४५ औं पुष्पलाल स्मृति रनिङ सिल्डको उपाधि ब्राइट फ्यूचरलाई

असोज ५, ललितपुर ।

४५ औं पुष्पलाल स्मृति रनिङ सिल्ड हाजिरीजवाफ प्रतियोगिता २०८० को उपाधि सातदोबाटोस्थित ब्राइट फ्यूचर स्कुलले जित्न सफल भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ललितपुर जिल्ला समितिले आयोजना गरेको ललितपुर जिल्लाब्यापी उक्त प्रतियोगिताको रनिङ गत बर्ष भ्याली पब्लिक स्कुलले उचाल्न सफल भएकोमा यस बर्ष ब्राइट फ्यूचर स्कुलले जित्न सफल भएको हो ।

प्रतियोगितामा साग्रिला स्कुल दोस्रो, एम¥याण्ड स्कुलले तेस्रो स्थान सुरक्षित गर्न सफल भएका छन् । यसैगरी भ्याली पब्लिक स्कुल चौथो, बुद्ध भगवान मावि पाँचौ र अनन्त स्कुल छैटौं भएका छन् ।

प्रतियोगिताको यो संस्करणमा ललितपुरका ६ वटै पालिकाबाट प्रारम्भिक चरणमा कुल ४२ विद्यालय सहभागी भएका थिए । सहभागी विद्यालयहरुमध्ये छनौट चरण, क्वाटरफाइनल, सेमिफाइनल पार गर्दै फाइनलमा ६ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए । अनेरास्ववियु ललितपुरले ४३ औं संस्करणको रुपमा आयोजना गरिएको प्रतियोगिताका विजेताहरुलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व कानूनमन्त्री शेर बहादुर तामाङले सिल्ड, मेडल र प्रमाण पत्रसहित पुरस्कार वितरण गरेका हुन् ।

पुरस्कार वितरणपश्चात् सम्बोधन गर्दै पूर्वमन्त्री तामाङले विद्यार्थीको वृहत्तर विकासका लागि आवश्यक अतिरिक्त क्रियाकलाप संचालनमा अनेरास्ववियु ललितपुरले निरन्तरता दिएकोमा खुसी व्यक्त गरे । लामो समय कार्यक्रमको निरन्तरता दिन सक्नु सफलता हुने बताउँदै उनले विद्यार्थीलाई नयाँ ज्ञान र सोचको विकासका लागि लाग्न प्रेरित गरेका थिए ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष धर्म गिरी, नेकपा एमाले केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, बाबुराम थापा, एमाले जिल्ला तहका नेताहरु, अनेरास्ववियुका केन्द्रीय तथा जिल्ला स्तरका नेता कार्यकर्ता, विभिन्न विद्यालयका प्रतिनिधी तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

1 COMMENT

  1. Write more, thats all I have to say. Literally, it seems as though you relied
    on the video to make your point. You obviously know
    what youre talking about, why throw away your intelligence on just posting videos to your site when you
    could be giving us something enlightening to read?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here