गलत पद्धति कि व्यक्ति ?

राजा, राणा, नेपाली कांग्रेसले शक्तिलाई आफ्नो पकडमा राख्ने र वेलायत आफ्नो (भारतको) आँखावाट मात्र नेपाललाई हेर्न सक्ने बनाउन लागिपरेको थियो । यो अवस्थामा नेपालको प्रजातन्त्र प्रयोगशालाको रुपमा प्रयोग भएको देखिन्छ । हरेक पक्षले आफू अनुकुल चलाउन खोज्नुले देश र प्रजातन्त्र कमजोर हुदै गएको इतिहास हामीसँग छ ।

Thank you for reading this post, don't forget to subscribe!रमेशचन्द्र घिमिरे


राजनीति सत्ता चलाउने वा टिकाउने खेल मात्रै देखिएको हाम्रो परिदृश्यमा सतहि होईन घनिभूत विश्लेषण गर्नु पर्ने टड्कारो आवश्यकता देखिएको छ । नेपालको ईतिहासलाई नियाल्ने हो भने सिधा सिधा सत्ता प्राप्तिका लागि भए गरेका कृत्यहरु र सत्तामा रहिरहन गरिएका आवश्यक अनावश्यक हरकतहरु वुझ्न सकिन्छ ।

पृथ्वीनारायण शाहले एकीकरण शुरु गरि जग वसाएको गोर्खाको विकसित स्वरुपमा नेपाल विस्तार हुँदै जाँदा दरवारभित्र भएका सत्ता समीकरणका कृत्यहरु अहिले देखिने भन्दा बढी रोचक र खतरनाक रहेको पढ्न पाईएको छ । अनेकौ जालझेल र चालवाजी हुने र मान्छेहरु मार्ने, हत्याका श्रृंखलाहरु चल्नु सामान्य जस्तै देखिन्छन् । ईतिहास पढ्दा यसको मुख्य कारण सत्ता नै हुने गरेको वुझिन्छ । यसका कारणहरु खोतल्दै जाने हो भने यस्ता परिदृश्य देखा पर्छन् ।

  • राजाहरुले धेरै रानीहरु बनाउनु,
  • सरदार र भारदारहरु शक्तिशाली बन्न खोज्नु
  • कोहि कोहि राजालाई राजकाज भन्दा स्त्रीप्रति बढी मोह हुनु,
  • राज्य विस्तार बारेमा फरक फरक धारणा र वुझाई हुनु,
  • राजालाई प्रतिनिधि मात्र वनाई रानी, राजकुमार, सरदार वा भारदार शक्तिशाली वन्नु,
  • उत्तराधिकारी वन्ने र वनाउने होडबजी चल्नु,
  • हत्याका श्रृंखलाले गर्दा नवालक राजा वन्नु वनाईनु र तिनका नाममा नायवी चलाउने होडवाजी हुनु,
  • स्थिरता र सुदृढ अवस्था नवन्दा वाह्य समस्या, आक्रमण र हस्तक्षेप वढ्दै जानु,

धिरशमसेरका खलक सत्तामा पुगे र राणाभित्र पनि वर्ग विभाजन गर्न पुगे । यसैले गर्दा राणाहरुको अस्तित्व र शक्ति कमजोर हुँदै गयो । अन्ततः राणा शासनको समाप्ती भइ पुनः राजा वा शाहहरुले सत्ता पुर्ण रुपमा प्राप्त गरे ।


यसरी शाहकालको शुरुवाती चरणमा नेपालको राजनीतिमा देखा परेको प्रवृत्ति पछि अंग्रेजसंगको युद्द र त्यसको समाप्ति खातिर गरिएको सुगौली सम्झौता वा आत्मसमर्पणपश्चात् अंग्रेजको चलखेलमा लपेटिन पुगेको देखिन्छ । यसैको जगमा यस्तै कमजोर कडीहरुका वैसाखी टेकेर वालनरसिंह कुँवरको उदय जंगवहादुरको रुपमा भई राणाको उपाधि श्री ३ को पदवीसहित राजाहरुसँगको बराबरी हैसियतमा भएको वुझिन्छ । जसले केही समयमा नै राजाहरुलाई निरीह, कमजोर र प्रतिनिधिको रुपमा मात्र खुम्चाएर शासन सत्ता १०३ वर्ष सम्म जहाँनिया राणा शासनको पद्धति वसाए । यसलाई हेर्दा र वुझ्दा माथी भनिएका हाम्रो राज्य संचालन गर्ने प्रणाली वा तात्कालीन पद्धति राजा वा दरवारका कमीकमजोरी र शक्तिशाली वन्न चाहनेहरुको मनोभाव र चाहनाको जगमा जंगवहादुरले राणाशासनको जग वसालेको प्रष्ट देखिन्छ । र पछि अंग्रेजहरु संग सामिप्यता वढाएर विस्वास हासिल गरि अझ राजाहरुलाई निरीह वनाउन र आफू शक्तिशाली वन्न सकेको ईतिहासले वताउछ ।

