४४ औं पुष्पलाल रनिङ सिल्डको उपाधि भ्याली पब्लिक स्कुललाई

    ४४ औं ललितपुर जिल्लाव्यापी पुष्पलाल स्मृति रनिङ सिल्ड हाजिरीजवाफ प्रतियोगिता २०७९ को उपाधि भ्याली पब्लिक स्कुलले जितेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ललितपुरले आयोजना गरेको उक्त प्रतियोगिताको रनिङ सिल्ड भ्याली पब्लिकले जित्न सफल भएको हो ।

    उक्त प्रतियोगितामा ब्राइट फ्यूचर स्कुल दोश्रो, एम¥याल्ड स्कुल तेश्रो भएका छन् । यसैगरी कञ्चन मावि चौथो र सन्तानेश्वर विद्या मन्दिर पाँचौ भएका छन् । विजयी टिममध्ये प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ हुनेलाई क्रमशः नगद रु. २० हजार, १५ हजार, १० हजार, ७ हजार र ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

    विजयी प्रतियोगीहरुलाई नेकपा एमालेका उपाध्याय एवम बागमती प्रदेशको पुर्ब मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य हरिकृष्ण व्यञ्जनकार, बाग्मती प्रदेश सचिवालय सदस्य मधुसुदन पौडेलसहित एमालेका प्रदेश र जिल्ला तहका नेताहरु, अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष झपिन्द्र कुमार खत्रीलगायत अनेरास्ववियुका केन्द्रिय र जिल्लास्तरिय नेताहरुको उपस्थिति रहेको थियो ।

    श्रावण ३० गते नेकपा एमालेकी पोलिटब्यूरो सदस्य सुशिला नेपालद्धारा उद्घाटित उक्त प्रतियोगिता ३ दिन संचालन भएको थियो । कार्यक्रममा ललितपुरका २५ वटा विद्यालय सहभागी भएको अनेरास्ववियु ललितपुरका अध्यक्ष दिनेश दाहालले जानकारी दिनुभयो ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here