परिक्षा र मनोवैज्ञानिक समस्या

    कुनै पनि स्तरको परिक्षालाई अनावश्यक ‘हाउगुजी’ बनाएर डर देखाउनु हुँदैन । बालबालिकाको लागि जिल्ला स्तरीय वा एस.इ.इ. परिक्षालाई ‘फलामे ढोका’को रुपमा ‘हाउगुजी’ बनाइन्छ । यसो गरिनु हुँदैन । यसलाई पनि अन्य कक्षाको परिक्षा जस्तै सहरुपमा लिन प्रेरित गर्नुपर्छ । अन्यथा परिक्षाको समयमा देखिने सम्भावना हुन्छ । यस्तो समस्याबाट मुक्ति पाउन अभिभावक र शिक्षक–शिक्षिकाले अनावश्यक मानसिक दवाब मूलक परिस्थिति सृजना गराउनु हुँदैन र उनिहरुलाई उपयुक्त गरिकाबाट अध्ययन गर्न प्रेरित गर्नु प्रेरित गर्नु पर्दछ । तर सबै विषयका लागि एउटै तरिका वा पद्धति लागु नहुन सक्दछ । त्यसैले विषय वस्तु अनुरुप उपयुक्त तरिका वा पद्धति लागु नहुन सक्दछ ।

    राजन केसी
    मनोविज्ञ

    परिक्षा जीवनको हरेक मोडमा अपरिहार्य छ । परिक्षा दिई नै रहनुपर्छ । विद्यालयको सुरूवात देखि नै हरेक बालकालिकाले परिक्षाको अनुभव गरि नै रहेका हुन्छन् तै पनि परिक्षा भनेपछि कुनै न कुनै परिक्षा समाप्त नभएसम्म मानसिक दवाब भई रहनु स्वभाविकै हो र परिक्षा सकिँदै गएपछि विस्तारै मानसिक तनाव आफै हराएर जान्छ । तर परिक्षा नजिकिँदै गर्दा मानसिक तनाव बढ्दै जानु, पढेका कुरा दिमागमा नबस्नु वा सम्झन नसक्नु, सास फेर्न गाह्रो हुनु, मुटुको धड्कन बढ्नु, छट्पटी हुनु, निन्द्रा र भोक नलाग्नु, मन आत्तिनु, बेहोश होला जस्तो हुनु चाहिँ अस्वभाविक अवस्था हो । यो एक प्रकारको मनोवैज्ञानिक समस्या हो जसलाई परिक्षाको समयमा डर लाग्ने मनोवैज्ञानिक समस्या ‘Exam Fhobia भनिन्छ ।

    यस्तै समस्या थियो, कक्षा ८ पढ्दै गरेका एक किशोरको । जब उनको कक्षा ८ को जिल्ला स्तरिय परिक्षा भन्दा अघि विद्यालयको परिक्षा हुन एक हप्ता बाँकी थियो । उनी परिक्षाको लागि तयारीमा थिए । उनले पढेको कुरा दिमागमा नबसेको जस्तो, जति सम्झन खोजे पनि सम्झन नसकेजस्तो लाग्न थाल्यो अनि जति परिक्षा नजिकिँदै गयो त्यति नै मनमा डर लाग्न थाल्यो । मुटुको धड्कन बढ्न थाल्यो । सास फेर्न पनि गाह्रो हुन थाल्यो । कहिले काहि त बेहोश होला कि जस्तो पनि लाग्न थाल्यो । छट्पटी लाग्न थाल्यो । भोक र निन्द्रामा पनि गड्बडी हुन थाल्यो । यस भन्दा अघिको परिक्षामा पनि यस्तै भएर केहि विषयको परिक्षा छोड्नु परेको थियो । उनको पढाई त्यति नराम्रो पनि थिएन । यस्तो समस्याले गर्दा उनी यस पालीे मनोवैज्ञानिकके सहयोग लिन पुगे ।

