शिक्षालयद्धारा दक्षिण एसियाली शिक्षाकर्मी सम्मानित

    प्रथम ‘सार्क एजुकेसन अवार्ड २०२३’ बाट नेपाल, भारत र भुटानका शिक्षासेवी र संस्था सम्मानित भएका छन् ।

    नेपालको ‘शिक्षालय राष्ट्रिय मासिक’द्वारा ‘सार्क जर्नालिष्ट फोरम’ र ‘रोटरी क्लब अफ दार्जिलिङ’ को सहकार्यमा आयोजित कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्र प्रशासनिक सभाका उपाध्यक्ष राजेश चौहानले ती सम्मान प्रदान गर्नुभएको हो ।

    अवार्ड प्राप्त गर्ने विद्यालयमध्ये नेपालबाट जेम्स स्कुलले सार्क एक्सिलेक्स स्कुल अवार्ड प्राप्त गरेको छ । सेन्ट जेभियर्स स्कुलका प्रिन्सिपल फादर स्यामुअल सिमिक, हिमालय कलेजका प्रिन्सिपल रामहरि सिलवाल, प्याब्सननका केन्द्रिय सदस्य राधे मर्हजन, भक्तपुर प्याव्सनका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, प्रेरणा विद्या सदनका प्रिन्सिपल हीरा महर्जन, विद्यालयमा पठन संस्कृतिका अभियन्ता शरदबाबु श्रेष्ठ, प्याब्सनका उपाध्यक्ष सङ्गीता सिलवाल, ऐसेलु भूमे माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराम न्यौपाने, शिक्षाकर्मी मनोज कुमाार श्रेष्ठ, हिक्मत दाहाल, विनोद ढकाल, बासुदेव घिमिरे, गोविन्द पंगेनी, कुसुम थापा, हीरा थापा, भक्तपुरको प्रिशेस इङ्लिस स्कुल, ललितपुरको जुगल स्कुलका भाइस प्रिन्सिपल सुमन केसी , पुष्पाञ्जली स्कुलका निर्देशक एलिन लेप्चाले आउट स्ट्याडिङ एचिभमेण्ट अवार्ड पाउन सफल भएका छन् । यसैगरी कैलालीका कुल प्रसाद भट्ट, सुर्खेतका प्रतिमा राणा मल्ल, धरान सुनसरीवाट पार्वती राई र जुली राई, बुटवलबाट नितु श्रेष्ठ सम्मानित भएका छन् ।

    भारतबाट सेन्ट पल स्कुलका पिटर लेप्चा, सेन्ट जाोसेफ स्कुल नर्थ प्वाईन्ट, अमर सिंह राई, सर्निमल चक्रवर्ति, सुरिन राई, द टेलिग्राफ पत्रिकाका सहसम्पादक विवेक क्षेत्री र सिक्किमबाट ईडन गार्डेन स्कुल र वेथल ऐकेडेमि, भूटानबाट लोसेल ग्याष्ट्रो एकेडेमीका प्रिन्सिपल छिरिङ डिमा सम्मानित भएका छन् ।

    अवार्ड वितरणपश्चात उपाध्यक्ष चौहानले समाजलाई अग्रगमनका लागि शिक्षाको महत्व अनिवार्य भएकाले यस क्षेत्रमा योगदान दिने र रचनात्मक कार्य गर्नेलाई सम्मानित गर्नुपर्नेमा जोड दिनुभयो ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) उपाध्यक्ष दीपिका थापाले शिक्षा क्षेत्रमा गरिएको समर्पण र लगानी भविष्यको पुस्ताका लागि सम्पति भएको बताउनुभयो ।

    उच्चशिक्षालय तथा विद्यालय सङ्घ (हिसान) का उपाध्यक्ष रामहरि सिलवालले अशल शिक्षा प्रणालीले मुलुुकको विकासका लागि अगुवाइ गर्ने उल्लेख गर्दै शिक्षा क्षेत्रमा निरन्तर सेवा गरी विशिष्टता प्रदर्शन गर्नेलाई हुने सहकार्यले दक्षिण एसियाली मुलुकको शिक्षा क्षेत्र लाभान्वित हुने बताउनुभयो ।

    दक्षिण एसियाली मुलुकमा सामुदायिक र निजीस्तरको शिक्षा क्षेत्रमा उहाँहरुले प्रदर्शन गर्नुभएको योगदान, नवप्रवर्तन, उत्कृष्टता, समर्पण, सृजनात्मकता, व्यावसायिक विकासका लागि सम्मान प्रदान गरिएको शिक्षालयका अध्यक्ष श्याम तण्डुकारले जानकारी दिनुभयो ।

    ‘सार्क जर्नालिष्ट फोरम’ का अध्यक्ष राजु लामाले शिक्षा र सञ्चारको सहकार्य तथा दक्षिण एसियाली मुलुकमा सामाजिक रुपान्तरणबारे चर्चा गर्नुभएको कार्यक्रममा उक्त संस्थाका महासचिव एमडी अब्दुर रहमान, भारत च्याप्टरका अध्यक्ष डा अनिरुद्ध शुधाम्शु, नेपाल च्याप्टरका अध्यक्ष प्रकाश सिलवाल, भारतको सूचना तथा प्रसारण मन्त्रालयको केन्द्रीय चलचित्र बोर्डको सल्लाहकार शेख रइस अहमदलगायतको सहभागिता थियो ।

    2 COMMENTS

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here