
आशन्न वागमती प्रदेश सभा सदस्यको निर्वाचनमा ललितपुर क्षेत्र नं १ (क) मा नेकपा एमालेले अगाडि सारेको व्यक्तित्व मधुसुदन पौडेल ललितपुरको कम्युनिष्ट राजनीतिको अग्रणी नेताको रुपमा रहेका छन् । जिल्लामा हाल रहेका नेतृत्वकर्ताहरुमा सबैभन्दा अनुभवी, वौद्धिक तथा जनतामा भिजेका व्यक्तित्व भएका कारण पनि पौडलको उम्मेदवारी विशेष चर्चामा रहेको छ ।
१५ बर्षको किशोर अवस्थामा निरकुंश पञ्चायती व्यवस्थाको विरुद्धमा लोकतन्त्रको वकालत गर्दै आफुलाई सामाजिक र राजनीतिक आयाममा अगाडि बढाएका व्यक्तित्व हुन्, मधुसुदन पौडेल ।
आफ्नो जीवनको सम्पूर्ण उर्जाशील समय लोकतन्त्रको प्राप्ति र रक्षाका लागि सक्रिय हुँदै नेपाली समाजको परिवर्तनका लागि समर्पित बन्दै राजनीतिका विभिन्न जंगारहरु छिचोल्दै, आजपर्यन्त राजनैतिक संघर्षको पर्याय बनेका व्यक्तित्वको नाम हो मधुसुदन पौडेल ।
२०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुर जिल्ला कमिटी सदस्य हुँदै २०५९ पश्चात् नेकपा एमाले ललितपुरको नेतृत्व सम्हाल्न पुगेका पौडेलले २०६३, २०६६ र २०६९ गरी लगातार ३ पटक नेकपा एमाले ललितपुरको अध्यक्षको भूमिका निर्वाह गर्नुभएको छ ।
आफ्नो राजनीतिक जीवनको शुरुवात नेपालको अग्रणी विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मार्फत गरेका पौडेल २०३९ सालमा नमूना मछिन्द्र कलेजको स्वतन्त्र विद्यार्थी युनियनको सहसचिव हुँदै नेपाल कमर्स क्याम्पसमा २०४३ सालमा स्ववियु सदस्य र २०४९ सालमा सभापति निर्वाचित भएका हुन् ।
अनेरास्ववियुको ललितपुर जिल्ला अध्यक्ष हुँदै २०५३ सालमा केन्द्रीय प्रचार विभाग प्रमुख र २०५५ सालमा विदेश विभाग प्रमुख बन्नुभएका पौडेलले २०४३ सालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको सम्पर्कबाट पार्टी राजनीति शुरु गर्नुभएको हो । २०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुर जिल्ला कमिटी सदस्य हुँदै २०५९ पश्चात् नेकपा एमाले ललितपुरको नेतृत्व सम्हाल्न पुगेका पौडेलले २०६३, २०६६ र २०६९ गरी लगातार ३ पटक नेकपा एमाले ललितपुरको अध्यक्षको भूमिका निर्वाह गर्नुभएको छ । हाल नेकपा एमालेको बागमती प्रदेशको संगठन विभाग सचिवको भूमिकामा रहेका पौडेलले आफुलाई हरेक समयमा सुशासनको कडीमा अग्रस्थानमा देखिन्छन् ।
स्थानीय निकाय जनप्रतिनिधिविहिन रहेको समयमा तत्कालिन जिल्ला विकास समितिमा सर्वदलिय संयन्त्रमार्फत भौतिक विकासदेखी नीतिगत सुधारसम्म पौडेलले गरेका पहलकदमी प्रशंसनीय छ ।
