देशभरका बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ खुवाइँदै

कार्तिक ७, काठमाडौं ।

आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । सरकारले ६ महिनादेखि ५ वर्षमुनीका करीब २७ लाख बालबालिकालाई आइतबार र सोमबार भिटामिन ‘ए’ निःशुल्क खुवाउँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागेको हो ।

स्वास्थ्य सेवा विभागका अनुसार १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि समेत खुवाइने कार्यक्रम रहेको छ ।