शिक्षा पत्रकार समाजको तेश्रो बार्षिकोत्सवमा ११ जना सम्मानित

असोज १५, काठमाडौं

शिक्षा पत्रकार समाज (सेज) को तेश्रो बार्षिकोत्समा ११ जना पुरस्कृत र सम्मानित भएका छन् । आज सम्पन्न एक कार्यक्रमबीच सेजले शिक्षा क्षेत्रका विभिन्न विधामा पुरस्कृत र सम्मानित गरेको हो ।

सेजको २५ हजार राशी सहितको शिक्षा पत्रकारिता पुरस्कारबाट नागरिक दैनिककी पत्रकार रूवी रौनियार पुरस्कृत भएकी छिन । करिब २ दशक शिक्षा विधामा पत्रकारिता गरेकी रौनियार नागरिक दैनिक स्थापनादेखी हालसम्म सोही दैनिकमा शिक्षा विधामा पत्रकारिता गर्दै आएकी छिन् ।

कार्यक्रममा शिक्षा सम्मान काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशनका डीन डा बालचन्द्र लुइँटेल, डीन, केन्द्रीय बहिरा क्याम्पसका प्रमुख ऋषिराम देवकोटा, नुवाकोटको पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछाने, जापानको एभरेष्ट इन्टरनेशनल स्कुल, बालविकास प्रशिक्षक एवं अंकुर प्रि स्कुलका प्रिन्सिपल सिर्जना पोखरेल र सिन्धुपाल्चोकको तेर्से माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापालाई प्रदान गरिएको छ ।

यसैगरी कैलालीको न्यू स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल परशुराम शर्मा भण्डारी, सप्तरीको भवानीप्रसाद सकलप्रसाद रामप्रसाद जनता माविका लेखापाल भगवती चौधरी, संयुक्त अधिराज्य बेलायतको पहार ट्रष्ट नेपालका निर्देशक एलन स्वीट म्यान र धनुषाको आसमान नेपालका कार्यक्रम निर्देशक दिनेश्वर साहलाई पनि शिक्षा र रुपान्तरणका लागि गरेको योगदानको कदर गर्दै सम्मान गरिएकाछ ।

कार्यक्रममा पुरस्कार र सम्मान वितरण गर्दै प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसद्मा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि समितिले विज्ञ र सरोकारवालासँगको छलफल र राय लिएर आवश्यक परिमार्जन गरिने बताएका छन् । जोशीले उनले सरकारले पर्याप्त गृहकार्य नगरी विधेयक ल्याएका कारण सडकमा आन्दोलन हुन पुगेको र पछि सरकारसँग सहमति भएको स्थितिमा उठेका विषय र सहमतिका बुँदाहरु विधेयकमा समाविष्ट गराउने जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षाको संरचनागत र पद्धतिका प्रबन्ध गर्दा स्तरीयता र विश्वका मुलुकको अनुभवलाई समेटेर कानुन बन्नुपर्ने बताए । उच्च शिक्षालय तथा विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवालले प्रस्तुत विधेयकमा शिक्षक र कर्मचारीका विषय बढी समावेश गरिएको तर शिक्षाको अबको गन्तव्य कस्तो हुने भन्ने स्पष्ट नभएको टिप्पणी गरे ।

नेपाल शिक्षक महासंघ अध्यक्ष कमला तुलाधरले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासंघबीच यही असोज ५ गते भएको सहमतिलाई विधेयकमा रुपान्तरण गराउन सांसदहरुलाई आग्रह गरिन् । शिक्षाविद् डा वासुदेव काफ्लेले विधेयक बारेको छलफल गर्दा आफ्ना स्वार्थका आधारमा नभई शिक्षाको आम स्वार्थका आधारमा हुनुपर्नेमा जोड दिए ।

शिक्षाविद् डा बालचन्द्र लुइँटेलले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख शिक्षाको लक्ष्य विधेयकमा समावेश नभएको जिकिर गरे । शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले शिक्षामा नीतिगत सुधारका लागि खोज, अध्ययन र अनुसन्धानात्मक समाचार सम्प्रेषण गर्न प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा शिक्षा क्षेत्रका सरोकारवालाको वाक्लो उपस्थिति रहेको थियो ।

8 COMMENTS

  1. I have been browsing online more than three hours as of late,
    yet I by no means found any interesting article like yours.
    It is lovely worth sufficient for me. In my view, if all webmasters and bloggers made just right content material
    as you probably did, the internet can be a lot more helpful than ever before.

  2. of course like your website however you need to take a look at
    the spelling on several of your posts. Many of them are
    rife with spelling issues and I find it very troublesome to
    tell the truth then again I’ll certainly come
    again again.

  3. Wow, wonderful weblog layout! How lengthy have you ever been running a blog for?
    you make running a blog glance easy. The total look of your web
    site is excellent, as well as the content!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here