सही सल्लाह र परामर्श दिन आग्रह गर्दै मन्त्री श्रेष्ठले भने “म शिक्षाको यस पोखरीमा फाल हालिसकेको छु, म यसलाई पारि तार्न चाहन्छु । डुब्न लागेमा बचाउनुहोला । तीरमा बसेर तमासा नहेर्नुहोला ।”

पहिलो निर्णय

मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी) का उपाध्यक्ष डा खगेन्द्रप्रसाद अधिकारीको सेवा शर्त सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लाने टिप्पणीमा सदर गरी पदबहाली गरेका छन् । सो प्रस्ताव अर्थ मन्त्रालयको सहमति लिई मन्त्रिपरिषद् लान लागिएको हो ।

मन्त्री श्रेष्ठलाई मन्त्रालयमा आउँदा सचिवद्वय मैनाली र शर्मालगायत कर्मचारीले स्वागत गरेका थिए ।

200 COMMENTS

  1. Thank you, I have just been searching for info about this subject for ages and yours is the greatest I have found out so far. But, what in regards to the conclusion? Are you sure about the supply?

  2. Hey there! I simply would like to offer a significant thumbs up for the great details you have below on this message. I will certainly be returning to your blog for even more soon.

  3. Hello i am kavin, its my first occasion to commentinganywhere, when i read this piece of writing i thought i could also make comment due to this good post.

  4. I’m not positive the place you’re getting your information, howevergreat topic. I must spend some time finding out much more orworking out more. Thanks for excellent information I used to be looking for this information for my mission.

  5. It was not made by Niantic Labs (Pokemon duel cash hack), a company of The Pokémon Company International,which is a department of Nintendo managing a progression of Pokemon duelcash generator.

  6. A motivating discussion is worth comment. I do believe that you need to write more about this issue, it may not be a taboo subject but typically people do not speak about these issues. To the next! Many thanks!!

  7. Normally I do not read article on blogs, however I would like to say that this write-up very compelled me to check out and do it! Your writing taste has been amazed me. Thanks, very nice article.

  8. Tremendous issues here. I am very satisfied to look your post.Thank you so much and I’m looking ahead to contact you.Will you kindly drop me a mail?

  9. You could certainly see your enthusiasm in the work you write. The world hopes for even more passionate writers like you who are not afraid to say how they believe. Always go after your heart.

  10. It’s like you wrote the book on it or something. I enjoyed reading this. I am super blown away at how fast your post loaded on my iphone. Hit me up!

  11. Hey there! Do you know if they make any plugins to help with SearchEngine Optimization? I’m trying to get my blog to rank forsome targeted keywords but I’m not seeing very good results.If you know of any please share. Appreciate it!

  12. Wonderful blog! I found it while surfing around on Yahoo News.Do you have any tips on how to get listedin Yahoo News? I’ve been trying for a while but I never seem to get there!Thank youAlso visit my blog post: read more

  13. Thanks , I’ve just been looking for info approximatelythis subject for ages and yours is the greatest I have came upon till now.However, what about the conclusion? Are you sure concerning the supply?

  14. Aw, this was an exceptionally nice post. Finding the time and actual effort to create a top notch articleÖ but what can I sayÖ I put things off a whole lot and never manage to get anything done.

  15. I like the helpful information you provide in your articles. Ill bookmark your blog and check again here frequently. I’m quite certain I will learn lots of new stuff right here! Good luck for the next!

  16. I’m now not certain where you’re getting your info, but great topic.I needs to spend a while learning more or figuring outmore. Thanks for fantastic info I was on the lookout for this info for my mission.

  17. When I initially commented I clicked the “Notify me when new comments are added”checkbox and now each time a comment is added I get several e-mails with the same comment.Is there any way you can remove me from that service?Thanks a lot!

  18. I’m not sure where you’re getting your information, but great topic.I needs to spend some time learning much moreor understanding more. Thanks for wonderful info I was looking for this info for my mission.

  19. Aw, this was an extremely good post. Finding the time and actual effort to make a really good article… but what can I say… I put things off a whole lot and never seem to get nearly anything done.

  20. Chọn Mua Giầy Bóng Rổu18 vnLần trước tiên ra đôi mắt thì giầy Jordan 1 có màu đỏ, trắng và đen phối với nhau. Với upper mỏng nhẹ nhõm và đế bền hơn cùng cỗ đệm lấy thẳng kể từ Crazylight Boost năm nhâm thìn, tạm thời Rose 8 cũng rất đáng để thử.

  21. Howdy! I could have sworn I’ve been to this blog before but after browsing through some of the post I realized it’s new to me. Nonetheless, I’m definitely happy I found it and I’ll be book-marking and checking back often!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here