    यस्तो समस्या नयाँ होइन, समय समयमा विद्यार्थीहरूको मनमा धेरै प्रकारका तनावहरू आइरहने गर्दछन् र कति आफै समाधान हुने गर्दछन् । विशेष गरी परिक्षा आएपछि अभिभावक र शिक्षक–शिक्षिकाको विद्यार्थी माथी विशेष मनोवैज्ञानिक दवाब पर्न जान्छ । कतिपय विद्यालयहरूले राम्रो नतिजा ल्याउने नाममा एस.एल.सी वा अन्य परिक्षाको तयारीका लागि भनेर अनिवार्य रूपमा जबर्जस्ती होस्टल राख्ने गर्नाले मनोवैज्ञानिक समस्या थपिएको विद्यार्थीहरूका अभिभावकहरूले अनुभव गरेका छन् । यसरी परिक्षाको नाममा बढी अंक ल्याउनका लागि विद्यार्थीहरूमा अनावश्यक मनोवैज्ञानिक दवाब पर्न गई मानसिक असन्तुलन हुने सम्भावना भएकोले हरेक बाल–बालिकाको क्षमता र रूची अनुरूप बिना दवाब अध्ययन गर्न प्रेरित गर्नु पर्दछ । विद्यार्थीहरूलाई पढाउँदा विषयअनुसार छलफल, अभिनय, अवलोकन, खोजमूलक कार्य, प्रयोग, खेल, नाचगान जस्ता मनोरञ्जनात्मक विधि प्रयोग गरीएको छ भने विद्यार्थीले कहिल्यै बिर्सने समस्या आउँदैन तर किताबको विषय वस्तुलाई मात्र घोकाउदा छिटो बिर्सने सम्भावना हुन्छ । विद्यार्थीले आफ्नो हातले गरेको, आँखाले देखेको, अनुभव गरेको कुराहरू लामो समयसम्म सम्झना रहन्छ जसलाईबारम्बार दोहो¥याई रहनु पर्दछ । बालबालिकाहरूलाई परिक्षाको समयमा मानकि दवाब हुनु सामान्य हो र यस अवस्थामा अभिभावक र शिक्षिक शिक्षिकाले अनावश्यकको बोझ थपी मानसिक तनाब दिनुहुँदैन । बरू उनिहरूलाई समय समयमा खेल, नाच–गान, छलफल गराई मनोरञ्जन प्रदान गर्नु पर्दछ जसले गर्दा उनिहरूलाई चिन्ता मुक्त भई पढ्न प्रोत्साहित गर्दछ । परिक्षामा विद्यार्थीहरूलाई यत्ति नै अंक ल्याउनुपर्छ वा प्रथम, द्वितिय नै हनुपर्छ भनेर दवाब दिनुहुँदैन । यस्तो दवाबले गर्दा राम्रो हुनुको बदला परिक्षा बिग्रन पनि सक्छ र मानसिक तनाब बढ्न गई आत्महत्यासमेत गर्न सक्ने सम्भावना हुन्छ । एस.एल.सी. परिक्षा बिग्रेर कतिले आत्महत्या गर्नु यिनै कारण हुन् । त्यसैले हरेक बालबालिकालाई परिक्षाप्रति चिन्तित हुन नदिई आफूले सकेजति मेहनत गरी सके जस्तो गर्न प्रेरित गर्नुपर्छ । कुनै पनि स्तरको परिक्षालाई अनावश्यक ‘हाउगुजी’ बनाएर डर देखाउनु हुँदैन । बालबालिकाको लागि जिल्ला स्तरीय वा एस.एल.सी. परिक्षालाई ‘फलामे ढोका’को रूपमा ‘हाउगुजी’  बनाइन्छ । यसो गरिनु हुँदैन । यसलाई पनि अन्य कक्षाको परिक्षा जस्तै सहरूपमा लिन प्रेरित गर्नुपर्छ । अन्यथा परिक्षाको समयमा देखिने सम्भावना हुन्छ । यस्तो समस्याबाट मुक्ति पाउन अभिभावक र शिक्षक–शिक्षिकाले अनावश्यक मानसिक दवाब मूलक परिस्थिति सृजना गराउनु हुँदैन र उनिहरूलाई उपयुक्त गरिकाबाट अध्ययन गर्न प्रेरित गर्नु प्रेरित गर्नु पर्दछ । तर सबै विषयका लागि एउटै तरिका  वा पद्धति लागु नहुन सक्दछ । त्यसैले विषय वस्तु अनुरूप उपयुक्त तरिका वा पद्धति लागु नहुन सक्दछ । त्यसैले विषय वस्तु अनुरूप उपयुक्त तरिका अनुरूप पर्दछ ।

