देश र जनताको लागि राजनीति !

भनिन्छ, शब्दहरु अत्यन्त शक्तिशाली हुन्छन तर त्यो शब्द त्यतिबेला मात्र शक्तिशाली हुन्छ जब त्यसलाई कर्मको डोरीले बाँधिन्छ । अन्यथा ती शब्द वा बोलीको खासै महत्व नहुने भएकोले यसले उक्त मानिसको हैसियत झल्काउँछ ।

‘देश र जनताको लागि’ यो उपवाक्य नेपाली राजनीतिमा वा नेतृत्व वर्गले बारम्बार प्रयोग गर्ने चलन चल्तीमा रहेको छ । जुनसुकै राजनीतिक दल वा तिनका नेतृत्व वर्गले यो उपवाक्यलाई प्रयोग गरेर आफ्नो निहित उद्देश्य वा जनताको नाम र देशको नाम भंजाएर राजनीति गरिरहेका छन र हामी जनता यही उपवाक्यको लागि कृतध्न पनि भइरहेका छौं। राजनीति के को लागि ? देश र जनताको लागि सहज जवाफ रही आएको छ । के त वास्तवमा नेपालको राजनीति वा नेतृत्व वर्गले भनेझैं २००७ साल देखि यताको राजनीति देश र जनताको लागि सार्थक राजनीति भएको छ त ? राणा शासनको अवधी १०४ वर्ष शासनकाललाई छोडेर २०७८ सालसम्म आइपुग्दा ७१ वर्ष शासन अवधीमा देश र जनताको लागि राजनीति भएको छ त ? नेपालको यो ७१ वर्ष शासन अवधीमा विश्वमा प्रचलित राजतन्त्र, संसदीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र , संघात्मक गणतन्त्र आदि सबै प्रकारको शासनपद्धति अङ्गीकार गरिसकेको अवस्थामा नेताले भनेझैं देश र जनताका लागि कति उपलव्धीमूलक रह्यो ?

राजनीति के हो ? भन्ने वारेमा प्रसस्त मात्रामा व्याख्या, चर्चा, परिचर्चा भइसकेकाले राजनीति शास्त्रका पिता मानिने मैकायवेली र अरस्तु, प्लेटो आदि विद्धानको परिभाषालाई जति व्याख्या गरेपनि वास्तवमा राजनीति भनेको नीतिको पनि नीति वा मूल नीति हो भन्ने बारेमा सबैको मतक्यै रहेको छ । राजनीतिलाई विज्ञानहरुको विज्ञान पनि भन्ने गरिन्छ । विज्ञानले कल्पनालाई नभई सत्य वा तथ्य कुरालाई मात्र आधार मान्ने हुनाले राजनीतिका नेतृत्व वर्गले भन्ने गरको देश र जनताको लागि राजनीति पनि वस्तुपरक, तथ्यपरक र यर्थाथ परिणाममुखी हुनुपर्दछ अनि मात्र नेताहरुले भन्ने गरको देश र जनताको लागि राजनीति भन्ने जस्ता भनाई प्रमाणित हुन्छ । मानिस एक सामाजिक प्राणी भएकोले समूहमा रहने गर्दछ । जव मानिसहरु समूहमा रहन्छन् र समूहमा रहेका मानिसहरुको सोच, विचार, भावना र दृष्टिकोण फरक फरक हुने गर्छ तव त्यहाँ वाद विवाद र अन्तमा संवाद भई निस्र्कष निस्कन्छ । यो मािनसको स्वाभाविक प्रक्रिया हो । तर जव त्यो वाद विवादबाट संवाद नभई निस्कर्षविहिन हुन पुग्छ तव त्यहाँ एक प्रकारले भन्ने हो भने चलनचल्तीको शब्द राजनीति भएको हुन्छ ।

