नाष्टको अक्सिजन सिलिण्डरको परीक्षण उत्पादन सफल

जेठ ४, ललितपुर ।

नेपाल विज्ञान तथा प्रबिधि प्रतिष्ठान (नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण गरेको छ । कोभिडको महामारी फैलिएको र अक्सिजन सिलिण्डरको चरम अभाव भैरहेको बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिण्डर परीक्षणको शुभारम्भ गर्नुभएको थियो ।

नाष्टको बैज्ञानिकसँग भएको भेटको क्रममा मन्त्री श्रेष्ठले सिलिन्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिए लगत्तै नाष्टले सफल परीक्षण गरेको हो । अब नेपालले प्रेसर धान्न सक्ने सिलिण्डर उत्पादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ । नाष्टका प्रबिधि संकाय प्रमुख डा. रविन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिण्डर तयार भएको जानकारी दिनुभयो ।

उहाले भन्नुभयो, “सुरक्षाको अन्तिम उपाय अबलम्बन गर्न बाँकी छ केही दिनमा सिलिण्डर उत्पादन गर्ने कम्पनीसंग छलफल गरी व्यावसायिक उत्पादन गर्न अनुमति दिनेछौं ।”

उहाँका अनुसार बजारमा पाईने सिलिण्डरको न्युनतम मुल्य करिब १५ हजार पर्नेछ भने नाष्टको प्रबिधि प्रयोग भएको सिलिन्डरको करिब १० हजार भन्दा कम मुल्य पर्नेछ । परीक्षण अवलोकन गर्न नाष्टको मुख्यालय पुग्नुभएका मन्त्री श्रेष्ठले नाष्टका उपकुलपति डा.सुनिलवावु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाल लगायत सबै टिमलाई धन्यवाद दिनुभएको थियो ।

उहाले भन्नुभयो, “नेपालका वैज्ञानिकको मेहेनतको कारण गएको कोभिड संक्रमण नियन्त्रण गर्न स्वाब कलेक्सन भ्यान, स्नानिटाइजर, धुन मिल्ने मास्क निर्माण गरेर कोभिड नियन्त्रणमा महत्वपुर्ण योगदान गर्नुभयो । अब सिलिन्डर तयार गरेर कोरोना संक्रमितको प्राणवायु अक्सिजन भर्ने सिलिन्डर निर्माण गर्ने प्रबिधिको सफल परीक्षण गरेर महत्वपुर्ण काम गर्नुभएको छ ।”

मन्त्री श्रेष्ठले अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभाव पूर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताउनुभयो । मन्त्री श्रेष्ठले नाष्टले अझै धेरै आविष्कार गर्न बाकी रहेको बताउदै त्यसकोे लागि सरकारको पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सफल परीक्षण भएको सिलिण्डर वैज्ञानिक शंकर ढकालको समुहले तयार गरेको हो । सो सिलिण्डरमा ग्यास सिलिन्डरमा ग्यासको दवाव २२५ बारसम्म भए सुरक्षित रहन्छ । परीक्षण गर्दा ग्यासको दवाव २३५ बार सम्म पुगेपछि सिलिन्डरमा जोडिएको पाइपमा सामान्य समस्या आएको थियो । त्यसैले अन्तिम परीक्षण गर्न बाकी रहेको हो, प्रबिधि संकाय प्रमुख रविन्द्र ढकालले भन्नुभयो ।नाष्टका बैज्ञानिकले नेपाल यस्तो सिलिन्डर निर्माण हुने गरेको छैन भने आयातित सिलिन्डरको गुणस्तर परीक्षण समेत हुने गरेको छैन ।

मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजनउत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताउँदै भन्नुभयो – “विगतमा अस्पताल सञ्चालन अनुमति दिँदाअक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नुपर्ने थिएन ।”

उहाले अस्पताललाई आवश्यक पर्ने अक्सिजन अन्य निकायमा बढी खपत भएको कारण समस्या बढेको बताउदै भन्नुभयो, अब सबै निकायबाट अक्सिजन सिलिन्डर ल्याएका छौ, अब समस्याको समाधान हुदै जानेछ ।

नाष्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले नास्टले स्वाब परीक्षण गर्न मोबाइलभ्यान तयार गरी सुरक्षाका तीनवटै निकायलाई हस्तान्तरण गरेको बताउनुभयो । उहाले नाष्टले कोभिड नियन्त्रणकोलाई महत्वपुर्ण काम गरिरहेको दाबी गर्दै भविष्यमा अन्य कार्य अघि बढाईने जानकारी दिनुभयो । उहाले अब नाष्टलाई स्मार्ट नाष्ट बनाउने गरी कार्ययोजना अघि बढाईएको जानकारी दिनुभयो ।

विज्ञान सचिव डा. सञ्जय शर्माले विज्ञान नवप्रवर्तक तीतिलाई कार्यान्वयनमा ल्याउनासाथ प्रबिधि क्षेत्रले ठुलो फड्को मार्ने बताउनुभयो । उहाले विज्ञानको विकासले मात्र सम्वृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक हुने दाबी गर्नुभयो ।

मन्त्री श्रेष्ठले नाष्टका वैज्ञानिकले तयार गरेको स्याटेलाईटले नेपालको शान बढाएको बताउदै यस्ता वैज्ञानिकलाई सरकारले प्रोत्साहित गर्ने उल्लेख गर्नुभयो ।

14 COMMENTS

  1. After I initially commented I seem to have clicked the -Notify me when new comments are added- checkbox and now whenever a comment is added I receive 4
    emails with the exact same comment. Is there a means you are able
    to remove me from that service? Appreciate it!

  2. That is a very good tip especially to those fresh to the blogosphere.
    Brief but very precise information… Thanks for sharing this one.
    A must read post!

  3. Oh my goodness! Awesome article dude! Thanks, However I am encountering troubles with your RSS.
    I don’t know why I cannot subscribe to it. Is there anybody else having identical RSS issues?
    Anyone who knows the solution can you kindly respond?
    Thanks!!

  4. Good post. I learn something new and challenging on websites I stumbleupon everyday. It will always be useful to read through content from other authors and practice a little something from other sites.

  5. Spot on with this write-up, I really believe that this web site needs much more attention. I’ll probably be returning to read through more, thanks for the advice!

  6. You really make it appear really easy together with your presentation but I
    to find this matter to be actually something which I think
    I would by no means understand. It kind of feels too
    complex and very large for me. I’m looking ahead to your next put
    up, I’ll try to get the cling of it!

  7. Greetings from Los angeles! I’m bored at work so I decided to check out your blog on my iphone during lunch break.
    I really like the info you provide here and can’t wait to take a look when I get home.
    I’m amazed at how fast your blog loaded on my mobile ..
    I’m not even using WIFI, just 3G .. Anyhow, fantastic site!

  8. My spouse and I stumbled over here different web
    page and thought I might check things out.
    I like what I see so i am just following
    you. Look forward to checking out your web
    page for a second time.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here