सरकार गठन गर्न धारा ७६ (५) प्रकृया शुरु हुँदै, प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने

फाइल तस्वीर

जेठ, काठमाडौं ।

मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६ (५) को प्रावधान सरकार गठन गर्ने प्रकृयमा जाने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

हालको परिस्थितिमा विश्वास मत लिन आवश्यक नरहेकोले उक्त प्रकृयामा जान राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिएको हो । गत वैशाख ३० गते ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री केपी शर्मा ओली ठूलो संसदीय दलको तर्फबाट प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

यसैगरी मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।

4 COMMENTS

  1. Nice post. I was checking continuously this blog and I am impressed! Extremely useful information specifically the last part 🙂 I care for such info much. I was seeking this certain information for a long time. Thank you and good luck.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here