यो कुरा किन चर्चा गरिनुको अर्थ, यसरी शुरु गरिएको शासन सत्ता चलाक, निडर र वहादुर जंगबहादुरले एउटा प्रणाली वा पद्धति घोषणा गरिदिए । तर त्यहि प्रणालीका कारण उनका पनि भाई छोराहरु मार्ने वा मारिने कार्य भया । धिरशमसेरका खलक सत्तामा पुगे र राणाभित्र पनि वर्ग विभाजन गर्न पुगे । यसैले गर्दा राणाहरुको अस्तित्व र शक्ति कमजोर हुँदै गयो । अन्ततः राणा शासनको समाप्ती भइ पुनः राजा वा शाहहरुले सत्ता पुर्ण रुपमा प्राप्त गरे । तर, भारतको चाहना वझ्नु र सोही अनुसार गर्नुपर्ने शर्तमा यो संभव भएको देखिन्छ । वर्ग विभाजन गरि असन्तुष्टि वढाउनु, राजहरुको शक्ति आर्जन गर्ने चाहना जागृत हुनु, भारतले पनि राणाहरु नरुचाउनु, राणा र राजाहरुबीचको वैवाहिक सम्बन्ध र शक्तिको खेल वढ्नु, मोजमस्ती र भोगविलासमा राज्यको स्रोत साधन अधिक खर्च हुनु राणाहरुको पतनको कारण बन्यो ।

घोषित र अघोषित केही शहीद र अन्य केही व्यक्तिबाहेक ईतिहासले ति चर्चित पात्रहरुका उदय, अन्त्य र जीवनबृत्तिका वरीपरी सत्ता र शक्ति प्रमुख देखिन्छन् ।

यसैगरी जनताको अपेक्षाकृत वृत्ति बिकास नहुनु, न्याय प्रणाली आदेशात्मक हुनु जसले जनतामा आक्रोश निरासा र परिवर्तका भावनाहरु जागृत गर्नु, भारतको स्वतन्त्रतासँंगै राजनैतिक चहल पहल र चिन्तनमा आएको सकारात्मक परिवर्तनले नेपालमा पनि राजनीतिक चेतना र चिन्तनमा परिवर्तन हुनु, नागरिक स्वतन्त्रता, प्रजातन्त्र, कानुनी शासन जस्ता विषय र विचारहरुले नेपाली जनता र समाजमा प्रवेश पाउनु र भुसको आगो झै सल्कनु, राजनीतिक पार्टीहरुको स्थापना हुनु र उक्त आन्दोलनलाई भारतको साथ र समर्थन रहनु लगायतका अवस्थामा नेपालले प्रजातान्त्रिक मुलुक भएको घोषणा र राणाशासनको अन्त्य गरेको ईतिहासले वुझाउँछ ।

राणशासनको अन्त्यपश्चात शुरु भएको प्रजातन्त्र प्रजातान्त्रिक मूल्य, मान्यता र प्रणालीअनुसार अगाडि वढ्न सकेन । देशभित्र राजा, राणा, नेपाली कांग्रेसको आफू आफू शक्तिशाली र सत्ताको नजिक रहने र आफ्नो अनुकुल सत्ता संचालन गर्ने रणनीति र देशबाहिर भारत र बेलायतजस्ता देशले प्रभुत्वता कायम गर्न गरिएका कदम प्रजातन्त्र कमजोर हुने कारण बन्यो ।

१०४ वर्षसम्म सत्ता चलाउन नपाएकोमा पुनः शक्ति प्राप्त गर्ने राजाको चाहना, राणाशासन सकिएपनि कुनै न कुनै रुपमा हालीमुहाली कायम राख्ने राणाको चाहना र सत्तामा पुग्ने अनि भारत र राजाको ईशारामा प्रजातन्त्रको दुहाई दिंदै राजनीति गर्ने नेपाली कांग्रेसको ध्येयले प्रजातन्त्र धमिल हुन पुग्यो ।

