६ हजारले अवलोकन गरे “द इसेन्स अफ कलर” चित्रकला प्रदर्शनी

    कार्तिक १९, ललितपुर ।

    ललितपुरको पाटन संग्रहालयमा प्रदर्शित “द इसेन्स अफ कलर” ४ दिने चित्रकला प्रदर्शनीलाई करिब ६ हजार अवलोकन गरेका छन् । योङ पिकासोको प्रस्तुती तथा सहयात्राको आयोजनामा आयोजित उक्त प्रदर्शनीमा करिब १ हजार ५ सय विदेशी तथा ४ हजार ५ सय स्वदेशी अवलोकनकर्ता अवलोकन गरेका हुन् ।

    गत कार्तिक १६ गतेदेखी शुरु भएको उक्त प्रदर्शनीमा काठमाडौं उपत्यकाभित्रका ६ वटा विद्यालयका ३० विद्यार्थीहरुको चित्र प्रदर्शनी गरिएको हो । कक्षा ५ देखी कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी भएको प्रदर्शनीमा सबै विद्यार्थीहरुले प्रथम पटक पाटन संग्रहालयमा प्रदर्शनीमा राखेको र प्रदर्शनीबाट अत्यन्त उत्साहित भएका थिए ।

    प्रदर्शनमा रहेका ३० चित्रहरुमध्ये ८ वटा चित्र विक्रीसमेत भएका छन् । विक्री भएका चित्रहरुमध्ये ४ वटा चित्रहरु विदेशी अवलोकनर्ताहरुको किनेका हुन् ।

    प्रदर्शनीमा काठमाडौंको व्हाइटहाउस स्कुल तथा कौटिल्य स्कुल, भक्तपुरको सिद्धार्थ विद्यापीठ र ललितपुरको ब्लु वर्ड स्कुल, क्षितिज स्कुल तथा एभिएस स्कुलका विद्यार्थीहरु सहभागी भएका थिए ।

    कार्यक्रमको समापन समारोहमा विक्री भएको चित्रको रकम विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको थियो । निजी विद्यालयहरुको छाता संगठन प्याब्सनकी उपाध्यक्ष दीपिका थापा रिमाल तथा उद्योग वाणिज्य संघ गोदावरीका अध्यक्ष जगन्नाथ महर्जनको आतिथ्यतामा विद्यार्थीहरुलाई रकम हस्तान्तरण गरिएको हो ।

    योङ पिकासोका निर्देशक अजय देशारका अनुसार चित्र विक्री भएको रकममध्ये ७५ प्रतिशत कलाकार प्रदान गरिएको र २५ प्रतिशत गाउँ गाउँका कलाको विकासको लागि खडा गरिएको कोष राखिएको जानकारी दिनुभयो ।

    गत १६ गते उद्घाटन भएको प्रदर्शनीको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र वरिष्ठ चित्रकार किरण मानन्धरले गर्नुभएको थियो । दुवैजनाले चित्र कोरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

    कार्यक्रमलाई श्रृंखलावद्ध रुपमा अगाडी लैजाने आयोजकले जनाएको छ ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here