अनेरास्ववियुले अखिल साँझ आयोजना गर्दै

    कार्तिक १०, ललितपुर ।

    नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ललितपुर जिल्ला कमिटिले अखिल साँझ आयोजना गर्ने भएको छ । नेकपा एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने अनेरास्ववियु ललितपुरले जनाएको छ ।

    संस्कृतिको जेगर्ना तथा क्रियाशिलता अभियानलाई अगाडि बढाउने क्रममा शुभ दीपावलीको अवसर पारेर कार्यक्रम गर्न लागिएको अनेरास्ववियु स्थायी कमिटि सदस्य तथा ललितपुर जिल्ला ईञ्चार्ज विनायक आचार्य जानकारी दिए ।

    उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको अनेरास्ववियु लतिलपुरका अध्यक्ष दिनेश दहालले बताए । कार्यक्रम आगामी कार्तिक १७ ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी प्यालेसमा हुने दहालले जानकारी दिए ।

    1 COMMENT

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here