आमाको नागरिकताबाट सन्तानलाई वंशजको नागरिकता दिने मन्त्रिपरिषद्को निर्णय

तस्विर : वेभ

जेठ ६, काठमाडों ।

सरकारले आमाको नामबाट सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाली नागरिकता भएका आमाको नागरिकता भएमा निजका सन्तानलाई वंशज नागरिकता प्रमाणपत्र दिने निर्णय गरेको हो ।

आमाको नामबाट नागरिकता पाउने नीतिगत व्यवस्था भएपनि अदालतमा मुद्दा गरेर मात्र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाउने गरेको र अदालतको निर्णयबिना जिल्ला प्रशासन कार्यालयले नागरिकता नदिने गरेको गुनासो धेरैबाट आउने गरेको थियो ।
यस निर्णयबाट सोझै आमाको नामबाट नागरिकता जारी हुने भएको छ ।

1 COMMENT

  1. Its good as your other posts : D, thankyou for putting up. “Reason is the substance of the universe. The design of the world is absolutely rational.” by Georg Wilhelm Friedrich Hegel.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here