राजनीति विज्ञान एउटा सामाजिक विज्ञान पनि हो जो राज्य, सरकार र अन्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय घटनाहरुको अध्ययनसँग सम्बन्धित छ । राजनीतिले देशलाई सहि दिशानिर्देश गरेन भने त्यसले समग्र विकास गर्न सक्दैन । एउटै घरमा एउटै परिवार, एउटै शहर वा एउटै गाउँमा रहने मानिसहरुको सोच, विचारहरु फरक फरक हुने भएकोले आपसमा सर्घषको स्थिति सिर्जना हुनसक्दछ । त्यसकारण त्यस्ता संघर्षहरुको समाधान गर्नको लागि राजनीतिको आवश्यकता पर्दछ । किनकी राजनीतिले समूहमा रहने सम्पूर्ण मानिसको हित वा पक्षमा निर्णय गर्दछ । निस्वार्थी व्यक्तिको लागि राजनीति समाजसेवा हो । देशभक्त नेताको लागि राजनीति राष्ट्र सेवा हो तर लोभि र लालची मान्छेको लागि कमााई खाने भाँडो वा भ्रष्टाचार गर्ने थलो हो । वास्तविक अर्थमा भन्नुपर्दा राजनीति सामाजिक समस्याहरुलाई हल गर्ने कला हो । यस्ता समस्या जसलाई केवल सामूहिक प्रयासहरुको माध्यमद्धारा मात्र हल गर्न सकिन्छ । यस प्रकार राजनीतिलाई जून रुपले हेरे पनि राजनीति समाजको अभिन्न अङ्ग हो । राजनीति मानिसहरु विचको भेदभाव, सर्घष र अराजकतालाई समाप्त पार्ने कला हो । राजनीतिलाई समग्रमा भन्नु पर्दा राजनीति समाजको अभिन्न अङ्ग हो । विना राजनीति कुनै पनि देश, मानिस र समाज रहन सक्दैन ।

कुनै पनि राजनैतिक प्रणाली तव मात्र स्थापित र सर्वमान्य हुन्छ जव त्यो प्रणालीलाई जनताले आत्मसात गर्न सक्छन र यसको लागि नेतृत्व वर्गमा इमान्दारिता, पारदर्शिता, नैतिकता, प्रजातान्त्रिक आचरण, विचार आदि भावना रहेको हुन्छ । भावनामा बहेर राजनीति हुँदैन, राजनीति भावनामा टिक्दैन

राजनीतिमा वादविवाद, प्रतिवाद, संवाद हुँदैं सहमतिवाद हुन्छ । राजनीति समाजका विचार र क्रियाहरुको एकतत्व हो । यसमा सामूहिकता र संगठन प्राथमिक हुन्छन तर यिनलाई गतिमान दिशा दिन खास चरित्रको पात्रको आवश्यकता पर्दछ । जसले इतिहास र समकालिनता दुवैको गुरुत्व र दायित्व धान्न सकुन । समाजलाई अलमलिने वा पछाडि फर्किने जोखिमबाट फड्काएर अघि लैजान सकुन । नेपालको राजनैतिक इतिहासमा खास खास परिवर्तन २००७, २०१७, २०४६, २०६२/६३ र २०७४ मा नेतृत्ववर्गले सहि दिशा निर्देशन गर्न नसक्दा प्रत्येक पटकको परिवर्तन केवल राजनीति परिवर्तनमा मात्र सिमित हुन पुग्यो । जनअपेक्षा अनुरुप विकास समृद्धि र समाजको रुपान्तरण हुन सकेन जसले गर्दा यहाँको राजनैतिक दर्शन र अवस्था आउटडेटिङ मात्र होइन मुलुकको मौलिकताको अपनत्व पनि हराउँदैं गएको छ । राजनीति अधिकार प्रयोग गरेर पनि यदि विकासको अधिकार प्रयोग गरिएन भने त्यो राजनीतिपछि आपैंm धरापमा पर्छ । नेपालको राजनीति पनि त्यस्तै धरापको अवस्थामा पुग्न गइरहेको देखिन्छ । सवै क्षेत्रमा राजनीतिकरण भएको वर्तमान अवस्थामा यसलाई परिणाममुखी बनाउन सकिएमा सकारात्मक हुन्छ भने यसलाई परिणाममुखी बनाउन सकिएन र त्यस्तै प्रकार रहँदैं गयो भने विध्वंस नल्याउला भन्ने के ग्यारेन्टि गर्न सकिन्छ र ? यसर्थः राजनीति भनेको यस्तो सर्घष हो, जुन संर्घषमा बल वा पहँुच भएन भने ती सिमित वर्ग मात्र पर्दछन । यसर्थ ती वर्गले पनि आफ्नो आस्तित्वको लागि राजनीति गर्नु पर्ने वाध्यता आइपर्छ ।

