
असार ६, ललितपुर ।
गोदावरी उद्योग बाणिज्य संघले समृद्ध गोदावरी सम्मेलन, बायर सेलर मिट र गोदावरी महोत्सव आयोजना गर्ने जनाएको छ । शनिवार साँझ गोदावरी उद्योग बाणिज्य संघको आयोजना तथा गोदावरी इकोनोमिक फोरमको संयोजनमा गोदावरी नगरपालिकाको प्रिबजेटसम्बन्धी अन्तरक्रियामा नगरपालिकालाई आगामी आर्थिक बर्षमा समेटिनुपर्ने विषयमा सुझाव प्रस्तुत गर्दै उक्त विषय जानकारी दिइएको हो ।
संघका अध्यक्ष जगन्नाथ महर्जनले नगरभित्रका संभावनाका आधारमा खाद्य प्रशोधन उद्योग खोल्न लगानी प्रोत्साहित गर्ने गरी उद्योग वाणिज्य संघसंग सहकार्यमा लगानी सम्मेलन गर्ने सकिने जनाएका छन् । उद्योग ब्यवसायवाट उत्पादित वस्तु तथा सेवाको बजारीकरण र प्रवद्र्धन गर्न बायर सेलर मिट कार्यक्रम, गोदावरी क्षेत्रको आर्थिक, पर्यटन, स्वास्थ्य, शैक्षिक, राजनैतिकसमग्र विकास गरी समृद्ध गोदावरी निर्माण गर्न समृद्ध गोदावरी सम्मेलन आवश्यक रहेको महर्जनले जानकारी दिए । अध्यक्ष महर्जनले नेपाल उद्योग बाणिज्य महासंघले २०३० सम्म १०० अर्व डलरको अर्थतन्त्र निर्माण गरी २२ लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना बनाएकाले यो अवस्थामा गोदावरी नगरपालिकाले पनि लाभ लिने योजना बनाउनुपर्ने भनाइ राखे ।
अन्तरक्रियामा गोदावरी नगरपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९ मा समावेश गर्ने अल्पकालीन र दीर्घकालीन महत्वका सुझावसमेत दिइएको छ । जिसिसिआई विजनेस क्लिनिकका संयोजक विश्वनाथ घिमिरेले सुझाव पत्र प्रस्तुतीकरण गरेका हुन् ।
सुझावमा संघको अगुवाईमा बिजनेस नलेज सेन्टर भौतिक संरचना निर्माण र संचालन र नख्खु औद्योगिक कोरिडर घोषणा गर्ने विषयलाई महत्वका साथ उठाइएको छ । यसैगरी नविनतम सोच भएका व्यक्तिहरुकालाई व्यवसायी बनाउन नगरपालिकाले विजनेश स्टार्टअपको लाग ब्यवसायको विकास, प्रबद्र्धन प्रोत्साहनका कार्यक्रमहरु संचालन गर्ने, नयाँ व्यवसाय शुरुवात गर्न चाहनेहरुकालागी आवश्यक उद्यमशिलता, ब्यवसायीक सिप तालिम कार्यक्रम तथा नयाँ व्यवसाय शुरुवात गर्न चाहना राख्ने महिलाहरुलाई सञ्चालित महिला उद्यमी विकास कार्यक्रमलाई निरन्तरता दिने सुझाव दिइएको छ ।
नगर क्षेत्रभित्र सञ्चालित व्यापार व्यवसायहरुको डाटावेश उद्योग वाणिज्य संघको सहकार्यमा तयार गर्नुपर्ने, नगरपालिका भित्रका विद्यालयहरुमा टेक्निकल भोकेस्नल एजुकेशन (टिभेट) पढाइ शुरु गर्न सकिने, नगरपालिकासँग प्रत्यक्ष सरोकार भएका संस्थाहरुको पूर्वाधार र संस्थागत विकासका कार्यक्रम संचालन गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।
संघले कोभिड १९ महामारीको न्यूनीकरण र नियन्त्रण गर्न खोप र आपतकालिन स्वास्थ्य सेवाको व्यवस्था गर्ने र सस्तो, सुलभ र भरपर्दो स्वास्थ्य सेवाको व्यवस्था गर्ने, कृषि, उद्योग, व्यवसाय, व्यापार र सेवामा सहुलियत, सहजीकरण र सवलीकरण गनुपर्ने, करमा सहुलियत, सार्वजनिक खर्चमा मितब्ययी र उत्पादनमुखी रोजगारी दिने कार्यक्रम निर्माण गर्न सुझाव दिएको छ ।
सुझावमा कृषिको पकेट क्षेत्रको घोषणालाई निरन्तरता दिई सो क्षेत्रको जग्गा र कृषकहरुको नामदर्ता, उत्पादनका प्रकार र तहको तथ्याङ्क, व्यवस्था, जग्गाको गुणस्तर परिक्षण, जग्गाका बर्गिकरण, खेती योग्य जग्गाको संरक्षण, सार्वजनिक नीजि साझेदारी अन्तर्गत उद्योग वाणिज्य संघको सहकार्यमा कृषि वजार निर्माण गर्न कार्यक्रम बजेट विनियोजन गर्नुपर्ने विषय समावेश गरिएको छ ।
