शेषनारायणमा अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला सम्पन्न

असोज १९, काठमाडौं ।

काठमाडौंको दक्षिणकालीस्थित शेषनारायण मन्दिर परिसरमा अन्तराष्ट्रिय चित्रकला कार्यशाला सम्पन्न भएको छ । योङ पिकासोको आयोजनामा सम्पन्न उक्त कार्यशालामा चित्रकारहरुले शेषनारायण मन्दिर विभिन्न पक्षलाई समेटेर चित्र कोरेका थिए ।

उक्त अन्तराष्ट्रिय कार्यशालामा विभिन्न ७ देशका चित्रकारहरु सहभागी भएका थिए । इजरायल, क्रोएसिया, मेक्सिको, श्रीलंका, जापान, जर्मनी र नेपालका चित्रकारहरुले दक्षिणकालीको प्रशिद्ध स्थान शेषनारायणलाई केन्द्रमा राखी फरक ढंगले चित्र कारेका थिए । जम्मा २३ जना चित्रकार सहभागी कार्यशाला ऐतिहासिकता र प्रकृतिलाई जोड्दै कार्यशाला संचालन चित्रकार सितु मास्केले जानकारी दिइन् ।

कार्यशालामा मेक्सिकोकी चित्रकार मिरियम रोसाल्भाले शेषनारायणमा रहेको पोखारीको माछालाई चित्रमा उतार्दै त्यसमार्फत सहसम्बन्ध स्थापित गर्ने किसिमको चित्र कोरेको बताइन् । क्रोएसियाली चित्रकार इरिस पोल्जानले पहाडमा अनेक वस्तु भरेर प्रकृति र भौतिकताबिचको सम्बन्धलाई देखाइन् । जर्मनीकी मारी तेराउचीले शिवको वाहन साँढेको चित्रलाई विशेष ढंगले कोरेर जनावरको सहयोगबारे आफ्नो भाव व्यक्त गरिन् । जापानकी चित्रकार राइको सिमिजुले पहेलो रंगमार्फत नेपालीको सहज चिनारीलाई चित्रमार्फत दर्शाएकी थिइन् ।

श्रीलंकाकी चित्रकार आँचला गुणवर्धनाले दक्षिणकालीको प्रकृतिलाई फरक ढंगले चित्रमा उतारेको बताइन् । यसैगरी अर्का श्रीलंकाली चित्रकार सुदथ अभयशेखराले आँचलाजस्तै प्रकृतिलाई आधार बनाई मानिसले प्रयोग गरेको सामग्रीसँग जोडेर चित्र कोरेका थिए । दक्षिणकालीका स्थानीयबासी रहेका चित्रकार दिपक तामाङले शेषनारायणसँगै रहेको मन्दिरलाई पुर्नजीवित गर्ने किसिमको चित्र कोरे । चित्रकार रिया बज्राचार्यले शेषनागलाई चित्रमा समेटिन् । चित्रकार प्रिन्स महर्जनले मूर्तिमाथि चित्र कोरिरहेका थिए । यस्तै अन्य चित्रकारले शेषनारायणलाई मुख्य केन्द्रमा राखी प्रत्यक्ष वा सांकेतिक चित्रहरु कोरेका थिए ।

कार्यशालाको समापन समारोहमा बोल्दै दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतले नगरपालिका नियमित रुपमा विदेशीसँग भेटघाट हुने गरेकोमा एकैपटक धेरै देशका चित्रकारहरुले आफ्नो क्षेत्रमा आएर चित्र कोर्नुले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताए । कलाका क्षेत्रमा दक्षिणकालीमा राम्रा चित्रकार रहेपनि यसमा चित्रकार र नगरपालिकाको समन्वय नभएकोले कलाको क्षेत्रमा विकास हुन समय लागेको भाव बस्नेत व्यक्त गरेका थिए । प्रमुख बस्नेतले अबको समयमा कलाको क्षेत्रमा गम्भीर रुपमा ध्यान दिने प्रतिवद्धता जनाएका थिए ।

दक्षिणकाली नगरपालिकाकी उपप्रमुख बसन्ती डंगोलले विद्यालयस्तरमा चित्रकलाको प्रयास भएपनि माथिल्लो पुस्ताबाट त्यसमा थप बल नपुगेको बताइन् । चित्रकलाको विकास गर्दै नगरपालिकाका हरेक कोठाहरुमा स्थानीय चित्रकारका चित्र झुण्ड्याउने गरि चित्रकलाको विकास अभियान संचालन गर्ने योजना बनाइएको उपप्रमुख डंगोलको भनाई थियो । उहाँले हालसम्मको अनुभवबाट शिक्षा लिदैं चित्रकलाको विकासका लागि योजनावद्ध रुपमा अगाडि बढ्ने भनाइ राखिन् ।

दक्षिणकाली नगरपालिका वडा नं ५ का अध्यक्ष श्याम बहादुर खत्रीले आफ्नो वडामा कार्यक्रम भएकोले वडाभित्रका पहिचानलाई चित्रमा उतार्न सकेमा वडाको पहिचान बाहिर आउने बताए । खत्रीले जनप्रतिनिधि भएको आफ्नो पाँचौ कार्यकालमा वडामा कलाको विकासको लागि थप प्रयत्न गर्ने भनाई राखे ।

कार्यक्रममा सहभागीका तर्फबाट रिया बज्राचार्यले कोरेको शेषनागको चित्र नगरपालिकालाई हस्तान्तरण गरेकी थिइन् । योङ पिकासोको आयोजनामा सम्पन्न उक्त कार्यशालामा पाटन संग्रहालयमा जारी तेश्रो अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा सहभागी चित्रकारहरु सहभागी भएका थिए । कोरिएका चित्रलाई विशेष अवसर पारेर प्रदर्शनीमा राखिने जनाइएको छ ।

4 COMMENTS

  1. I seriously love your website.. Very nice colors & theme.
    Did you make this amazing site yourself? Please reply back as I’m looking to create my very
    own blog and would like to know where you got this
    from or what the theme is called. Appreciate it!

  2. Hi there! I could have sworn I’ve been to this site
    before but after browsing through some of the post I realized it’s
    new to me. Anyhow, I’m definitely delighted I found it and I’ll be
    book-marking and checking back frequently!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here