    अध्ययन गर्दा अपनाउन सकिने उपयुक्त उपायहरूः

    अवलोकनः छोटो समयमा पूरै पाठको हेडिङ्ग, विषयवस्तु, मुख्य बुँदा, सारांश, चार्ट, चित्र, नक्सा, ग्राफ, मुख्य विषयवस्तुलाई सरसर्ती अवलोकन गरी मनन गर्ने गर्नुपर्दछ । यो अध्ययनको पहिलो पाइला हो ।

    प्रश्न गर्नुः पूरै पाठलाई सरसर्ती अध्ययन गरीसकेपछि एकछिन रोकिएर आफैलाई पाठको हेडिङ्ग, सब–हेडिङ्ग र विषयवस्तु सम्बन्धि मनमनै प्रश्न गर्ने र उत्तर दिने कोशिस गने वा पाठको अन्त्यमा दिएका प्रश्नहरू वा पुराना परिक्षाका प्रश्नहरू वा नमुना प्रश्नहरू सोध्ने र हरेक प्रश्नको उत्तर पाठमा फेरी खोज्ने र मनन गर्ने गर्नुपर्दछ । यसो गर्दा पाठ भित्रका प्रश्नअनुसारका बिशेष उत्तरको खोजी गरिन्छ र यसले विद्यार्थीलाई पाठ पूर्णरूपमा पढेर बुझ्न प्रेरित गर्दछ । अध्ययन गर्नुः अवलोकन र प्रश्न–उत्तर पछि खास विषय अध्ययन गर्नाका लागि हाम्रो दिमाग तयार हुने गर्दछ । यसरी अध्ययन गर्दा सम्बन्धित विषयवस्तु र त्यसभित्रका शिर्षक, उप–शिर्षक, ग्राफ, चित्र, नक्शा र हरेक अनच्छेदको अन्तर सम्बन्धप्रति हाम्रो दिमाग सजगरूपमा ध्यान केन्द्रित हुन्छ र सक्रिय रूपमा प्रतिक्रिया जनाउँदछ । तर अध्ययन गर्नु भनेको शब्द–शब्द पढ्नु होइन, समय खेर फाल्नुमात्र हो ।

     पढ्दा निम्न कुराहरू याद गर्नुपर्दछः

          पढ्दा खास उद्देश्य राख्नुपर्दछ वा पढाई उद्देश्यमूलक हुनुपर्दछ ।

          पढ्दा खास समस्याको समाधान खोज्नु पर्दछ वा पढाई समाधानमूलक हुनुपर्छ ।

          पढ्दा खास–खास मुख्य विषयवस्तुमा ध्यान दिनुपर्छ ।

          मूख्य विषयवस्तुलाई सहयोग पु¥याउने अन्य विषयहरूको खोजी गर्नुपर्छ ।

          पाठमा दिएका उदाहरण, विवरण, ग्राफ, चार्ट र नक्साहरूमा ध्यान दिनुपर्छ ।

          पाठको प्रकृति अनुरूप आफ्नो पढ्ने बानीलाई सहज बनाउनुपर्दछ ।

          पढाई प्रश्नहरूद्वारा निर्देशित हुनुपर्दछ ।

    अध्यायनको अवस्थाः यसरी अध्ययन गरिएका विषयवस्तुहरू र मुख्य विचार र प्रतिक्रियालाई एक–अर्को विचारसँग सम्बन्धित गरेर विशेष विचार र ज्ञानलाई प्रतिबिम्बित गर्दछ । पाठसँग सम्बन्धित ज्ञान र विचारलाई आफ्नो अनुभवलाई जोडेर लेखकको विचार, ज्ञान र  अनुभवलाई प्रतिबिम्बित गर्दछ । यस कुरालाई लामो समयसम्म सम्झिरहनको लागि पटक–पटक कराएर वा मनमनै पढ्नु पर्दछ र हाम्रो दिमागमा सम्झन योग्य हुन्छ । यसपछि किताब बन्द गरी आफूले सम्झेका कुरा आफ्नो शब्दमा लेख्ने गर्नुपर्दछ ।

