काठमाडौंमा फर्निचर तथा फर्निसिङ्ग सामग्रीको वृहत प्रदर्शनी हुने

काठमाडौं, ४ असोज ।
काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गतेदेखि १४ गतेसम्म फर्निचर तथा फर्निसिङ्ग सामग्रीको वृहत प्रदर्शनी हुने भएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ (एनएफएफए) को आयोजनामा नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले ‘फार्नेक्स नेपाल २०२३’ आयोजना गर्ने भएको हो ।

एनएफएफएले आज पत्रकार सम्मेलन गरी यही असोज १० गतेदेखि १४ गतेसम्म फर्निचर तथा फर्निसिङ्ग सामग्रीको विकासका लागि मेला आयोजना गर्ने भएको जानकारी गराएको छ ।

संघका अध्यक्ष दिनेश कुमार अग्रवालले उक्त एक्स्पो मार्फत राष्ट्रियका साथै अन्तर्राष्ट्रिय ब्राण्डहरुलाई साझा प्लेटर्फम प्रदान गरी उपभोक्ता माझ सहज पु¥याउने वातावरण तयार गर्न लागेको बताए । उनले भने, “मेलामा एक सय भन्दा वढी प्रदर्शनी कक्ष हुनाका साथै करिब ५० हजारले अवलोकन गर्ने अपेक्षा गरेका छौँ ।” मेलामा ६० प्रतिशत स्वदेशीका साथै ४० प्रतिशत विदेशी उत्पादनको प्रदर्शनी तथा विक्रीवितरण गर्ने भएको उनको भनाइ छ ।

संघका वरिष्ठ उपाध्यक्ष मनिश कुमार अग्रवालले मेलामा मोडुलर किचन, आधुनिक बेडरुम, बाथरुमाका साथै आउटडोर फर्निचर, कार्पेट, पदा, म्याट्रेस, डोरम्याट, डेकोरेसन सामग्री, होम डेकोर, बिल्डिङ्ग मेटिरियल, अफिस फर्निचर, हस्पिटल फर्निचर, होटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षण रहने बताए । उनले भने, “फर्निसिङ्गका नविनतम सामग्रीको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने छौँ ।” सो सामग्री उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पु¥याउने उनको दाबी छ ।

संघका महासचिव संजय लामाले मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर तथा फर्निसिङ्गका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने जिकीर गरे ।

उक्त एक्स्पोको प्रायोजकमा भने किङ्ग क्वाईल म्याट्रेस, इन एशोसएसनमा प्रेष्टिज कार्पेट, डल्फिन मोडुलर फर्निचर, फेदर लाईट अफिस फर्निचर, आर.ओ.के प्रोडक्ट इन्डष्ट्रिज, सरबागी ओभरसिज तथा यति कार्पेट रहेका बताइएको छ ।

1 COMMENT

  1. Wow that was unusual. I just wrote an extremely long comment but after
    I clicked submit my comment didn’t appear.
    Grrrr… well I’m not writing all that over again. Anyways, just wanted to say excellent blog!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here