सवै नीतिहरुमा उत्कृष्ट नीति राजनीतिलाई लिइन्छ । प्राचीन समयमा नगर राज्यहरुको सम्पूर्ण गतिविधि अध्ययन गर्ने प्रयत्नलाई युनानीहरु राजनीति भन्ने गर्दथे । तत्अनुरुप जनताको भावनालाई प्रतिनिधित्व गर्ने काम राजनीतिक नेतृत्व वर्गले गर्दथे । उनीहरुको एकमात्र उद्देश्य भनेको आफ्नो नगरराज्यका जनताहरुको सुख सुविधामा केन्द्रित हुने गर्दथ्यो । तर वर्तमान अवस्था सम्म आइपुग्दा खासगरी नेपाल जस्तो देशमा राजनीति शब्द दुषित भई जनमानसमा स्थापित हुनपुग्यो । राजनीतिलाई फोहरी खेल ठानेर मानिसहरु राजनीतिप्रति नकारात्मक विचार राख्न थाले । राजनीति भनेको पावर, पैसा र मतलव हो भन्ने भावनाको विकास हुँदैं गयो । राजनीति गर्नेहरुको एकमात्र उद्देश्य पैसा कमाउनु हो भन्ने भएकोले उनीहरुको आर्थिक हैसियत एकाएक बढ्दै गयो । राजनैतिक आवरणमा असहिष्णुता र अराजनीतिक हर्कत राजनीतिक पार्टी र तिनका नेतृत्व वर्गले गर्न थाले । राजनीतिक दुरासय र अपराध मानसिकता, राज्य, सत्ता र राष्ट्रिय राजनीतिमा हावी हुदैं गयो ।

नेपालमा भएका जतिपनि राजनीतिक परिवर्तन छ । ती परिवर्तनको जनताले राजनैतिक अनुभव मात्र गर्न पाए । उनीहरुको जीवनमा खासै उल्लख्य परिवर्तन हुन पाएन । यो तथ्य त जग जाहेर नै छ । कुनै पनि राजनैतिक प्रणाली तव मात्र स्थापित र सर्वमान्य हुन्छ जव त्यो प्रणालीलाई जनताले आत्मसात गर्न सक्छन र यसको लागि नेतृत्व वर्गमा इमान्दारिता, पारदर्शिता, नैतिकता, प्रजातान्त्रिक आचरण, विचार आदि भावना रहेको हुन्छ । भावनामा बहेर राजनीति हुँदंैन, राजनीति भावनामा टिक्दैन, वस्तुपरक, तथ्यपरक र यर्थाथपरक राजनीति मात्र गतिलो हुन्छ । राजनीति अगतिलो भयो भने जुनसुकै सम्पन्न देश पनि अगतिलो हुन्छ । देशलाई रुपान्तरण गर्न इमान्दारिता, क्षमता र कमन सेन्स भएको नेतृत्व हुनुपर्छ । यदि नेतृत्व वर्गमा कुनै पनि प्रकारको स्वार्थ छैन भने देशमा जुनसुकै विकास र समृद्धिको कार्र्य सम्भव छ । नेपालमा विगत लामो समयदेखि शासकीय नेतृत्वमा उही अनुहारहरु दोहोरिने क्रम बढ्दै गएकोले अवको दिनमा पात्र परिवर्तनको ठूलो आवश्यकता छ । १९९० को परिवर्तनदेखि हालसम्म नेतृत्व वर्गमा पनि तिनै पात्रहरुको वाहुल्यता छ । जसले गर्दा ती व्यक्तिहरुबाट नेतृत्व सीप (राज्यको मार्ग निर्देशन) संभव देखिदैंन । ती पात्रहरु मुलुक र जनताको हितभन्दा पनि आफ्नो गुट, उपगुट, आफ्नो परिवार मात्र हेर्ने प्रवृत्ति मुख्य कारकको रुपमा रहेको छ । राजनैतिक नेतृत्वमा सिन्डिकेट कायम गरिएकोले नयाँ अनुहारलाई स्थापित हुन सम्भव छैन ।