नामको रुपमा घोषित प्रजातन्त्रमा राजा १०४ वर्ष सम्म सत्ता चलाउन नपाएकोमा चलाउन खोज्ने, भोग गर्न खोज्ने, जनता धेरै उर्ले भने सत्ताबाट वाहिरिने र राजसंस्था नै सकिने भयले संस्था जोगाउन ध्यान गर्ने अवस्थामा देखिन्छन । राणाहरु १०४ वर्ष सम्म गरेको हालीमुहाली शोषण, अत्याचार, भोगविलास र राज्यको दोहन कुनै न कुनै रुपमा कायम राख्न चाहन्थे । काग्रेस सत्तामा पुग्ने अनि भारत र राजाको ईशारामा प्रजातन्त्रको दुहाई दिदै राज नीति गर्ने कृत्यमा देखिन्थ्यो । नेपाली कांग्रेस भारतको बलमा आफुलाई नेपालको प्रजातन्त्रको ठेकेदारको रुपमा स्थापीत गर्न तल्लिन थियो ।

कमजोर कडीहरुका वैसाखी टेकेर वालनरसिंह कुँवरको उदय जंगवहादुरको रुपमा भई राणाको उपाधि श्री ३ को पदवीसहित राजाहरुसँगको बराबरी हैसियतमा भएको वुझिन्छ । जसले केही समयमा नै राजाहरुलाई निरीह, कमजोर र प्रतिनिधिको रुपमा मात्र खुम्चाएर शासन सत्ता १०३ वर्ष सम्म जहाँनिया राणा शासनको पद्धति वसाए ।

राजा, राणा, नेपाली कांग्रेसले शक्तिलाई आफ्नो पकडमा राख्ने र वेलायत आफ्नो (भारतको) आँखावाट मात्र नेपाललाई हेर्न सक्ने बनाउन लागिपरेको थियो । यो अवस्थामा नेपालको प्रजातन्त्र प्रयोगशालाको रुपमा प्रयोग भएको देखिन्छ । हरेक पक्षले आफू अनुकुल चलाउन खोज्नुले देश र प्रजातन्त्र कमजोर हुदै गएको इतिहास हामीसँग छ ।

यहासम्मको ईतिहास हेर्दा गोर्खा हुँदै नेपालको आधुनिक काल सम्म आईपुग्दा विभिन्न उतारचडाव काण्ड, घटना र परिघटनाहरु स्वभाविक, अस्वभाविक र नाटकिय रुपमा समेत घटेको, घटाईएको र भएका देखिन्छन् । र ती सवै सत्ता शक्तिका लागि मात्रै केन्द्रीत भऐर गरिएका पुष्टि हुन्छन् । यस समयसम्मका ईतिहासका धेरै पात्रहरु चर्चामा छन् जसमा एकाधलाई छोडेर वाकी सवैका कृत्यहरु सत्ता र शक्ति कै लागि थियो भन्ने देखिन्छ ।

यस कालखण्डमा चर्चा र शक्तिमा रहेका केही प्रमुख व्यक्तिहरुलाई लिनु पर्दा पृथ्वीनारायण शाह, वहादुर शाह, राजेन्द्र शाह, सुरेन्द्र शाह, राज्यलक्ष्मी, सामराज्यलक्ष्मी, कालु पाँडे, भिमसेन थापा, अमरसिंह थापा, वलभद्र कुँवर, रणवहादुर शाह, चौतारिया फत्तेजंग, गिर्वाणयुद्ध विक्रम शाह, माथवरसिं थापा, गगन सिं, जंगवहादुर राणा, त्रिभुवन शाह, मोहन शमसेर, वीर शमसेर छन् ।

यसैगरी प्रजापरिषद, नेपाली, कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी लगायतका अन्य संघसंगठनमार्फत भएका अन्दोलनका चर्चा गर्न सकिन्छ । बि पी कोइराला, पुष्पलाल, टंकप्रसाद आचार्य, सुवर्ण समशेर, कृष्णप्रसाद भट्टराई, गंगालाल, दशरथचन्द्र, धर्मभक्त, शुक्रराज, महेन्द्र वीरविक्रम शाहजस्ता सबै पात्रहरु अग्रस्थानमा आउँछन् । घोषित र अघोषित केही शहीद र अन्य केही व्यक्तिबाहेक ईतिहासले ति चर्चित पात्रहरुका उदय, अन्त्य र जीवनबृत्तिका वरीपरी सत्ता र शक्ति प्रमुख देखिन्छन् ।
क्रमश…..