    स्वपरिक्षाः यसरी पढिसकेपछि आफूले याद गरेका कुराहरू आफैले जाँच गर्नुपर्दछ । स्व–परिक्षा गर्दा आफू इमान्दार हुनुपर्दछ । परिक्षा लिनु अघि आफूले बनाएको नोट, सारांश, मुख्य बँुदाहरूलाई राम्ररी हेरी सकेर बन्द गर्नुपर्छ र विषयसँग सम्बन्धित हरेक प्रश्नको उत्तर सम्झेर आरामसँग आफ्नो सबल पक्ष र कमजोर पक्षलाई बुझ्न सहयोग गर्दछ र पुनः कमजोरी हटाउन प्रेरणा दिन्छ साथै आत्मविश्वाश बढाई परिक्षाको समयमा देखिने डर र अन्य मनोवैज्ञानिक समस्याहरूको न्यूनिकरण गर्न सकिन्छ ।

    माथी उल्लेखित तरीका अपनाउँदा तुरून्तै यसको असर नदेखिएमा पनि हरेस खानुहुँदैन । विस्तारै पढाइमा प्रगति हुँदै जान्छ । जति समय अध्ययन गरिन्छ त्यसको आधारमा समय पढेको कुरा सम्झनको लागि दिनुपर्छ । कहिले धेरै बेर पढ्ने, कहिले पढ्दै नपढ्ने वा बिना उद्देश्य र योजनाबिना गरिएको अध्ययनले चाहे जति उपलब्धि दिन सक्दैन, त्यसैले नियमितस्पमा योजनाबद्ध गरिकाले दैनिक समय तालिकाअनुसार अध्ययन गर्नाले परिक्षामा राम्रो नतिजा प्राप्त गर्न सकिन्छ ।

    शिक्षकले पढाएको ध्यानपूर्वक सुन्ने र टिपोट राख्नेः शिक्षक–शिक्षिकाले पढाएको समयमा ध्यानपूर्व सुनेर, पढाएको विषयवस्तुको बारेमा मनन गरी बुझेर आफ्नौ शैली र आफ्नै भाषमा टिपोट राख्ने गर्नुपर्छ । यसरी सुन्दा गाह्रो हुन्छ वा सजिलैसँग ध्यान भंग हुन्छ भने ध्यान केन्द्रित गर्नको लागि पढाई रहेको समयमा शिक्षकलाई ध्यानपूर्वक हेर्नुपर्दछ । उनिहरूले बनाएको पाठ योजना र मुख्य विषयवस्तुलाई पनि विचार गर्नुपर्दछ । शिक्षकले पढाईरहेको समयमा नबुझेका कुराहरू अन्तमा सोध्ने बानी बसाल्नुपर्छ । शिक्षले पढाईरहँदा महत्वपूर्ण विषय दोहो¥याएर पनि भनिरहेका हुन्छन् । यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्दछ । सुन्दै महत्वपूर्ण कुराहरूको टिपोट पनि गर्दै जानुपर्दछ । टिपोट वा नोट बनाउँदा सरल, छोटो र स्पष्ट हुनुपर्छ । पढाईरहेको समयमा टिपोट गर्दा सुन्ने र हात चलाउने सँगसँगै छिटो हुनुपर्दछ ।

    पढाउदा शिक्षकले भनेका कुराको टिपोट गर्ने उपयुक्त तरिकाः

          शिक्षकको विचारलाई आफ्नै शब्द र भाषामा लेख्ने गर्नुपर्छ ।

          शिक्षकले भनेका सबै कुरा लेख्नु पर्दैन, अनावश्यक शब्द र प्रसंग छाडेर छोटकरीमा मुख्य–मुख्य कुराको टिपोट राख्नुपर्दछ ।

          शिक्षकले पढाउदा आफूले सकेजति कलम र कागजलाई साथै दिमागलाई पनि व्यस्त राख्नुपर्दछ । जसले गर्दा ध्यान अन्त जान पाउँदैन ।

        टिपोट राख्नु भनेको शिक्षकले पढाएको कुरा सम्झना राख्नु पनि हो । किनभने   शिक्षकले भनेको कुरालाई आफ्नो भाषामा लेख्दा दिमागमा सम्झना रहन्छ ।

