जेठ ३०, ललितपुर ।
महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरिगोविन्द श्रेष्ठले कर्मनाशा कोरिडोरको शिलन्यास गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमबीच ग्वार्को पुलसँगै श्रेष्ठले शिलन्यास गर्नुभएको हो ।
महालक्ष्मी नगरपालिकाको वडा नं. १, २, ३ र ४ वडा भएर बग्ने कर्मनाशा खोला कोरिडोर सडकका लागि ४ करोड विनियोजन भएकोमा १ करोड ९८ लाख रुपैयाँ ठेक्का लगानी हुने क्षेत्र पर्ने सडकको शिलन्यास गरिएको हो । उक्त कोरिडोरको निर्माणपश्चात् जडिबुटीबाट ग्वार्कोसम्मको यात्रा अझ सहज हुने विश्वास लिइएको छ ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले कर्मनाशा महालक्ष्मी क्षेत्रको लागि अवसर र चुनौती दुवै भएकोले यस क्षेत्रको अवसरलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो । विकास निर्माणका विषयमा ढिलाई हुन नहुने बताउदै प्रमुख श्रेष्ठले महालक्ष्मी नगरपालिकामा विकासका लागि कुनै कसर बाँकी नराख्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, स्थानीय संघसंस्था आदिको उपस्थिति रहेको थियो ।
