राष्ट्रिय युवा संघ महाङ्कालको पालिका अध्यक्षमा थाेकर चयन

    साउन १९, ललितपुर ।

    राष्ट्रिय युवा संघ महाङ्काल गाउँपालिका कमिटिको दोश्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार महाङ्काल गाउँपालिकाको गोटिखेलमा सम्पन्न अधिवेशनले पुन: वसन्त थोकरकै अध्यक्षतामा १७ सदस्यीय पालिका स्तरीय कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।

    सर्वसम्मत रुपमा निर्वाचित अन्य पदाधिकारीहरुमा सागर परियार उपाध्यक्ष,श्रीराम हुमागाईँ सचिव,सरोज सिंतान र सृजना घिमिरे सहसचिव तथा मिलन भोम्जन कोषाध्यक्ष रहेका छन् । अधिवेशन कार्यक्रममा राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य चीन लामा, सुमन तामाङ, एमाले गाउँपालिका कमिटी इन्चार्ज श्याम शर्मा बजगाइँ, अध्यक्ष पुरुषोत्तम हुमागाइँ लगायतको सहभागिता रहेको थियो ।

    साथै अखिल नेपाल किसान महासंघले महाङ्काल गाउँपालिकाले दुग्धजन्य पदार्थमा लगाउने भनिएको करको विरुद्धमा आयोजना गरेको पालिका घेराउ तथा विरोध प्रदर्शन कार्यक्रममा पनि सक्रिय रुपमा सहभागिता जनाएको छ ।