ललितपुर ३ का एमाले उम्मेदवारको मुख्य प्राथमिकता, “हस्तकला र रोजगारी”

कार्तिक ४, ललितपुर ।

ललितपुर क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवारहरुको प्राथमिकता हस्तकला क्षेत्रको विकास र रोजगारी रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, ललितपुरले आज आयोजना गरेको उम्मेदवारसँग साक्षात्कार कार्यक्रममा आफ्ना भनाई राख्दै प्रतिनिधिसभाका उम्मेदवार अमृत खड्का तथा प्रदेश सभाका उम्मेदवारहरु ललितपुर ३ (क) का रघुनाथ महर्जन र ललितपुर ३ (ख) का प्रेमभक्त महर्जनले उक्त कुरा बताउनुभएको हो ।

उम्मेदवारहरुले ललितकलाको अध्ययनदेखी विश्वबजारमा नेपाली उत्पादनको निर्यातबाट देशको आयस्रोत बढाउन सकिनेमा जोड दिनुभएको हो ।

कार्यक्रममा आफ्ना भनाई राख्दै ललितपुर क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अमृत खड्काले ललितपुर हस्तकला नगरी रहेकाले सो क्षेत्रको उत्थान र विकासमा थुप्रै काम गर्ने बताउनुभएको छ । उहाँले हस्तकलाको व्यापार सदियाँै वर्ष अघिदेखि ललितपुरबाट भइरहेकाले सोको प्रवद्धन गर्दा समृद्ध नेपाल, सुखी नेपालको परिकल्पना साकार हुन मद्धत पुग्ने विषयमा जोड दिनुभयो ।

ललितपुरमा थुप्रै धातुकला, काष्ठकला, मूर्तिकला तथा प्रस्तरकलाका सामाग्रि निर्माण हुने भएकाले सोलाई ब्रान्डिङ गरी विश्व बजारमा पु¥याइने उद्देश्य रहेको खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चीन र भारतसँग पुरानो व्यापार सम्बन्ध बढाउन लागि पर्ने छु ।” चीनसँग सो सामग्री व्यापारका लागि नीति नियम बाध्यक रहेकाले सोलाई फुकाउने काम आफू निर्वाचित भएपछि गर्ने भएको खड्काको भनाइ रहेको छ ।

यसैगरी क्षेत्र नं ३ (१) बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार रघुनाथ महर्जनले आफ्नो निर्वाचन क्षेत्रलाई ललितकलाको उध्ययन गर्ने क्षेत्रको रुपमा विकास गर्ने योजना आफूमा रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो देशमा रहेको अदितिय सम्पदा देखेर कयौँ देशका मानिस आकर्षित भइरहेका छन् । उनीहरुले यहाँको वस्तुस्थिती बुझ्न कयौँ रकम खर्च समेत गरिरहेको देखिदा यसतर्फ केही गर्न जरुरी छ ।” सो को अलवा ललितपुरको बुङ्मती, खोकना, ठेचो, गोदावरी, हरिसिद्ध, सुनाकोठी जस्ता पर्यटकीय क्षेत्रमा पर्यटकको आकर्षण झन बढाउन विभिन्न योजना बनाउन जरुरी रहेको महर्जनले सुनाउनुभयो ।

क्षेत्र नं. ३ (२) बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रेमभक्त महर्जनले नेताले देश विकास गर्ने सवालमा सामाजिक, आर्थिक, राजनीतिक जस्ता सबै क्षेत्रमा ध्यान दिएर कामका केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी विजय भएपश्चात् हाल नख्खु देखि भैँसेपार्टीसम्मको सडक बनाउने मेरो पहिलो प्राथमिकता रहने छ । हाल नख्खु सडक धुलाम्मे अवस्थामा रहँदा यसलाई विजयको निश्चितता पश्चात् चिल्लो बनाउनेछौँ ।”

ललितपुर क्षेत्र नं ३ निर्वाचन परिचालन कमिटीका संयोजक दिनेश कार्कीले एमालेमा लामो समय काम गरेर अनुभव सङ्गालेका व्यक्तिलाई आफूहरुले सो पटक उम्मेदवारमा खडा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस निर्वाचनमा उम्मेदवारले विजय हासिल गरेपश्चात् हामीले ललितपुरलाई थप विकास र व्यवस्थित बनाउनेभएका छाँै । सो सँगै आफ्ना पार्टीका नेताले खोकना तथा थेचोमा उत्पादन हुने तेलजस्ता विविध आन्तरिक उत्पादनलाई ब्रान्डिङ बनाउने योजना बनाइरहेको कार्कीले सुनाउनुभयो ।

सोका अलवा आफूहरुले मुहाली नामक मौलिक बाजा र महानगरभित्र सबैभन्दा बढी बोलिने भाषा संरक्षण, सबै जातजातिका गुठीलाई आत्मनिर्भर बनाउन थप जोड, २०७२ सालको भुकम्पले क्षतीग्रस्त संरचनालाई निरन्तरताको लागि थप पहल, धार्मिक पर्यटकको पदयात्रालाई निरन्तरता, युवालाई खेलको वैज्ञानिक माध्यमबाट विकास गर्दै लगिने कार्यक्रम तय गरेको खड्काले दाबी गर्नुभयो ।

प्रेस चौतारी नेपाल ललितपुरका अध्यक्ष बालमुकुन्द आचार्यले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा प्रेस चौतारी नेपालका ललितपुर इञ्चार्ज ईश्वरराज ढकालले निर्वाचनमा नेकपा एमालेले उठाएका उम्मेदवारहरु देश हाक्न पूर्ण सक्षम रहेको भनाइ राख्नुभयो ।

कार्यक्रममा नेकपा एमालेकी पोलिटब्यूरो सदस्य सुशिला नेपाल, एमाले केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकारको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here