उम्मेदवार सिलवालको मार्गचित्र “ललितपुरमा विमानस्थलदेखी सुरुङमार्गसम्म”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ललितपुर क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार नवराज सिलवाले ललितपुरमा क्षेत्रिय विमानस्थलदेखी सुरुङमार्गसम्म आगामी ५ बर्षको आफ्नो मार्गचित्र रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल ललितपुरले आयोजना गरेको उम्मेदवारसँग साक्षात्कार कार्यक्रममा सिलवालले भट्टेडाँडामा विमानस्थल बनाउनेदेखी गोदावरीबाट काभ्रेको मानेचौर जोड्ने सुरुङमार्गको योजना रहेको बताउनुभएको छ ।

लिच्छवीकालीन शहर चापागाँउलाई पुरातात्विक ढंगबाट विकाश गर्ने, लेले चन्दनपुरलाई धरान चतरासम्म जोड्ने, लेले बगुवा चन्दनपुर सडकलाई रिङरोड निर्माण गर्ने, दलचोकीलाई नगरकोटजस्तै पर्यटकीय स्थलहरु निर्माण गर्ने, माल्टामा सिमेन्ट कारखाना स्थापना, वागमती, गोदावरी, कर्मनासा कोरिडोर निमार्णजस्ता विषयहरुलाई अगाडि बढाउन योजना बनाएको सिलवालले बताउनुभएको छ ।

उम्मेदवार सिलवालले चापागाँउ लेले चन्दनपुर सडकलाई ठूलादुर्लुङ फापरवारी धरान चतरासम्म विस्तार गरेर राष्ट्रिय राजमार्गको रुपमा विकाश गर्ने योजना बनाएको बताउनुभयो । उनले यसका लागि राष्ट्रिय योजना आयोगमा छलफलसमेत गरेको जानकारी दिनुभयो ।

चापागाँउलाई लिच्छवीकालीन शहर रहेको सन्दर्भमा यसलाई यही ढंगबाट विकाश गर्ने उनको अर्को योजना छ । यहा अनुसार यसका लागि केपी ओलि सरकारको बेला डिपिआर निर्माणा गरिएको छ । डिपिआर अनुसार यसरी पुरानो शहरको रुपमा विकाश गर्न ५५ करोड बजेट आवश्यक रहेको सिलवालको भनाई छ । चापागाउँमा रहेका बहाल, फाल्चा, मठमन्दिरहरु पुर्ननिर्माण, पोखरी, ढुंगेधाराहरु लिच्छवीकालीन स्वरुपमा पुर्ननिर्माण गर्ने योजना छ । बज्रवाराही जंगललाई लण्डनको हाइट पार्कजस्तै बनाउने सिलवालको योजना सुनाउनुभयो ।

विज्ञहरुले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल साँधुरो हुँदै गएको सन्दर्भमा एक घण्टाको दुरीमा अन्तरिक विमानस्थल निर्माण गर्नुपर्ने सुझावअनुसार भट्टेडाँडा विमानस्थल उपयुक्त हुने उहाँले बताउनुभयो । विमानस्थल निर्माण गर्दा २ हजार ३ सय मिटरको रनवे बनाउन सकिने अवस्था विज्ञहरुको सल्लाह रहेको तथ विमानस्थल बनाउदा यहाँबाट ६ अर्व बराबरको निर्माण सामाग्री समेत प्राप्त हुने सिलवालको भनाई छ ।

गोदावरीबाट काभ्रेको मानेचौर जोड्ने सुरुङमार्ग अर्को नयाँ एजेण्डाको रुपमा सिलवालले अघि बढाएका छन् । सिलवालका अनुसार अघिल्लो केपी ओली सरकारको पालामा बजेट हालेको थियो । यो सडक काभ्रेको नमोवुद्ध पनौतीसम्म जाोडेर पर्यटकीय गन्तव्यहरुलाई सहज बनाउन सकिन्छ । यस योजना पुरा हुँदा फुल्चोकी जलाधार र दलचोकीसम्मको गन्तव्य सहज हुन्छ ।

दक्षिण ललितपुरको पर्यटकीय स्थलहरुको विकाश उनको अर्को एजेण्डा रहेको सिलवालको योजनामा छ । दलचोकीलाई नगरकोट भन्दा अझ राम्रो भ्यू पोइन्टको रुपमा विकास गरिने, कालेश्वर, गुप्तेश्वर गुफा, चमेरे गुफा, वैतर्णीधाम, फुलचोकी र माझखण्डलाई एकीकृत पर्यटकीय विकाशका लागि योजना ल्याउने उहाँको भनाईं थियो ।

माल्टा डाँडागाँउमा रहेको क्लिङ्कर खानी चलाउने सिलवालको अर्को योजना रहेको छ । यसका लागि खानीखोला विद्युत आयोजनाले प्रशारण लाइनसँगै विद्युत सवस्टेशन निर्माण गरेको छ । निजी क्षेत्र अघि बढे पनि यो उद्योग लामो समयदेखि सञ्चालन हुन भएको देखिदैंन । यहाँको क्लिङ्कर युरोपको ल्यावमा परिक्षण गर्दा गुणस्तरिय रहेको बताइएको छ ।

आफ्नो संसदीय कार्यकालमा गोदावरीमा देशकै ठूलो गोदावरीमा सनराइज अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएको, दुर्गम मकवानपुर र दक्षिण ललितपुरमा ३ वटा मोटर गुड्ने पुल निर्माण सम्पन्न हुन लगोको, प्युटारमा थाङसिङटार पालिका अस्पताल निर्माण, भट्टेडाँडा अस्पताललाई २५ शैयाको अस्पतालमा स्तरोन्नती, बज्रवाराही चापागाँउ अस्पताललाई जिल्ला अस्पतालमा रुपान्तरण भएको, वगुवा चन्दनपुर सडकलाई कालोपत्रे सहित निर्माण सुरु भएको, विर्केधारा, शंखु, इकुडोल माझखण्ड आश्राङ सडक निर्माण सुरु, छपेली इकुडोल आश्राड सडक सुरु जस्ता ललितपुरको विकासका आधार तयार गरेको सिलवालले बताउनुभयो ।

सिलवालले ललितपुरमा जितसँगै देशको नेतृत्व गर्ने अवसर एमालेले पाए ललितपुरको अनुहार पुरै फेर्ने योजना सुनाउनुभयो ।
सिलवालले अगाडि भन्नुभयो, “हामीले यति धेरै काम गरेका छौं । तर प्रतिपक्ष चाही ५ बर्ष केही नगरेको भन्दै गलत प्रचार गरेर हिडेका छन् । यो झुटको खेती यहाँका जनताले बुझिसकेका छन् ।”

उम्मेदवारले सिलवालले दक्षिण ललितपुर विकासका लागि धेरै कार्य गरेको दावी गर्नुभयो ।

1 COMMENT

  1. I’m writing on this topic these days, slotsite, but I have stopped writing because there is no reference material. Then I accidentally found your article. I can refer to a variety of materials, so I think the work I was preparing will work! Thank you for your efforts.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here