परम्परागत सीपको संरक्षण गर्न प्रतिवद्ध छु : उम्मेदवार मधुसूदन पौडेल

२० कार्तिक, ललितपुर ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट ललितपुर क्षेत्र १ (१) का वागमती प्रदेश सभाका उम्मेदवार मधुसूदन पौडेलले परम्परागत सीपको संरक्षण गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ । पौडलले गोदावरी वडा नं ४, बडिखेलमा गर्नुभएको घरदैलोको क्रममा परम्परागत वेदवाससम्बन्धी परम्परागत सीपको संरक्षण र प्रवद्र्धनका लागी लागि पर्ने बताउनुभएको हो ।

बडिखेलमा रहेका आदिवासी पहरी जातिको मुख्य पेशाको रुपमा रहेको बेदवासबाट सामग्री बनाउने सीप महत्वपूर्ण रहेको र पछिल्लो समयमा यो पेशा गर्ने व्यक्ति घट्दै गएकोले परम्परागत सीपको व्यावसायीकरण गरी आर्थिक उपार्जनमा फट्को मार्न सकिने पौडेलेको भनाई थियो ।

नेपालमा रहेका आदिवासीहरुको फरक किसिमको सीप क्षमता रहेकोमा बडिखेलमा रहेका पहरी जातिको सीप विशेष रहेको पौडेलले बताउनुभयो । पहरी जातिले जागिर र नोकरीमा ध्यान दिनुभन्दा इतिहासदेखी गर्दै आएको पेशालाई व्यावसायिक बनाई आर्थिक विकास अघि बढ्न सक्ने बताउदै यसको परिष्कारका लागि पहल गर्न कुनै कसर नछोड्ने पौडलले जानकारी दिनुभयो ।

विभिन्न पेशा व्यावसायको संरक्षणदेखी विकास, विस्तार र समग्र देशको समृद्धिका एमालेको सरकार आवश्यक रहेको बताउदै पौडलले सबै उमेर समूहलाई आवश्यकताअनुसार प्रदेश र संघले सम्बोधन गर्ने उहाँको भनाई थियो ।