योङ पिकासो आयोजनामा तेश्रो अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०२३ को शुभारम्भ

असोज १८, ललितपुर ।

योङ पिकासोको आयोजनामा हुने तेश्रो अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०२३ को शुभारम्भ भएको छ । ललितपुरको पाटन संग्रहालयमा आयोजित एक कार्यक्रमबीच पूर्व परराष्ट्रमन्त्री तथा नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवाली तथा नेपालका लागि श्रीलंकाली राजदूत बिएन दिल्मिनीले क्यानभासमा चित्र कोरेर प्रदर्शनीको उद्घाटन भएको हो ।

उद्घाटनसँगै १० देश सम्मिलित ५ दिने अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सुभारम्भ भएको छ । प्रदर्शनीमा इजरायलबाट हाना बराक एञ्जेल, क्रोएसियाबाट आइरिस पोल्जान, मोक्सिकोबाट जुलियाटा ओर्टेगा र मार्गरिटा चाकोन, जर्मनीबाट मारी तेराउची, नेदल्याण्डबाट ओर्टेगा आल्टामिरानो, जापानका रेको सिमिजु, श्रीलंकाबाट अचला गुणवर्धना र सुदथ अवयशेखरा, फिनल्याण्डबाट टेपो कार्टे, इंल्याण्डबाट क्रिष्टोफोर बोन आदि रहेका छन् ।

यसैगरी नेपाली चित्रकारहरुमा राधेश्याम मुल्मी, गोविन्दलाल सिंह डंगोल, हरीप्रसाद बैद्य, श्यामकृष्ण महर्जन, राजेश महर्जन, बालकिशोर चौधरी, रिया बज्राचार्य, प्रिन्स महर्जन, सूर्य दुतराज, अजय देशार, सितु मास्केका चित्रहरु प्रदर्शनीमा रहेका छन् ।

द इसेन्स अफ आर्टको विमोचन

समारोहमा चित्रकार अजय देशार लिखित तथा पत्रकार बालमुकुन्द आचार्यद्धारा सम्पादित चित्रकलासम्बन्धी पुस्तक “द इसेन्स अफ आर्ट” विमोचन गरिएको छ । पुस्तकको विमोचनमा प्रमुख अथिति प्रदिप ज्ञवाली, विशेष अतिथि राजदूत बिएन दिल्मिनी दिल्मिनी, नेपाल ललितकता प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हरदमछाली तथा गोदावरी नगरपालिका नगरप्रमुख गजेन्द्र महर्जनले गर्नुभयो ।

यसैगरी वरिष्ठ साहित्यकार प्रेमनाथ अधिकारी, पाटन संग्रहालयका कार्यकारी निर्देशक सुरेश लाखे, शिक्षा मन्त्रालयका उपसचिव गेहनाथ गौतम, वरिष्ठ शिक्षाकर्मी डा. विनोद यादव, साहित्यकार आरसी न्यौपाने, शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष, मनोज बाबु न्याछ्यो, वरिष्ठ चित्रकार राधेश्याम मुल्मी, शिक्षाकर्मी विएस क्षेत्री, समाजसेवी अजरमान जोशी आदि विमोचनमा सहभागी हुनुभएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै पूर्व परराष्ट्रमन्त्री तथा नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले नेपाली कला क्षेत्रमा नेपाली विविधताको छाप रहेकोल चित्रकला नेपाली विविधतालाई अन्य देशको विविधतासँग जोड्ने माध्यम बनेको बताउनुभयो ।नेपालको भूबनोट देखी नेपाली भौगोलिक सांस्कृतिक चरित्रको विषयमा बोल्दै ज्ञवालीले कला क्षेत्रका लागि विश्वभरका देशहरुसँग सास्कृतिक आदानप्रदान आवश्यक रहेकोमा योङ पिकासोले एक इट्टा थपेको चर्चा गर्नुभयो ।

