“वाग्मिता साहित्य प्रतिष्ठान” स्थापना, अध्यक्षमा सञ्जेल

    जेठ २५, ललितपुर ।

    ललितपुरमा “वाग्मिता साहित्य प्रतिष्ठान” नामक साहित्यिक संस्था स्थापना गरिएको छ । ललितपुरको वाग्मती गाउपालिकामा साहित्य सम्बन्धि कार्य गर्न प्रतिनिधिमूलक साहित्यकर्मीको उपस्थितिमा उक्त प्रतिष्ठान गठन गरिएको हो ।

    प्रतिष्ठानको तदर्थ समितिको अध्यक्षमा वाग्मती गीतका रचनाकार एवं गजलकार नवराज सञ्जेल रहेका छन् । यसैगरी उपाध्यक्षमा कृष्ण बल, सचिवमा रोशन दाहाल, सहसचिवमा नवीन तिमल्सिना तथा कोषाध्यक्षमा सिकारु राम चयन भएका छन् । प्रतिष्ठानको कार्यसमिति सदस्यहरुमा अर्जुन दाहाल ‘मिलन’, शकुन्तला धिमाल, बिशाल दुलाल, सन्तोष दाहाल, बुद्धराम थिङ, वसन्ती थापा, अन्जना दाहाल तथा बाबुलाल स्याङ्तान रहेका छन् ।

    प्रतिष्ठानमा वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, उपाध्यक्ष रन्जना घिमिरे पदेन सल्लाहकार तथा पालिकाका सामाजिक विकास समिति संयोजक विजयकुमार लो र अग्रज साहित्यकार गोपाल सञ्जेल सल्लाहकार चयन भएका छन् ।

    प्रतिष्ठानले वाग्मती भित्रका साहित्य तथा कलालाई अगाडि बढाउने तथा पालिकाभित्रका साहित्यकारलाई सदस्यताका लागि आह्वान गरिने प्रतिष्ठान अध्यक्ष सञ्जेलले जानकारी दिएका छन् ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here