          यसरी टिपोट गरेका कुराहरूलाई २४ घण्टाभित्र दोहो¥याएर पढि मनन गर्नुपर्छ ।

    नोट तयार पार्नुः सम्बन्धित विषयमा लेखिएका विभिन्न किताबहरू, शिक्षकले पढाएका बेलामा टिपेका टिपोट र अन्य सामाग्रीलाई राम्ररी अध्ययन मनन गरी सरल भाषामा आफ्नै तरिकाले स्पष्टरूपमा विस्तृतरूपमा लेखेर राख्ने विशेष कला नै नोट तयार गर्नु हो । यसरी नोट बनाउँदा किताबको हुबहु शब्द वा वाक्य सार्नुहुँदैन । नोट आफ्नै मौलिक भाषा र शैलीमा हुनपर्दछ । यसरी राम्रो नोट तयार गर्न धेरै मेहनत गर्नुपर्छ । यसरी नोट बनाउँदा हाम्रो दिमागमा सम्बन्धित विषयप्रति छर्लङ्ग तस्वीर बन्दछ र लामो समयसम्म सम्झना रहिरहन्छ ।

    सारांश तयार गर्नुः यसरी पढेर नोट तयार गरीसकेपछि उक्त विषयवस्तु बारे मुख्य–मुख्य तथ्य र भनाईहरूलाई अन्तमा सारांशको रूपमा छोटकर बयान गर्नुपर्दछ ताकि सारांश पढेर मुख्य विषय छर्लङ्ग हुन सकोस् । सारांश छोटो र आफ्नै मौलिक भाषा र सरल शैलीमा हुनुपर्दछ ।

    कक्षागत छलफलः कक्षागत छलफल पनि महत्वपूर्ण अध्ययन शैली हो । कक्षागत छलफलमा शिक्षकको निर्देशनअनुसार खास विषयमा छलफल सूरू गरिन्छ । सम्बन्धित विषयमा आफ्नो तर्क, विचार, तथ्य र बुझाइको आधारमा हरेक विद्यार्थीले सक्रियरूपमा सहभागिता जनाउनुपर्दछ । आफ्नो तर्क र विचार प्रस्तुत गर्दा अरूको विचार सुनेर आफ्नो पालोमा आफ्नो भनाइ प्रस्तुत गर्नुपर्दछ । यि माथि प्रस्तुत उपयुक्त तरिकालाई दैनिक रूपमा पालन गर्नाले परिक्षाको समयमा डराई रहनुपर्ने समस्या रहँदैन ।

    परिक्षाको तयारीः हरेक तहका विद्यार्थीहरूले विद्यालयमा शिक्षकले पढाएका र तयार गरेका सामाग्रीका साथै परिक्षाको तयारी गर्दा विशेष ध्यान पु¥याउनु पर्दछ । तरिक्षाको तयारी गर्दा सात–सी अर्थात कन्टेन्ट, कन्सेप्ट,कोर, कभरेज, कन्टेक्ट्स, कमेन्ट, कन्क्लुजन लाई आधार बनाई अध्ययन गर्नुपर्छ ।

    १)    कन्टेन्ट :  कुनै पनि विषय पढ्दा मुख्य विषयवस्तु र पाठ्यक्रमलाई ध्यान दिएर पढ्नुपर्दछ । पाठ्यक्रम भन्दा बाहिर जानु भनेको समय खेर फाल्नु हो । परिक्षामा समयको धेरै महत्व हुन्छ ।

    २)    कन्सेप्ट : मुख्य विषयवस्तु थाहा भएपछि यसमा रहेका विषयवस्तुको अर्थ, परिभाषा, महत्व, आयाम आदि थाहा पाउनुपर्छ ।

    ३)    कोर :  मुख्य विषयवस्तु थाहा पाएपछि त्यसभित्र रहेको मूख्य तत्व थाहा पाउनु जरूरी छ, जुन कुरा थाहा पाएपछि त्यसलाई घटाउने–बढाउने आफ्नै हातमा हुन्छ ।

    ४)    कभरेज : आफूले पढेका विषयवस्तुसँग सम्बन्धित विशेषता, सिद्धान्त, नीति, सांगठनिक व्यवस्था, कानुनी व्यवस्था र अन्य यसले ओगट्ने क्षेत्रलाई पनि समेट्नुपर्दछ ।

