१६ विधामा प्रदान गरियो प्रेसिडेन्ट इन्टरनेशन एजुकेशन अवार्ड

    असार ३, काठमाडौं ।

    १६ वटा विधामा २२ व्यक्ति र संस्थालाई दोश्रो प्रेसिडेन्ट इन्टरनेशनल एजुकेशन अवार्ड प्रदान गरिएको छ । शिक्षालय राष्ट्रिय मासिकको आयोजनामा एक कार्यक्रमबीच शिक्षा राज्यमन्त्री प्रमिला कुमारी तथा बागमती प्रदेशका बिना विभागीय मन्त्री रामकृष्ण चित्रकारले उक्त अवार्ड प्रदान गरेका हुन् ।

    समारोहमा कलेज एक्सिलेन्स अवार्डबाट एनसिसिएस कलेज, वेलविलिङ कलेज अवार्डबाट कोशि सेन्ट जेम्स कलेज, आउटस्टाडिङ अवार्डबाट ब्लुबर्ड कलेज तथा स्कुल एक्सिलेन्स अवार्डबाट इपिएस स्कुल पुरस्कृत भएका छन् ।

    यस बर्षको शिक्षा पत्रकारिता पुरस्कार जनही १० हजार नगद सहित समाचारपत्रका सहसम्पादन ईश्वरराज ढकाल र रेडियो नेपालकी यशोधा अधिकारीलाई प्रदान गरियो ।

    यसैगरी टप पर्फरमेन्स अवार्डतर्फ संस्थागततर्फ ज्ञानोदय माबि तथा व्यक्तितर्फ डिएभिका सुमन बस्नेत, इनोभेटिभ अवार्डबाट संस्थागततर्फ जनकल्याण सेकेण्डरी स्कुल र व्यक्तितर्फ तक्षशिला एकेडेमीका प्रिन्सिपल नेत्र प्रसाद न्यौपाने, प्रोफेशनल एजुकेशन अवार्डबाट संस्थागतर्फ हिमालय कलेज, व्यक्तितर्फ गोल्डेनगेट स्कुलका संस्थापन अन्जु चिपालु जोशी भोकेशन एजुकेशन अवार्ड संस्थागततर्फ नेशनल एकेडेमी र व्यक्तितर्फ अर्लि चाईल्डहुड एजुकेशन सेन्टरकी रियानले प्राप्त गरे ।

    डाइनामिक प्रिन्सिपल अवार्ड क्याम्पियन कलेजकी अनामिका श्रीवास्तव र भर्सन्टाइल टिचर अवार्डबाट देवी दत्त पौडेल पुरस्कृत भए । यसैगरी इनोभेशन अवार्ड ग्लोवल एक्सन नेपाल र एजुकेशन इन्फुलेन्स अवार्ड सेन्ट जेवियर्स स्कुल गोदावरीले प्राप्त गरेको छ ।

    वेलवियरिङ स्कुल अवार्डबाट बालकोटको माउण्ट भ्यू इङलिस बोडिङ स्कुल र चितवनको नारायणी मोडेल सेकेण्डरी स्कुल पुरस्कृत भएको छ भने माइलस्टोन एजुकेशन अवार्डबाट पद्मकन्या मावि पुरस्कृत भएको छ । शिक्षा क्षेत्रमा अनवरत कार्य गरेवापत लाइफ टाइम एचिभमेन्ट अवार्डबाट कविराज राई सम्मानित हुनुभएको छ ।

    अघिल्लो बर्ष भारतको हिमाक्षरासँगको सहकार्यमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको दोश्रो संस्करणको रुपमा यस बर्ष नेपालमा शिक्षालय मासिकले उक्त अवार्ड आयोजना गरेको शिक्षालयका प्रकाशक श्याम तण्डुकारले जानकारी दिए ।

    16 COMMENTS

    1. Hello, Neat post. There is an issue along with your site
      in web explorer, would check this? IE still is the marketplace leader and a big component to people will pass
      over your great writing due to this problem.

    2. Greetings I am so thrilled I found your blog, I really found you by accident,while I was browsing on Bing for something else,Anyways I am here now and would just like to say thanks for a fantastic post and aall round interesting blog (I also love the theme/design),I don’t have time to go through it all at the minute butI have bookmarked it and also added in your RSS feeds, so when I have time I will be back to read a great deal more, Please do keepup the awesome jo.

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here