जिल्ला समन्वय समिति काठमाडौंको वरिष्ठ सामाजिक अधिकृतको रुपमा कार्यरत रहनुभएका दिपक कुमार केसीले स्नातक तहसम्म ब्यवस्थापन विषयको अध्ययन गर्नुभएको हो भने एमपिए तथा ग्रामिण विकास विषय गरि दुइ विषयमा स्नातरकोत्तर गर्नुभएको छ । सकारात्मक सोचका धनी के.सी आफ्ना पेशामा बालबालिकाको उत्थान, महिला विकास तथा शैक्षिक विषयमा प्रधानता दिइ कार्य गर्दै आउनुभएको छ । सामाजिक विकास अधिकृतको रुपमा कार्य गर्दा सामुदायिक विद्यालयको पक्षपोषण गर्दै निमुखा आवश्यकलाई छात्रबृत्ति प्रदान गर्नदेखी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैह्र सरकारी संस्थाहरुलाई बालबालिका तथा शैक्षिक क्षेत्रमा अगाडी बढाउन समन्वयकर्ताको समेत भूमिका निर्वाह गर्दै आउनुभएको छ । शैक्षिक क्षेत्रमा आफ्ना सकारात्मक कदम बढाइरहनुभएका केसी कसरी वित्यो बाल्यकाल उहाँको आफ्नै शब्दमा :

हाम्रो परिवारमा आमाबुबा दाजुभाइ र दिदीबहनी गरि जम्मा छ जना थियौं । २०३७ सालतिर मेरो अध्ययनको शुरुवात ललितपुरको सातदोवाटो स्थित महेन्द्र आदर्श कक्षा १ बाट शुरु भएको हो । म विद्यार्थीकालदेखी नै मध्यम खालको विद्यार्थी हुँ । जीवनकालमा प्रथम पटक प्रथम भएको कक्षा १ मा नै हो । त्यसपश्चाम खेल तथा पढाइ दुवै क्षेत्रमा मध्यम रुपमा नै अघि बढेको हो । महेन्द्र आदर्श विद्याश्रममा मैले कक्षा ४ सम्म पढें । घर सेतीदेवी चान्लाखेलमा रहेकोले आउजाउमा समय लाग्ने हुँद म लगनखेलमा कोठामा बस्ने गरेको थिए । सँग मेरो भाइ पनि सँगै बस्थ्यो । हामीलाई फुपुले हेर्ने गर्नुहुन्थ्यो । ४ कक्षा उत्तिर्ण गरेपश्चात काठमाडौंको फर्पिङ्गमा त्रिभुवन आदर्श मा.वि. अध्ययन शुरु गरे । कक्षा १० सम्म त्यहा अध्ययन गरियो । विहान ७ः०० बजेबाट दिउसो ४ः०० विद्यालयमा नै चल्ने गथ्र्यो । त्यस वेलामा राजपरिवारका सदस्य पनि पढ्ने गरेको विद्यालय भएर यो विद्यालय चर्चित पनि थियो । यस पश्चात् आइ.कम. नेपाल कमर्स क्याम्पस तथा वि.कम. शंखरदेव क्याम्पसबाट उत्तिर्ण गरे । सरकारी सेवामा जाने सोचले सामान्य प्रशासन क्याम्पस जमल बाट एमपीए मा स्नातकोत्तर तथा पाटन संयुक्त क्याम्पसबाट ग्रामिण विकास विषय स्नातकोत्तर उत्तिर्ण गरे । बाल्यकालमा हामी मध्यम किसिमको परिवार भएका कारण सामान्य घरको काम गर्ने गरिन्थ्यो । साथीभाईको घरमा पनि सरसहयोग गरिन्थ्यो । शिक्षकहरुले धेरै माया गर्नुहुन्थ्यो, अहिले पनि भेट्दा पुरानो कुरा सम्झाउनुहुन्छ । विद्यालयकालमा कसैसँग पनि मेरो झगडा परेन बरु अरुको झगडा पनि मिलाउने कार्य गर्थे । यसले गर्दा म मिलनसार नै थिए जस्तो लाग्छ ।
विद्यालय पढ्दा केही रमाइला घटना घटेका थिए, त्यो सम्झदा पनि रमाइलो लाग्छ । हाम्रो विद्यालयमा फलफुलको बगैचा राम्रो थियो । सयौं लिचि, आप तथा अनारका बोटहरु थिए । तर विद्यार्थीले टिपेर खान पाउँदैनथे । यसको सुरक्षाका लागी गार्ड राखिएको थियो । हामी वहाँलाई हवल्दार दाई भन्थ्यौ । एकपटक हवल्दार दाई नभएको मौका पारेर म लिचिको रुपमा चडेर सो रुखको टुप्पोमा बसेर लिचि टिप्दै थिए । साथीहरुले हवल्दार आयो भन्दै कराएर भागे । म पनि माथिबाटै हाम फालेर भाग्न खोजेको मेरो हात भाँचिएको थियो ।

यसैगरी अर्को सम्झनालायक विद्यालयको घटना सम्झिनुपर्दा विद्यालय नजिकै शेषनारायणमा पानी पोखरी थियो । जसबाट पानी विरतण समेत गर्ने गरिएको थियो । विद्यालयको लञ्च समयमा हामी केही विद्यार्थी पानी पाले नभएको समयमा पोखरी हाम फाल्यौ तर पौडी खेल्ने समयमा पानी पाले आइपुगेकोले अरु साथी भागे । म पनि झोला र लुगा छोडेर कट्टु मात्र लगाएर भागेर विद्यालय आएको प्रसंग सम्झनालायक छ ।

सबैभन्दा ठूलो सम्पति भएको मेरो पि.आर अर्थात् पब्लिक रिलेसन हो । बाल्यकालदेखी हालसम्मका साथीभाइहरु नजिक छन् । प्रशासन, सेवा, राजनीतिक क्षेत्र तथा सेवाग्राही सबै क्षेत्रमा रहेका नेतृत्वकर्तासँगको सहज र सुमधुर सम्बन्धले मेरो सेवायात्रा अघि बढिरहेको छ । बालकालमा विद्यालयमा आफुले अनुभव गरेका विषयबाट सिकेर तथा अवस्था मुल्यांकन गरेर जिल्ला शिक्षा कार्यालय, विद्यालयहरु तथा गैह्र सरकारी संस्थासँगको समन्वयमा शिक्षा तथा अन्य विषयलाई आफ्नो तर्फबाट गर्न सकिने कार्य अघि बढाइरहेको छु ।

पहिला भन्दा अहिले विद्यार्थी अलि बाधिएका छन् । पहिले विद्यार्थी मिहिनेत गर्थे र स्वतन्त्र पनि थिए । अहिले विद्यार्थी र शिक्षक दुवैले बढी मिहिनेत गर्नुपर्छ । हाम्रो बाल्यकालमा रहेको विद्यार्थीको सोच अहिलेको विद्यार्थीको सोच बदलिसकेको छ । समय अनुकुल शिक्षालाई परिवर्तन हुनु आवश्यक छ । मेरो तर्फबाट मेरो संस्थागत तथा ब्यक्तिगत तर्फबाट बालबालिकाको लागि बालमैत्री स्थानिय सासन निर्माणका लागि म निरन्तर लागिरहेको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here