    ५)    कन्टेक्ट्स :  जुन विषयवस्तु अध्ययन गरिन्छ, त्यसलाई समय सन्दर्भसँग जोडेर वर्तमान परिस्थितिमा आफ्नो मुलुक र विश्व सन्दर्भमा कस्तो स्थान छ यसलाई स्पष्टसँग कmेलाउन सक्नुपर्दछ ।

    ६)    कमेन्ट :  विद्यार्थीले कुनै पनि विषय पढिसकेपछि आफै मूल्यांकन गरी त्यस विषयसँग सम्बन्धित समस्या, चुनौति, कमजोरी र सबल पक्ष केलाएर विश्लेषण गर्ने क्षमताको विकास गर्नुपर्छ ।

    ७)    कन्क्लुजन : पूर्णरूपमा विषयवस्तुको जानकारी प्राप्त गरीसकेपछि समस्या मात्र होइन, समाधानका वैकल्पिक उपायहरू कमजोरीलाई सबल पक्षमा र चुनौतीलाई अवसरमा बदलेर निश्कर्ष निकाल्न सक्नुपर्दछ ।

    परिक्षा भनेको बर्षभरी पढेको र सिकेको ज्ञान र सिपको स्तर छोटो अवधिमा व्यक्त गर्ने विशेष प्रणाली हो । यो छोटो अवधिमा पढेका र जानेका सबै विषयलाई समेट्न सम्भव हुँदैन । तैपनि छोटो समयमा प्रश्नले मागेजति सुचनाहरू र मुख्य–मुख्य जानकारी नछुटाई र नदोहो¥याई प्रस्तुत गर्ने कलाको विकास गर्नुपर्छ ।

    हरेक विद्यार्थीले परिक्षामा उत्तर लेख्दा आकर्षक अक्षर र प्रस्तुतिकरण शैलिको विकास गर्नुपर्दछ । यसका लागि विशेष गरी सभेन एस (Seven-S) लाई अवलम्बन गर्नु उपयुक्त हुन्छ ।

    १) स्ट्रक्चर :  छोटो वा लामो उत्तर देख्दा दायाँ–बायाँ मार्जिन छोड्ने, आकर्षक र उपयुक्त शिर्षक राख्ने, उपशिर्षक राख्ने, अनुच्छेद छुट्याउने, मुख्य–मुख्य बँुदाहरूलाई बुलेटमा राख्ने गर्नुपर्दछ ।

    २) स्टार्ट : परिक्षकलाई विद्यार्थीको सूरूको लेखाई शैली, अक्षर र प्रस्तुतीले प्रभाव पार्ने पर्दछ । त्यसैले सूरूदेखि नै अक्षर र प्रस्तुतीलाई सान्दर्भिक र स्पष्टरूपमा अभिव्यक्त गर्नुपर्दछ ।

    ३) स्टाइल : परिक्षामा विद्यार्थीले आफैले मौलिक तरिका प्रयोग गर्नुपर्दछ । आवश्यक र सान्दर्भिकता अनुरूप बुलेट, ग्राफ, चार्ट, डायग्राम, टेबलको पनि प्रयोग गर्दा आफूले भन्न खोजेको विचार अझ स्पष्ट रूपमा व्यक्त गर्न सकिन्छ ।

    ४) स्ट्राटेजी : परिक्षार्थीलाई जित्ने उद्देश्य राखी आफूले विशेष प्रकारको प्रस्तुति गर्ने शैलीको विकास गर्नुपर्दछ । जस्तैः महत्वपूर्ण जानकारीलाई बक्सभित्र राख्ने, चित्र, ग्राफ, डायग्रामद्वारा प्रस्तुत गर्ने, मुख्य विचारलाई हाइलाइट गर्ने सिपहरूको विकास गर्नुपर्दछ ।

    ५) स्कोप : प्रश्नमा केलुकेको छ थाहा पाउनु पर्दछ र कुनै पनि विषयवस्तुको यायाम कस्तो छ वा भविष्यमा यसको महत्व कस्तो रहनेछ र यसलाई विस्तृत पार्न के गर्न सकिन्छ भन्ने जानकारी यथार्थपरक भई तर्कपूर्ण ढंगबाट प्रस्तुत गर्नुपदर्छ ।

