चीनबाट खरिद गरेको ८ लाख डोज खोप नेपाल आइपुग्यो

प्रतिनिधिमूलक तस्विर : वेभ

असार २५, काठमाडौं ।

सरकारले चीनबाट किनेको कोरोनाविरूद्ध दिइने ८ लाख डोज खोप नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाजले शुक्रबार बिहान भेरोसेल खोपको आठ लाख डोज ल्याइएको हो । खोप लिन बिहीबार निगमको जहाज चीन गएको थियो।

नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप काठमाडौँ ल्याइएको हो ।चीनबाट खरिद गरेर ल्याइएको कोरोनाविरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो प्राथमिकता दिएर लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसपछि ५५ देखि ६० वर्ष उमेर समूहका लाई लगाउने योजना मन्त्रालयको छ ।

नेपाल ल्याइएको खोप त्रिभुवन विमानस्थलको चिस्यान भण्डारणमा राखिएको छ । टेकु र पथलैयामा पनि केन्द्रीय स्तरका भण्डारण केन्द्र छन् । हेटौंडा, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा क्षेत्रीय स्तरका भण्डारण केन्द्रहरू छन् ।

खोप लिनका लागि निगमको जहाज अब दुईपटक चीन जाँदैछ। असार ३१ र साउन ७ मा निगमको जहाज चीन जानेछ। खोप लिएर साउन १ र असार ८ मा जहाज नेपाल फर्किने तालिका छ।