कृषि उद्यमी विकास केन्द्रको स्थापना गर्नुपर्ने, निषेधाज्ञाका कारण थलिएको स्थानीय अर्थतन्त्रको सुधार गर्न औद्योगिक वातावरणको पुर्नस्थापना र पुनरुत्थानका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सुझावमा नगरपालिकाभित्रका विज्ञ समेटी मिनि योजना आयोग बनाउन आग्रह गरिएको छ ।
गोदावरीमा औद्योगिक ग्राम निर्माण हुँदै : नगर प्रमुख महर्जन
छलफलमा गोदावरीको डुकुछापमा गोदावरी औद्योगिक ग्राम निर्माण गर्न लागिएको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिएका छन् । नगरप्रमुख महजर्ननले औद्योगिक ग्राम निर्माणका लागि संघीय सरकारले स्वीकृति दिएको र उक्त ग्राम निर्माणका लागि सरकारले ९० लाख बजेटको व्यवस्था भएको जानकारी दिए । नगर प्रमुख महर्जनले आगामी आर्थिक बर्षदेखी गोदावरी नगरपालिकालाई पेपरलेस प्रणालीमा लैजाने बताएका छन् । सबै वडाहरुको सिफारिस प्रकृयालाई पेपरलेस बनाउन लागिएको बताएका हुन् । महर्जनले सबैको सुझावलाई आत्मसाथ गर्दै नयाँ आर्थिक वर्षको बजेट बनाउने धारणा प्रतिवद्धता व्यक्त गरेका छन् । उनले कार्यकाल सकिने बेलामा बजेट वितरणमुखी बजेट ल्याउने चलन रहेपनि गोदावरीले वितरणमुखी बजेट नल्याउने भाव व्यक्त गरेका छन् ।
नगरपालिकाले सम्झनालायक काम गर्नुपर्छ : पूर्व सचिव थापा
नेपाल सरकारका पूर्व सचिव भरत थापाले नगरपालिकाका जनप्रतिनिधिले लामो समयसम्म सम्झिराख्ने काम गर्नुपर्ने बताएका छन् । थापाले नगरप्रमुख र जनप्रतिनिधिको कार्यकालको अन्तिम बजेट भएकोले नीतिगत रुपमा दीर्घकालिन प्रभाव छोड्न सकिने नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न सकिने बताए । नेपालका ७५३ नगरपालिकामध्ये गोदावरीको स्थान अब्बल रहेको बताउदै थापाले कोभिडको असरले कार्यान्वयन नभएर छुटेका योजना शुरु गर्नुपर्ने तथा हाल संचालनमा रहेक योजना सुधार गर्दै पूरा गर्नसुझाव दिएका थिए ।
जनताको करको सदुयोग अनिवार्य : डा. विष्ट
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा गोदावरी इकोनोमिक फोरमका संयोजक डा. रघुवीर विष्टले गरिव जनताको रगत र पसिनाले तिरेको कर सही ठाँउमा उपयोग हुने गरी बजेट निर्माण गर्नुपर्ने बताए । विष्टले स्थानीय तहको बजेटको ९० प्रतिशत निर्भरता केन्द्र र प्रदेश सरकारमा रहेकोले विकास बजेटमा विशेष ध्यान दिनुपर्ने बताए । बजेटमा साधारण खर्चको अनुपातमा विकास खर्चको अनुपात अत्याधिक बढी भएमात्र बजेटले प्रभाव पार्ने भाव व्यक्त गर्दै बजेट निर्माणले स्थानीय श्रोत र साधन रहेको उपयोगमार्फत आम्दानी गर्ने बाटो फराकिलो बनाउनुपर्ने सुझाव दिए ।
खण्डीकरण विकासको बाधक : डा. घले
कृषि विज्ञ तथा नार्ककी सदस्य डा. यमुना घलेले आधुनिक विकासका नाममा भएको जमिनको खण्डीकरण विकासको बाधक रहेको बताइन । विकासका नाममा गरिएको जमिन खण्डीकरणले दीर्घकालिन असर गर्ने उनको भनाई थियो । डा. घलेले कृषि आधुनिकीकरण नयाँ बीउ विजन मात्र बनाउने विषयमात्र नभएकोले धेरै कोणबाट विश्लेषण गर्दै नगरपालिकालिकाले ग्रीन इकोनमीलाई प्राथमिकता दिनुपर्ने सुझाव प्रदान गरिन् ।
कार्यान्वयन महत्वपूर्ण : सहभागी
भर्चुअल अन्तरक्रिया सहभागी नगरपालिका शाखा प्रमुख तथा सरोकारवालाले बजेट निर्माणसँगै यसको कार्यान्वयनमा पक्षमा जोड दिएका छन् ।