    ६) साइज : प्रश्नको उत्तर लेख्दा आउने भए ४÷५ पेज नआए एक अनुच्छेद मात्र लेख्ने होइन । निश्चित समयभित्र अंक भारको आधारमा उत्तर लेख्नुपर्दछ । त्यसैले उत्तर लेख्दा समय र अंकभारलाई ख्याल गर्नुपर्दछ र सकभर कुनै पनि प्रश्न नछुटोस् भनेर ध्यान पु¥याउनु पर्दछ ।

    ७) स्ट्रेन्थ : आफूले दिएको उत्तर बौद्धिकरूपमा सबल र आशावादी हुनुपर्दछ । उत्तर लेख्दा सकभर एक्टिभ भन्दा प्यासिभ भ्वइसमा हुनुपर्दछ । आफ्नो उत्तर सकारात्मक निश्कर्षका साथ अन्त हुनपर्दछ । उत्तरको सूरूदेखि अन्तसम्म प्रसङ्ग जोडिएको हुनुर्दछ ।

    परिक्षाको तयारी गर्दा ध्यान दिनुपर्ने कुराहरूः

          समय तालिकाअनुसार पढ्ने बानी गर्नुपर्दछ ।

          पढ्ने ठाउँ शान्त र पर्याप्त उज्यालो हुनुका साथै खुल्ला हावा आवत–जावत गर्ने हुनुपर्दछ ।

          समय–समयमा आराम गर्ने,पानी पिउने वा खाजा खाने गर्नुपर्दछ ।

          पढ्दा मुख्य बुँदाको टिपोट राख्ने र पटक–पटक सम्झने प्रयास गर्नुपर्दछ ।

          सबै पाठ्यसामाग्री राम्ररी बुझेर कम्तीमा २÷३ पटक पढिसकेको हुनुपर्दछ ।

          प्रयोगात्मक विषयलाई प्रयोग गरेर सम्झने कोशिस गर्नुपर्दछ ।

          पढ्दा, चार्ट, ग्राफ,चित्र, सुत्र, टेबल आदिको प्रयोग उपयुक्त हुन्छ ।

          एक्लै कोठाभित्र घोकेर भन्दा खुल्ला ठाउँमा साथीसँग बसेर छलफल गर्दा अझ प्रभावकारी हुन्छ ।

          सकभर परिक्षा अघि भेटेजति सबै प्रश्नहरूको हल गर्ने गर्नुपर्दछ ।

          एक विषय पढेपछि एकछिन मनन गरि सम्झने प्रयास गर्नुपर्दछ र एकछिन आराम गरेर मात्र अर्को विषय पढ्न सूरू गर्नुपर्दछ ।

          हरेक विषय पढ्दा ‘सेभेन–सी’लाई आधार बनाउनु पर्दछ ।

          परीक्षामा उत्तर लेख्दा ‘सेभेन–एस’लाई ध्यान दिनुपर्छ ।

          पढ्दा राती ढिलासम्म नबसी, छिटो सुत्ने र बिहान छिटो उठ्ने गर्नुपर्दछ ।

          बिहान नियमित व्यायम गर्ने गर्नुपर्दछ ।

          खाना पनि समयमा खाइरहनुपर्दछ ।

    परिक्षा दिँदा ध्यान दिनुपर्ने कुराहरूः

          परिक्षाहभित्र प्रवेश गरेपछि आफ्नो ठाउँ खोजेर आरामसँग बस्ने, लामो–लामो सास बिस्तारै तान्दै छोड्दै गर्ने ।

          प्रश्नपत्र पाएपछि २,३ पल्ट दोहो¥याएर पढ्ने र सजिलो प्रश्नबाट उत्तर लेख्ने ।

          उत्तर लेख्दा सम्झदै आत्मविश्वासका साथ नहड्बडाई लेख्ने ।

          बिच–बिचमा लामो सास तान्ने र आराम गर्ने र समय–समयमा पानी पिउने ।

          आफूले लेखेको उत्तर दोहो¥याएर पढ्ने र छुटेको कुरा थप्ने ।

          सकभर समय खेर नजाने गरी समयको व्यवस्थापन गर्ने ।

          हरेक विषय र हरेक तहाके परिक्षालाई ‘हाउगुजी’ नठानी सहजरूपमा लिने ।

          परिक्षा भनेको मेरो ज्ञान र सिपको मूल्याङ्कन हो भने स्वीकार गर्ने ।

    1 COMMENT

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here