मदन पुरस्कारका लागि छानिए उत्कृष्ट ८ किताब

फोटो : मदन पुरस्कार गुठी

साउन २३, ललितपुर ।

मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक भएका छन् । मदन पुरस्कार गुठीको निर्णायक समितिले आज सोमबार उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो ।

डा‌‍. नवराज लम्सालको अग्नि, डा‌‍. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा‌‍. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश, सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका छन् ।

गुठीमा प्राप्त भएका २१० किताबबाट यो सूची बनाइएको हो। यी मध्ये एकलाई २०७८ को मदन पुरस्कार दिइनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here