नगरको योजना शाखा प्रमुख देव प्रसाद श्रेष्ठले बजेट राम्रो बनेमा यसको प्रभाव सकारात्मक पर्ने भएकोले बजेट कार्यान्वनमा आफ्नो शाखाले पूर्ण शक्तिका साथ कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । गोदावरी नगरका उद्योग तथा सहकारी शाखा प्रमुख ऋषिराम अधिकारीले वाणिज्य संघले दिएको सुझाव राम्रो रहेको यसलाई कार्यान्वयनमा लानुपर्ने बताए ।
नगरपालिकाका राजस्व शाखा प्रमुख श्रीराम आचार्यले बजेटमा नगरको आयको श्रोत नगुम्ने र उद्यमीहरुलाई पनि सझिलो पर्ने किसिमले बजेट ल्याउनुपर्ने बताए । नगरको कृषि शाखाका कोकनाथ घिमिरेले कृषि उत्पादन र बजारीकरण जोड दिए । कृषि विकास बैंकका पूर्व महाप्रवन्धक रामचन्द्र महर्जनले योजना निर्माणसँगै यसको कार्यान्वयले बजेटको महत्व राख्ने बताए ।
पत्रकार अशोक दुलालले स्थानीय संचारगृहको संरक्षणमा नगरपालिकाको ध्यान जानुपर्ने बताए । पत्रकार कृष्णमुरारी पुडासैनीले राजस्व चुहावटलाई कम गरी जग्गा खण्डीकरण नियन्त्रण गर्नुपर्ने बताए ।
उद्योगी व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको उक्त भर्चुअल कार्यक्रम संचारकर्मी बिएम आचार्यले सहजीकरण गरेका थिए ।
Iím impressed, I have to admit. Seldom do I come across a blog thatís both equally educative and entertaining, and without a doubt, you’ve hit the nail on the head. The problem is something which not enough men and women are speaking intelligently about. Now i’m very happy I stumbled across this in my search for something regarding this.
You may find that you are doing every little thing quicker, far better as well as extra effectively than ever before in your life!
You deserve the very best life has to provide. Amazingness is right here to aid you get it!
Amazingness is a productivity device that will change your life.
The Amazingness is here to assist you manage your time as well as obtain more out of life.
All from one little tablet, Amazing offers you awesome power!
web site this is too good, I like, material that is absolutely awesome and, unique, continue to work if you believe eat certainly can, me comet with hope can support you ask for permission okay totosoju
website this is too good, I like, material that is too amazing and, unique, continue to work if you believe eat certainly can, me comet with hope able support you ask for permission okay totopanen
Sensational is an all-in-one life management device that will certainly make you a lot more effective and also stress free.
This is the something you need to be more effective and also effective .
One item that can take your life to the next degree!
Achieve a lot more as well as do it much better with Amazingness!
web this is too good, I like, material that is too amazing and, unique, continue to work except you sure eat certainly can, me comet with hope can support you ask for permission okay totopanen
Whatever you require to make your life much easier as well as a lot more incredible is included in this one amazing plan!
Incredible is an all-in-one life management device that will certainly make you a lot more efficient and stress complimentary.