राजनैतिक नेतृत्ववर्ग, सरकारी पदमा रहेका प्रमुख व्यक्ति मन्त्रि, प्रधानमन्त्री आदिले बोल्ने वा प्रयोग गर्ने भाषा, शब्द, शैली यतिसम्म तल्लो वा स्तरहिन देखिन्छ कि बोल्ने व्यक्तिलाई समेत मैले के बोलको छु त्यसको अर्थ के हो ? यसले जनतामा मप्रति कस्तो दृष्टिकोण बन्ला भन्ने पटक्कै ध्यान पुगेको देखिदैंन ।

दलभित्रको सुशासनको अभाव पनि नेपाली राजनीतिमा देखिएको विकृति मानिन्छ । दलभित्र जति बढी सुशासन वा प्रजातान्त्रिक अभ्यास भयो त्यो दल त्यति बढी जीवित र सक्रिय हुने हुन्छ । तर नेपालको राजनैतिक दलका नेतृत्व लामो समयसम्म एकै व्यक्ति वा केही सिमितमा रहने गरेको पाइन्छ । राजनीतिमा कुनै पनि नेतृत्व निर्विवाद हुन सक्दैन । निर्विवादको नाममा एकाधिकारवाद मात्र हुन सक्छ । कुनैपनि राजनैतिक पदमा प्रतिस्पर्धा हुनुपर्दछ र यस्तो प्रतिस्पर्धा नीति, सिद्धान्त र विचारबाट विश्रृखंलित हुन हुदैंन । जब विचारबाट विश्रृखंलित हुन पुग्छ तव व्यक्तिगत गाली गलौजजस्ता तुष्टिको जन्म हुन्छ । तत्कालका लागि यस्ता तुष्टिले व्यक्तिमा रहेको कुण्ठाले आत्म सन्तृटि प्रदान गरेपनि कालान्तरमा त्यहि आत्मसन्तुष्टि नै व्यक्तिको परिचय र उसको गिर्दो प्रवृति समाजमा सामाजिक पहिचान बन्न पुग्छ । उदाहरणको लागि उखाने गफाडी पागल आदि आदि ।

कुनै पनि दलमा नेतृत्वको अहंकारले र निजको पदको दुरुपयोगले त्यो दलभित्र मात्र होइन त्यसले समग्र परिस्थितिमा देश, जनता र लोकतन्त्रमा समेत असर गर्दछ । नेपालमा राजनैतिक दल र तिनका नेतृत्व वर्ग विचार, सिद्धान्त र काम गराइएको प्रवृति जव फरक हुदैं जान्छ तव ती जनताको नजरमा पदच्युत हुन पुग्छन । नेताको बोलिको अर्थ हुनु पर्छ र त्यो परिणाममुखी हुनुपर्दछ । अन्यथा त्यो बोली केवल बोली मात्र हुन पुग्छ । नेपाली राजनैतिक नेतृत्वको मूल समस्या भनेको नेतृत्व कर्ताको बोलीको ठेगान जहुनु नै हो । अझ त्यसमा पनि कुनै पार्टीको प्रमुख नेताले बोलको भन्दा सरकार प्रमुखले बोलेको कुरा बढी आधिकारिक हुने र त्यसले विशेष अर्थ राख्ने हुन्छ । नेपालमा राजनैतिक नेतृत्ववर्ग, सरकारी पदमा रहेका प्रमुख व्यक्ति मन्त्रि, प्रधानमन्त्री आदिले बोल्ने वा प्रयोग गर्ने भाषा, शब्द, शैली यतिसम्म तल्लो वा स्तरहिन देखिन्छ कि बोल्ने व्यक्तिलाई समेत मैले के बोलको छु त्यसको अर्थ के हो ? यसले जनतामा मप्रति कस्तो दृष्टिकोण बन्ला भन्ने पटक्कै ध्यान पुगेको देखिदैंन । भनिन्छ, शब्दहरु अत्यन्त शक्तिशाली हुन्छन तर त्यो शब्द त्यतिबेला मात्र शक्तिशाली हुन्छ जब त्यसलाई कर्मको डोरीले बाँधिन्छ । अन्यथा ती शब्द वा बोलीको खासै महत्व नहुने भएकोले यसले उक्त मानिसको हैसियत झल्काउँछ । नेपाली राजनैतिक नेतृत्वको हैसियत पनि त्यस्तै स्तरहीन हुँदैं गएको गएको छ ।