नेपालका लागि श्रीलकांली राजदूत बिएन दिल्मिनीले नेपाली कलाकारको र भेषभूषाबाट आफु प्रभावित रहेको बताउनुभयो । राजदूत दिल्मिनीले सबै कलाकारसँग लामो अन्तरंग गर्न चाहेका जानकारी दिदैं चित्रकारहरुसँग छुट्टै भेटघाट सहित कलाका विषयमा छलफल गर्न प्रदर्शनीमा छुट्टै आउने भाव व्यक्त गर्नुभयो ।

नेपाल ललितकता प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हरदमछालीले कलाको विकासको लागि प्रतिष्ठान लागिरहेकोमा पिकासो जस्ता संस्थाले गरको कार्यले नेपालका कलाको विकासका लागि ठूलो भूमिका खेलेको चर्चा गर्नुभयो ।

शिक्षा मन्त्रालयका उपसचिव गेहनाथ गौतमले नेपाली कलाकारको क्षमता उच्च रहेको विषयमा चर्चा गर्दै परिवारबाटै कलाको क्षेत्रमा लाग्न उप्रेरित गर्नुपर्ने बताउनुभयो ।

पत्रकार तथा पुस्तकका सम्पादक बाल मुकुन्द आचार्यले ३ बर्षपछिको मिहिनेतपश्चात् पुस्तक तयार भएको जानकारी दिनुभयो । चित्रकलामा आउँदै गरेका नवचित्रकारहरु लक्षित पुस्तकमा चित्रसम्बन्धी विभिन्न आयामका विषयमा बस्तुगत रुपमा सहज भाषामा बर्णन गरिएका आचार्यले बताउनुभयो ।

चित्रकार अजय देशारले लामो तयारीपश्चात् तेश्रो अन्तर्राष्ट्रिय प्रदर्शनी सम्भव भएको बताउनुभयो । अघिल्लो प्रदर्शनीमा दक्षिण एसियाका चित्रकारहरु सहभागी भएकोमा यसपल्ट यूरोप र एसियाका कलाकारहरुको बाक्लो जमघट भएको बताउनुभयो । यसैगरि देशारले पुस्तकका सन्दर्भमा पुस्तकमा विदेशी र नेपाली गरि २० जना चित्रकारका चित्रहरु समेटिएको जानकारी दिनुभयो ।

प्रदर्शनीसँगै असोज २० गते दक्षिणकालीमा चित्रकला कार्यशाला आयोजना हुनेछ । ५ दिनेसम्म चल्ने प्रदर्शनी आगामी असोज २२ गते समापन हुनेछ ।

7 COMMENTS

  1. Yesterday, while I was at work, my sister stole my iphone and tested to see if it can survive
    a 40 foot drop, just so she can be a youtube sensation. My iPad is now broken and she has 83 views.
    I know this is totally off topic but I had to share it with someone!

  2. Hi there, just became alert to your blog through Google, and found that it’s
    truly informative. I’m gonna watch out for brussels. I will appreciate if you continue this in future.
    Lots of people will be benefited from your writing. Cheers!

  3. Thanks for finally talking about > योङ पिकासो आयोजनामा तेश्रो अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०२३ को शुभारम्भ | Enewspana < Loved it!

  4. Its like you read my mind! You seem to know a lot about this, like you wrote
    the book in it or something. I think that you could do
    with a few pics to drive the message home a bit, but instead of that, this is magnificent blog.
    A great read. I’ll definitely be back.

  5. Hi there I am so thrilled I found your webpage, I really found you
    by accident, while I was researching on Aol for something else, Regardless I am
    here now and would just like to say thanks for
    a incredible post and a all round enjoyable blog (I also
    love the theme/design), I don’t have time to read it
    all at the minute but I have bookmarked it and also added in your RSS feeds, so when I have time I will be
    back to read a lot more, Please do keep up the awesome
    b.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here