मानिखेलमा उत्साही एमाले

२२ कार्तिक, ललितपुर ।

ललितपुरको मानिखेलमा भएको सभाबाट नेकपा एमालेका उम्मेदवारहरु तथा नेता कार्यकर्ता उत्साहित भएका छन् । आज सम्पन्न उक्त भेला नेकपा एमाले महाकांल पालिका अन्तर्गत बुखेल र मानिखेलको संयुक्त भेलामा गरिएको स्थानीयको प्रस्तुती र भनाईबाट एमालेले जितलाई अझ बलियो बनाएका स्थानीयबासीहरुले बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादीबाट २० जना स्थानीय नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । एमालेबाट मात्र राष्ट्रियता र समृद्धि सम्भव भएकोले एमाले रोजेको नवप्रवेशीहरुले बताए ।

कार्यक्रममा भनाई राख्दै नेकपा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले नेकपा एमालेसँग मात्र देश निर्माणको भिजन रहेको व्यक्त गर्नुभयो । एमालेले जनताको अपेक्षा पुरा गर्न सक्ने उम्मेदवार पठाएकाले एमालेको विजय नै जनताको विजय हुने भनाई राख्नुभयो ।

नेकपा एमालेका तर्फबाट ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभाका उम्मेदवार नवराज सिलवालले दक्षिण ललितपुरमा मध्यमार्गी सडकलाई विशेष प्राथमिकतामा राखेर आफुले अगाडि बढाउने भनाई राख्नुभयो । सडक सञ्जालमा दक्षिण ललितपुरमा अघिल्लो ५ बर्ष आधार तय गरेको र आगामी ५ बर्ष सडक सञ्जाल विस्तारमा स्वर्णयुग बन्ने उहाँको विश्वास थियो ।

नेकपा एमालेका तर्फबाट ललितपुर क्षेत्र नं १ (१) बाट बागमती प्रदेश सभाका उम्मेदवार मधुसूदन पौडेलले आफ्नो सरकार स्थापित भएका वागमती प्रदेशका हरेका पालिकामा उद्योगग्राम स्थापना गरी समृद्धि रोजगारीलाई प्राथमिकता राख्ने बताउनुभयो । गाउँमा एमालेप्रतिको आकर्षणले आफु उत्साहित भएको बताउँदै पौडेलले दक्षिण ललितपुरलाई विकास गतिमा दौडाउन आफु अगाडि आएको जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीयबासीसँगै उम्मेदवारहरुले नाचगान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here