सत्ताको लागि नैतिक मूल्य, मान्यता र परम्परा सबै छाडेर लम्पसार पर्न सक्ने नेपालका नेताहरुको यस्तो भाँडभैलो र आपूmलाई नियन्त्रण गर्न विफल हुनाले देशमा विदेशी हस्तक्षेप स्वभाविक हुन जान्छ । सत्ताको लागि जस्तोसुकै सम्झौता पनि गर्ने यस देशका नेतृत्ववर्ग नै वास्तवमा भन्ने हो भने देशका कलंक हुन । ८ पासे, १० पासे र १२ पासेहरु नै देशका विज्ञका रुपमा सर्वश्रेष्ठ नेता भएका छन । जुनसुकै विषयमा धारा प्रवाह प्रवचन दिन सक्ने नेताहरुको क्षमता २००७ सालपछि अझ मानौं २०४६ साल पछि देशको लागि कति उपयोगी भयो । हामी नेपालीहरुले राम्रोसँग अनुभव गरिरहेका छौं ।

प्रजातान्त्रिक आचरण, व्यवहार वर्तमान २१ आंै शताब्दीमा घर परिवारदेखि समाज सरकार र पार्टी आदि सबैमा लागु हुनुपर्दछ । अरुको कुरा सुन्ने, समस्यालाई बुझ्ने, समानता कायम राख्ने सौहाद्रता देखाउने, प्रेम दर्शाउने मात्र नेतृत्वमा सफल हुन सक्छ । अन्यथा यो नेतृत्व चाहे घर, परिवार वा समाजमा होस वा राजनीतिक पार्टी सरकार दीगो रुपमा जान सक्दैन । यो भित्र रहेको कुण्ठा कुनैपनि बेला विस्फोट हुन सक्छ । प्रजातान्त्रिक आचरण वा प्रजातान्त्रिक व्यवस्था संविधानको धाराले मात्र निर्देशित हुँदैंन । सँगसगैं यो नैतिकता अभ्यास र परम्पराले पनि निर्देशित हुन्छ । राजनीति घर देखि संयुक्त राष्ट्रसंघको सभामा सम्म हुनेगर्दछ । यस प्रकार सबै क्षेत्रमा राजनीतिकरण हुने भएकोले र नीतिमा सर्वश्रेष्ठ राजनीति भएकोले यो राजनीतिलाई परिणाममुखी, जनमुखी बनाउन जनता वा समाज पनि सचेत र परिवर्तकारी हुनुपर्दछ ।

देशलाई बदल्न समाज बदल्न राजनीतिमात्र बदलिई पुग्दैन समाज वा नागरिकहरु पनि बदलिनु पर्दछ । देशका जनता जस्ता हुन्छन उनीहरुले नेता पनि त्यस्तै पाउँछन । तसर्थ नेतालाई गालि गरेर मात्र हुँदैंन । जनताले गतिलो नेता पाउनको लागि आफू पनि गतिलो हुनु पर्दछ । संसदीय व्यवस्थामा अङ्गिकार गरिएको नेपालको शासन व्यवस्थामा गतिलो भन्दा गतिलो नेतृत्ववर्ग छनौट गर्न सकियो भने मात्र संसदीय व्यवस्थाको मर्म परम्परा, अभ्यास, नैतिकता संविधानवाद, जवाफदेहिता र जनताको भावना समेट्न सकिन्छ । अन्यथा २००७ साल यताका ७१ वर्षमा झै यी नेतृत्ववर्गले जनता र देशको लागि भन्दै राजनीतिलाई मागी खाने भाँडो बनाइरहने छन् र हामी यस्तै नेतृत्व छनौट गरी रहनेछौं ।