राजनीतिलाई नेपाली जनताको विशुद्ध सेवा गर्ने असल कर्मको रुपमा शिरोधार्य गरेका पौडलले २०४९ सालमा कर्मचारी संचयकोषको जागिरलाई तिलाञ्जली दिएर आफुलाई राजनीतिमा कटिबद्ध बनाएका हुन् । २०५३ सालमा सूर्योदय शैक्षिक विकास प्रतिष्ठान (मावि) को संस्थापक प्रिन्सिपल रहीसकेका पौडेलले २०५९ सालबाट उक्त पेशालाई स्थगित गरेर आफ्नो सम्पूर्ण समय लोकतान्त्रिक आन्दोलमा होमेका थिए । सादगी जीवन र निस्कलंक व्यक्तित्वको पहिचान बनाउनुभएका पौडेलले हरेक राजनीतिक आन्दोलनमा प्रमुख नेतृत्वकर्ताको भूमिका निर्वाह गर्ने क्रममा २०६२/०६३ सालमा सफल भएको दोश्रो जनआन्दोलनमा ललितपुर जिल्लामा रहको सबै दलको संयोजन गर्दै आन्दोलन सफल गराउन अग्रणी भूमिका खेलेका छन् । यसैगरी २०६४ र २०७० सालको संविधानसभा सदस्यको निर्वाचनमा ललितपुर क्षेत्र नं १ मा नेकपा एमालेले पौडेललाई उम्मेदवारको रुपमा अगाडि सारेको थियो ।
राजनीति र सामाजिक क्षेत्रका विकृति, विसंगति, भ्रस्टाचार र कुशासनको विरुद्ध सधै प्रखर रुपमा आवाज बुलन्द पार्ने पौडल माओवादी द्धन्द्धको कठीन समयमा ललितपुर जिल्ला सबै नगर र गाउँहरुमा पुगेर पार्टी संगठन गर्दै जनतामा आशामा दियो भर्न सक्रिय रहे ।
स्थानीय निकाय जनप्रतिनिधिविहिन रहेको समयमा तत्कालिन जिल्ला विकास समितिमा सर्वदलिय संयन्त्रमार्फत भौतिक विकासदेखी नीतिगत सुधारसम्म पौडेलले गरेका पहलकदमी प्रशंसनीय छ । २०७८ सालमा गठित भूमि सम्बन्धी समस्या समाधान आयोगको ललितपुर अध्यक्षको रुपमा करिब ६ महिना कार्य गर्दा ललितपुरमा भूमि सम्बन्धी समस्या समाधानका लागि गरेका पहलले पूर्णता प्राप्त हुने क्रममा गठबन्धन सरकारले आयोग विघटन गरिएका कारण सो समस्या समाधान हुने क्रममा त्यसै विथोलियो । आज पदमा नरहदा पनि सो समस्या समाधानका लागि पौडेल गम्भीर रहेका छन् ।
व्यवस्थापन र समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका पौडलले पदमा रहदा वा नरहदा जनताको हरेक दुःख सुखको साथी बनेर जनताको घरदैलोमा पुगेर सहभागी हुने राजनीतिकर्मीको रुपमा आफुलाई परिचित गराउन चाहन्छन् ।
राष्ट्रियता, लोकतन्त्र र जनजीविका हरेक सवालहरुमा आफुलाई एक चिन्तक मात्र नभई सधैं जनताको पथमा आफुलाई उभ्याउने पौडेल जननेता मदन भण्डारी र प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई आफ्नो आदर्श पुरुषको रुपमा मान्दछन् ।
Your writing is perfect and complete. baccarat online However, I think it will be more wonderful if your post includes additional topics that I am thinking of. I have a lot of posts on my site similar to your topic. Would you like to visit once?
Sie macie noszę genialne imię Jakub. Adwokat Rzeszów dostaniesz u mnie bez BIK i KRD. Obecnie moim miejscem egzystencji jest atrakcyjne miasto Zduńska Wola. Adwokat Rzeszów w Polsce- kompanie chwilówkowe liczą swoje koszty.
how to earn passive income as a senior medical professional
best transcription jobs to work from home in the usa side hustles for doctors to earn money online
Yoga affiliate programs