साँग्रिला अर्फनेज होमको २५ औं बार्षिक साधारण सभा सम्पन्न

    भाद्र २३, ललितपुर ।

    साँग्रिला अर्फनेज होमको २५ औ वार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । गोदावरीस्थित एक पार्टी भेन्यूमा आयोजना गरिएको उक्त कार्यक्रममा संस्थाको नयाँ कार्यसमितिसमेत चयन भएको हो ।

    संस्थाको नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा यमुना चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा डा.उमेश वोगटी, महासचिवमा दधिवल थापा, कोषाध्यक्षमा राजेशलाल अमात्य चयन हुनुभयो । सदस्यहरुमा जुजुभाई महर्जन, बटुकराज मिश्र, लिला गुरुङ्ग रहनुभएको छ ।

    कार्यक्रममा सम्बोधन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गरिव तथा असहायहरुलाई जीवपर्यन्त गुण लगाउने कार्य संस्थाले गरिरहेको बताउनुभयो । बालबालिकाको भविष्य सुनिश्चतताका लागि साँग्रिला अर्फनेज होमले आजको दिनसम्म पारदर्शिता र सुशासन कायम राखेकोमा नगरप्रमुख महर्जनले प्रशंसा समेत व्यक्त गर्नुभयो ।

    समारोहमा गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीसहित राष्ट्रिय वाल अधिकार परिषद, समाज कल्याण परिषद, गोदावरी नगरपालिकाका ११ का वडा अध्यक्ष, गोदावरी नगरपालिकाका वाल कल्याण अधिकारी, महानगरिय प्रहरी वृत्त चापागाँउका प्रहरी नायव उपरिक्षक, पत्रकार र समाजसेवीहरुको उपस्थित रहेको थियो ।

    साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम संस्थाकी अध्यक्ष श्री नीता शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो । गोदावरी नगरपालिकाको वडा नम्बर १०, न्यौपानेगाउँमा रहेको बालगृहमा ३२ जना बालबालिकाले संरक्षण र शिक्षा प्राप्त गरिरहेको शाहीले जानकारी दिनुभयो ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here